रास्वपाले जनजीविकाको मुद्दालाई प्रमुख मुद्दा बनाएको छ: रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकले खोजेको परिवर्तन र यसको संवाहक नै राष्ट्रिय स्वतन्त्र पार्टी भएको दाबी गरेका छन् । रास्वपाले जनजीविकाको मुद्दालाई प्रमुख मुद्दा बनाएको उनले बताए । पार्टी खोलेको एक वर्ष हुन लागेको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै लामिछानेले यस्तो बताएका हुन् । एक वर्षको अवधिमा नेपाली जनताले घरघरबाट खोजेको परिवर्तनलाई जनताको भाका टिपेर सुरुवात गरेको बताए ।
सभापति लामिछानेले आफनो पार्टी खोल्नुको कारण बताउँदै भने,‘ जनजीविकालाई प्रत्यक्ष प्रभाव पारेको विषय भनेको कुशासन हो । मुलुकमा कुशासनको कारणले आज जस्तो अवस्था भोग्नु परेको छ त्यो नै रास्वपा जन्मनुको मूल कारण हो । त्यसैले आफ्नो जन्मको मूल कारणलाई रास्वपाले आफ्नो मूल कार्यक्रम बनाएको छ । भष्ट्रचारको अन्त्य पनि जरो उखालेर फाल्नलाई मूल कार्यक्रम बनाएको छ ।’
रास्वपा देशको परिस्थितिले जन्माएको राजनीतिक दल भएको बताएका छन् । ‘यो एक वर्षको यात्रालाई हेर्छु नेपाली जनताले जुन घरघरबाट जुन परिवर्तनको आशा गरिरहेका थिए त्यो आशालाई प्रतिनिधित्व गर्ने दलका रुपमा जनताले सोचेको रुपमा जनताको भाका टिपेर हामीले सुरुवात गरेको जस्तो लाग्छ ।’
‘यो एक वर्ष भित्र हामीले जसरी आफुलाई संसदमा पुर्यायौं छोटो समय सरकारमा राख्यौं र अहिले रचनात्मक प्रतिपक्षका रुपमा आफुलाई प्रस्तुत गरिरहेका छौं । मुलुकले खोजेको परिवर्तन र यसको संवाहक नै राष्ट्रिय स्वतन्त्र पार्टी हो । यसको अर्को विकल्प छैन र मुलुकले खोजेको परिवर्तनको ठीक समयमा सुरुवात भएको राजनीतिक दल रास्वपा हो । यो एक वर्षभरिमा आम सर्वसाधारणको चासो आमनिर्वाचन र त्यसपछिको निर्वाचनको परिणामले पनि यहि भनिरहेको छ ।’
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











