महानगरको नीति तथा कार्यक्रम : ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ देखि धुलोरहित काठमाडौंसम्म (पूर्णपाठ)
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा तथा १३औं अधिवेशनमा मेयर बालेन शाहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
शाहले स्वास्थ्य, रोजगारी, उद्यमशीलता, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, सार्वजनिक यातायातलगायतका क्षेत्रमा विषेष नीति तथा कार्यक्रम ल्याएको बताएका छन् ।
महानगरले ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ १० वटा गौरवका योजना अघि सारेको छ । त्यस्तै महानगरबासीका दिनदैनिक समस्या समाधानका लागि स्वर्णिम योजना ल्याइएको छ । शिक्षासम्बन्धी कार्यनीतिअन्तर्गत गरिखाने शिक्षा, महानगरको इच्छा अघि सारिएको छ । त्यस्तै विद्यालयलाई सुन्दर, कलात्मक र हरियालीयुक्त बनाउन सुन्दर विद्यालय परियोजना सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ता पनि परिचालनको योजना ल्याइएको छ ।
महानगरका पक्की सडक रुपान्तरण र सडकपेटीको स्तरोन्नतिका लागि धुलोरहित काठमाडौंलाई गौरवको योजनामा राखिएको छ । काठमाडौं महानगरलाई खुल्ला संग्रहालयको रूपमा विकास गर्न र यसको पहिचान जीवित राख्न संस्कृति, सम्पदा र पर्यटन: महानगरको धन योजना सञ्चालन गरिने भएको छ । न्याय तथा कानूनी परामर्शका लागि न्याय चौतारी पनि अघि सारिएको छ । ज्येष्ठ नागरिक, एकल व्यक्ति, अपाङ्गता भएका व्यक्तिलगायतलाई साथी महानगर स्वर्णिम योजना सञ्चालन गरिने शाहले बताए ।
२० वर्षे रणनीतिक विकास योजनासहितको मिसन २१०० स्वर्णिम योजना तर्जुमा गरी कार्यान्वयन गरिने पनि उल्लेख गरिएको छ ।
हेर्नुस् महानगरको वार्षिक नीति तथा कार्यक्रमको पूर्णपाठ
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












