रास्वपाले जनजीविकाको मुद्दालाई प्रमुख मुद्दा बनाएको छ: रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकले खोजेको परिवर्तन र यसको संवाहक नै राष्ट्रिय स्वतन्त्र पार्टी भएको दाबी गरेका छन् । रास्वपाले जनजीविकाको मुद्दालाई प्रमुख मुद्दा बनाएको उनले बताए । पार्टी खोलेको एक वर्ष हुन लागेको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै लामिछानेले यस्तो बताएका हुन् । एक वर्षको अवधिमा नेपाली जनताले घरघरबाट खोजेको परिवर्तनलाई जनताको भाका टिपेर सुरुवात गरेको बताए ।
सभापति लामिछानेले आफनो पार्टी खोल्नुको कारण बताउँदै भने,‘ जनजीविकालाई प्रत्यक्ष प्रभाव पारेको विषय भनेको कुशासन हो । मुलुकमा कुशासनको कारणले आज जस्तो अवस्था भोग्नु परेको छ त्यो नै रास्वपा जन्मनुको मूल कारण हो । त्यसैले आफ्नो जन्मको मूल कारणलाई रास्वपाले आफ्नो मूल कार्यक्रम बनाएको छ । भष्ट्रचारको अन्त्य पनि जरो उखालेर फाल्नलाई मूल कार्यक्रम बनाएको छ ।’
रास्वपा देशको परिस्थितिले जन्माएको राजनीतिक दल भएको बताएका छन् । ‘यो एक वर्षको यात्रालाई हेर्छु नेपाली जनताले जुन घरघरबाट जुन परिवर्तनको आशा गरिरहेका थिए त्यो आशालाई प्रतिनिधित्व गर्ने दलका रुपमा जनताले सोचेको रुपमा जनताको भाका टिपेर हामीले सुरुवात गरेको जस्तो लाग्छ ।’
‘यो एक वर्ष भित्र हामीले जसरी आफुलाई संसदमा पुर्यायौं छोटो समय सरकारमा राख्यौं र अहिले रचनात्मक प्रतिपक्षका रुपमा आफुलाई प्रस्तुत गरिरहेका छौं । मुलुकले खोजेको परिवर्तन र यसको संवाहक नै राष्ट्रिय स्वतन्त्र पार्टी हो । यसको अर्को विकल्प छैन र मुलुकले खोजेको परिवर्तनको ठीक समयमा सुरुवात भएको राजनीतिक दल रास्वपा हो । यो एक वर्षभरिमा आम सर्वसाधारणको चासो आमनिर्वाचन र त्यसपछिको निर्वाचनको परिणामले पनि यहि भनिरहेको छ ।’
Comments
अरु समाचार
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
समानुपातिकतर्फका उम्मेदवारलाई भाेलि प्रमाणपत्र दिइने
काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...
-
कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित समितिको विवरण संविधान एवं कानुनअनुसार अद्यावधिक गरिएको हो : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूको विवरण आयोगको अभिलेखमा अद्यावधिक गर्दा नेपालको...
-
निर्वाचन आयोगले सार्वजनिक गर्यो समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नामावली (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ। प्रतिनिधि सभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक...
-
न्यायाधीश पाखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न किन गरे जोड ?
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल पोखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न जोड दिएका छन् । न्यायाधीश पाखरेलले स्वार्थ...
-
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापतिसहितका नेता
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...












