७६ जिल्लामा लम्पी स्किन रोग फैलियो, २१ हजार चार सयभन्दा बढी पशुको मृत्यु
काठमाडौं । ७६ जिल्लाका घरपालुवा पशुमा लम्पी स्किन रोगको महामारी फैलिएको छ । त्यसबाट छ लाख आठ हजार पशु सङ्क्रमित हुँदा २१ हजार चार सयभन्दा बढी पशु मरेका छन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीवारको बैठकमा मन्त्री बेदुराम भुसालले महामारीकै रूप लिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोपको व्यवस्था भइरहेको जनाउनु भयो । सिड भाइरस ल्याएर खोप उत्पादन गर्ने सोच रहेको पनि उहाँले जानकारी दिनुभयो ।
किसानलाई आवश्यक मल खरिदका लागि सरकारले रु ३० अर्ब सुनिश्चत गरिसकेको जानकारी दिँदै मन्त्री भुसालले मूल्य र कच्चा पदार्थका कारण मल कारखाना खोल्ने निष्कर्षमा नपुगेको तर मल कारखानाको अध्ययन गर्न तीनवटा कम्पनीले गरिरहेको समेत उहाँले बताउनुभयो ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि मन्त्रालयसँग सम्बन्धित विषयमा देखिएको समस्या र समाधानका सम्बन्धका कृषि तथा पशुपक्षी विकासमन्त्री र सचिवसँग छलफल गरेको हो ।
सो अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले पशु सेवा विभागले कन्ट्रोल रुम खडा गरेर लम्पी स्किन रोगको जानकारी लिँदै आएको र यस रोगविरुद्धको खोप एक लाख ३० हजार पशुलाई दिइएको जानकारी दिनुभयो । उहाँले कृषि तथा पशुपक्षी विकास मन्त्रालयका १० वटा कार्यक्रमको बजेट शून्य हुँदा एक सय ५० वटा कार्यालय प्रभावित भएकोसमेत बताउनुभयो ।
बैठकमा सांसदहरूले दुग्ध विकास संस्थान र कपास विकास समिति खारेज गर्नु गलत भएको भन्दै फजुल खर्च उत्पादनमा लगाउन, बाँदर आतङ्क नियन्त्रण गर्न, किसानको उत्पादन बजारीकरण गरिदिनुपर्ने र रासायनिक मलको विकल्प खोज्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यसैगरी बैठकमा सांसदहरूले मलको कालोबजारी, किसानले कृषि तथा पशु बीमा गर्न नपाएको, सरकारले मलखाद खरिदलाई सहज बनाउन नसकेको र किसानको आवश्यकतामा अनुदान दिने गर्न नसकिएको बताउनुभयो ।
Comments
अरु समाचार
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...












