युक्रेनको पुननिर्माणका लागि ६० अर्ब युरो सहयोगको प्रतिवद्धता
किएभ । युक्रेनको पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा विदेशी दातृ निकायले युक्रेनका लागि ६० अर्ब युरो ९६६ अर्ब अमेरिकी डलर० बराबरको नयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्मेलनको आयोजना गरेको बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले भन्नुभयो, “हामीले यो सम्मेलनबाट पुनर्निर्माण सहयोग जुटाउने परिकल्पना गरेका थिएनौं । तैपनि, आज सम्मेलनले हामी युक्रेनलाई संयुक्त रूपमा ६० अर्ब युरो सहयोगको घोषणा गर्न सक्छौं भन्ने प्रतिवद्धता व्यक्त गरेको छ ।”
“सहयोगी मुलुकका सरकार र अन्तर्राष्ट्रिय सङ्गठनहरूको प्रतिबद्धताले छोटो र मध्यम अवधिमा युक्रेनलाई समर्थन गर्ने लक्ष्य राखेको छ,” क्लेभरलीले लन्डनमा भएको सम्मेलनको समापन सत्रमा भन्नुभयो । “यसले हामीलाई मध्यम अवधिको अनुमानित समर्थन प्रदान गर्दछ जसले युक्रेनलाई आवश्यक पर्ने बृहत–आर्थिक स्थिरतालाई सुनिश्चित गर्नेछ,” उहाँले भन्नुभयो । “प्रयासहरू अब ‘निजी क्षेत्रको विशाल क्षमता’ सुनिश्चित गर्नमा केन्द्रित छन्,” उहाँले भन्नुभयो ।
युक्रेनका प्रधानमन्त्री डेनिस शमिगलले सम्मेलनमा भाग लिएका प्रतिनिधिहरूलाई भन्नुभयो, “हामीले यस वर्ष युक्रेनको पुनर्निर्माण सुरु गर्दैछौं, हामी युद्धको अन्त्यको पर्खाइमा छैनौं ।” आर्थिक समर्थनको लागि सम्बन्धित सबैलाई उहाँले धन्यवाद दिनुभयो ।
“हामीलाई आवश्यक पर्ने १४।१ अर्ब अमेरिकी डलरलाई पूर्ण रूपमा परिचालन गर्ने दिशामा हामी निकै नजिक पुगेका छौं,” उहाँले थप्नुभयो । मध्य अवधिमा युक्रेनी अर्थतन्त्रलाई पुनर्जीवन दिन ४०० अर्ब डलरभन्दा बढी आवश्यक पर्ने अनुमान गरिएको छ ।
रूसले ‘आफ्नो अपराध र युक्रेनमा यसले पुर्याएको विनाशको मूल्य चुकाउनुपर्छ’ भन्ने विचारलाई समर्थन गर्ने ‘लगभग सबै’ को प्रतिबद्धतालाई पनि श्मिगलले स्वागत गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले क्षतिपूर्ति संयन्त्रलाई अन्तिम रूप दिन आवश्यक छ । यसले रोकिएको रूसी सम्पत्तिलाई युक्रेनको पुनर्निर्माणमा प्रयोग गर्न अनुमति दिन्छ ।”
सम्मेलनको मुख्य लक्ष्यहरू मध्ये एक यूक्रेन, जसको सेना हाल रूसी सेनाहरू विरुद्ध प्रति–आक्रमणको सामना गरिरहेको छ, मा लगानीको ग्यारेन्टी गर्न संयन्त्रहरू स्थापना गरेर निजी क्षेत्रलाई संलग्न गर्नु थियो ।
क्लेभरलीका अनुसार सम्मेलनमा सहभागी ४२ देशका करिब ५०० कम्पनीले आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । सम्मेलनको पूर्वसन्ध्यामा घोषणा गरिएको युरोपेली सङ्घले सन् २०२७ सम्म लागू गर्ने योजना बनाएको ५० अर्ब युरोको सहायता प्याकेजबाट ६० अर्ब युरोको ठूलो हिस्सा प्राप्त भएको छ । संयुक्त राज्य अमेरिकाले विशेष गरी ऊर्जा र पूर्वाधार क्षेत्रलाई लक्षित गरी १।३ अर्ब अमेरिकी डलर को सहायताको घोषणा गरेको छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











