नक्कली भुटानी शरणार्थी प्रकरणका प्रमुख दोषी प्रचण्ड हुन: पूर्वमहान्यायाधिवक्ता बडाल
टेकनाथ रिजालको बयानको आधारमा रायमाझीलाई दोषी बनाउने हो भने प्रमुख दोषी प्रचण्ड देखिन्छ
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा सरकारी वकिलले अभियुक्त बनाएका सांसद तथा नेकपा (एमाले)का निलम्बित सचिव टोपबहादुर रायमाझीलाई पुर्पक्ष गर्नुपर्ने कुनै आधार नभएको उनका पक्षका वकिलहरुले दाबी गरेका छन् ।
शुक्रबार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा रायमाझीको पक्षाबाट बहस गर्दै पूर्वमहान्यायाधिवक्ता रमेश बडालले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालको बयानको आधारमा रायमाझीलाई कसुरदार बनाउन निमिल्ने तर्क गरे । यदि रिजालको बयानलाई आधार मानेर रायमाझीलाई दोषी बनाउने हो भने प्रमुख दोषी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने उनको जिकिर छ । बडालले भने, ‘यदि त्यही आधारमा मेरो पक्षलाई दोषी बनाउने हो भने प्रमुख दोषी वर्तमान प्रधानमन्त्री प्रचण्ड देखिनुहुन्छ ।’
बडालले प्रधानमन्त्री प्रचण्डको प्रसङ्ग निकालेपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले हाँस्दै भने, ‘त्यतातिर नजाऔं ।’
न्यायधीस न्यौपानेको ‘त्यतातिर नजाऔं’ भनेपछि बडालले तर्क गरे, ‘श्रीमान्, त्यतातिर जान नमिल्ने भएपछि त मेरो पक्षलाई दोषी बनाउन नै मिल्दैन नी ।’
रिजालले सरकारी वकिललाई दिएको बयानमा पूर्वमन्त्री टोपबहादुर रायमाझीले नक्कली शरणार्थी बनाउने गिरोहसहित आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनको निवासमै लगेर भेट गराएको बताएका छन् । सो भेटघाटमा प्रचण्डले टोपबहादुरमार्फत सबै काम हुने बताएको र त्यसपछि काम पनि खुरुखुरु भएको तथा आफ्नो रोकिएको सुविधा पनि सुचारु भएको उनको बयान थियो ।
रिजालले इजलासमा भनेका थिए, ‘टोपबहादुर रायमाझीको घरमा शरणार्थीको विषयमा कुराकानी हुँदा कुरा क्लिएर नभएपछि प्रचण्डसँग भेट गराइदिन भनी प्रचण्ड निवासमा लगेका थिए । प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशरप्रसाद दुलाल गएका थियौँ । मैले प्रचण्डसँग भुटानी शरणार्थीको व्यवस्थापन सम्बन्धमा कुराकानी गर्न आएको भनी कुरा गर्दा प्रचण्डले म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नुहोला, सम्बोधन हुनसक्ने भए निजले समाधान गर्नुहुन्छ भनी भन्नुभयो ।’
बडालले टेकनाथले पोलेकै भरमा टोपबहादुरलाई दोषी ठह¥याउने हो भने प्रमुख दोषी प्रचण्ड हुने जिकिर गरेका थिए ।
बडालले तर रिजालको बयानलाई आधार बनाउन नमिल्ने बताए । बडाल रिजालद्वारा लिखित दुईवटा पुस्तक पनि बोकेर आएका थिए । ती पुस्तकमा रिजालले भुटानको जेलमा चरम यातनाका कारण आफ्नो मानसिक अवस्था ठीक नरहेको र आफ्नो दिमागलाई अरुले नै नियन्त्रण गरेको उल्लेख गरेका छन् ।
त्यही कारण रिजालले बयानलाई तथ्य मान्न नहुने बडालको जिकिर थियो । यदि त्यही बयानलाई तथ्य मान्ने हो भने प्रमुख दोषी प्रचण्ड हुने उनको दाबी छ । बडालले प्रहरीको प्रतिवेदनमा राजनीतिक गन्ध आएको समेत दाबी गरे ।
उनले यो प्रकरणको अनुसन्धान गर्ने प्रहरीको पनि दिमाग कन्ट्रोल गरिएको दाबी गरे । ‘प्रहरी आफैंले तयार गरेर डायरी दिएको हो । केशव दुलालको बयान शंकास्पद छ’, उनले भने, ‘एउटा पोलिटिकल आइडोलोजी भएकाहरुलाई (एमालेका) मात्रै पोलिएको छ । त्यहाँबाट पनि यो बदनियतपूर्ण हो भन्ने थाहा हुन्छ ।’
प्रहरीले केशव दुलालसँग लिएको थप बयानमा ‘थप केही भन्नुछ ?’ भन्ने प्रश्न थपेर एमाले नेतासँग जोडिएका नेताहरुलाई बदनियतपूर्ण तरिकाले पोलेको उनको जिकिर छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












