सरकार छोड्न परे पनि परोस्, भ्रष्ट्राचारी बचाउन सम्झौता गर्दैनौ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीहरूलाई जोगाउनुभन्दा आफूहरू सरकार छाड्न तयार रहेको बताएका छन् ।
प्रेस सेन्टर नेपालका पदाधिकारीसहितको टोलीले बुधवार बिहान बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता स्वार्थकै लागि कसैलाई उन्मुक्ति हुने हाेकी भन्ने जिज्ञाशामा उनले भने, ‘कतै सत्तारुढ दल सरकार टिकाइ राख्नका लागि भ्रष्ट्राचारीलाई उन्मुक्ति दिने हो कि भन्ने भ्रम सृजना भइरहेको छ ।
हामी सत्ता स्वार्थकै लागि उन्मुक्ति दिने पक्षमा छैनौ । बरु सरकार छोड्न परे पनि परोस् । भ्रष्ट्राचार र सुशासन विरुद्धका हाम्रो अभियान जारी रहन्छ । यसमा कसैले शंका नगरे हुन्छ ।’
प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा काम देखेर प्रमुख प्रतिपक्ष लगायत नयाँ भनिएका दलहरुलाई अपाच्य भएको भन्दै सदनदेखि सडकसम्म भ्रम सृजना गर्ने काम गरिरहेको र यसले उनीहरू नांगिदैँ गएको बताए ।
उनले भने, ‘प्रमुख प्रतिपक्ष दल लगायतका नयाँ भनिएका दलले सरकारले राम्रो काम गर्यो भनेर हाम्रा विरुद्ध सदनदेखि सडकसम्म अवरुद्ध सृजना गरिरहेका छन् । तर, उनीहरू सदनदेखि सडकसम्म नांगिदै गएका छन् । हामीले राम्रो काम गर्दा भ्रष्ट्राचार र सुशासनका देखावटी नारा लगाउने नयाँ दलका मुद्दा पनि खोपिएका छन् ।’
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट र फलदायी भएको पनि दाबी गरेका छन् । आफ्नो भारत भ्रमणका क्रममा ५० देखि ६० वर्षको अवधिमा पहिलो पटक राम्रो सम्बन्ध बनेको उनको भनाई छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












