७६ जिल्लामा लम्पी स्किन रोग फैलियो, २१ हजार चार सयभन्दा बढी पशुको मृत्यु
काठमाडौं । ७६ जिल्लाका घरपालुवा पशुमा लम्पी स्किन रोगको महामारी फैलिएको छ । त्यसबाट छ लाख आठ हजार पशु सङ्क्रमित हुँदा २१ हजार चार सयभन्दा बढी पशु मरेका छन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीवारको बैठकमा मन्त्री बेदुराम भुसालले महामारीकै रूप लिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोपको व्यवस्था भइरहेको जनाउनु भयो । सिड भाइरस ल्याएर खोप उत्पादन गर्ने सोच रहेको पनि उहाँले जानकारी दिनुभयो ।
किसानलाई आवश्यक मल खरिदका लागि सरकारले रु ३० अर्ब सुनिश्चत गरिसकेको जानकारी दिँदै मन्त्री भुसालले मूल्य र कच्चा पदार्थका कारण मल कारखाना खोल्ने निष्कर्षमा नपुगेको तर मल कारखानाको अध्ययन गर्न तीनवटा कम्पनीले गरिरहेको समेत उहाँले बताउनुभयो ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि मन्त्रालयसँग सम्बन्धित विषयमा देखिएको समस्या र समाधानका सम्बन्धका कृषि तथा पशुपक्षी विकासमन्त्री र सचिवसँग छलफल गरेको हो ।
सो अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले पशु सेवा विभागले कन्ट्रोल रुम खडा गरेर लम्पी स्किन रोगको जानकारी लिँदै आएको र यस रोगविरुद्धको खोप एक लाख ३० हजार पशुलाई दिइएको जानकारी दिनुभयो । उहाँले कृषि तथा पशुपक्षी विकास मन्त्रालयका १० वटा कार्यक्रमको बजेट शून्य हुँदा एक सय ५० वटा कार्यालय प्रभावित भएकोसमेत बताउनुभयो ।
बैठकमा सांसदहरूले दुग्ध विकास संस्थान र कपास विकास समिति खारेज गर्नु गलत भएको भन्दै फजुल खर्च उत्पादनमा लगाउन, बाँदर आतङ्क नियन्त्रण गर्न, किसानको उत्पादन बजारीकरण गरिदिनुपर्ने र रासायनिक मलको विकल्प खोज्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यसैगरी बैठकमा सांसदहरूले मलको कालोबजारी, किसानले कृषि तथा पशु बीमा गर्न नपाएको, सरकारले मलखाद खरिदलाई सहज बनाउन नसकेको र किसानको आवश्यकतामा अनुदान दिने गर्न नसकिएको बताउनुभयो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












