करको दर हेरफेर नियमन गर्न राजस्व बोर्ड बनाऔंः गगन थापा
काठमाडाैँ । नेपाली कांग्रेसका सांसद गगन थापाले करको दर हेरफेरबारे नियमन गर्न राजस्व बोर्ड बनाउन सरकारलाई सुझाव दिएका छन्।
आइतबार आर्थिक वर्ष ०८०/०८१ का लागि सरकारले ल्याएको बजेटमाथिको छलफलमा बोल्दै थापाले बजेट निर्माण र यसमाथि सल्ला सुझाव दिने जिम्मेवारी दिइने गरी राजस्व बोर्ड गठन गर्न सुझाएका हुन्।
यसो गर्दा वर्षेनी आउने कर हेरफेरको विवाद पनि नआउने उनले बताए। उनले करको दर हेरफेर गर्न पाइने थापाको भनाइ छ। ‘होइन भने हरेक वर्ष विधेयक किन ल्याउनुपर्यो,’ उनले भने।
‘तर, हेरफेर गरिने करको दरको औचित्य हुनेपर्ने उनको भनाइ छ। बढाइएको छ भने किन बढाइयो, छुट दिइयो भने किन छुट दिइयो, त्यसको भार कति पर्यो, के को आधारमा छुट दिइयो, के का आधारमा छुट दिइयो, त्यसले कस्तो प्रभाव पार्छ, अध्ययन कहाँ भयो लगायतका सबै विषय संसदमा ल्याउनुपर्छ,’ उनले भने।
यी सबै विषयको अध्ययनसमेत बोर्डले गर्नेगरी राजस्व बोर्ड बनाउनुपर्ने उनले बताए।
‘यति कुरा गर्न सकियो भने पर्फर्मेन्स बजेटिङतिरको पाइलाहरू बिस्तारै सार्न सक्छौं। रातारात गर्न सकिँदैन तर बजेट प्रणालीमा सुधार गर्ने कुरा एकदम महत्वपूर्ण छ,’ उनले भने।
Comments
अरु समाचार
-
दुबईबाट पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...












