क्यानका महानिर्देशकले स्पष्टीकरण नदिएपछि मन्त्री किरातीले प्रधानमन्त्रीसँग गरे छलफल
काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले स्पष्टीकरण नदिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन्।
मंगलबार मन्त्री किरातीले प्रधानमन्त्री प्रचण्डसँग मन्त्रालयले सोधेको स्पष्टीकरण नदिएको र स्वायत्त निकाय हो भन्दै फेसबुकमा टिप्पणी लेखेकोबारे ‘एक्सन’ लिनुपर्ने बताएका थिए।
तर, प्रधानमन्त्रीले ‘यसबारे अपराह्न बस्ने मन्त्रिपरिषदमा छलफल गरौँला’ भनेर जवाफ दिएको स्रोतले जवाफ दियो।
किरातीले प्रधानमन्त्री प्रचण्डलाई तालुकवाला निकायले प्रक्रिया पुर्याएर सोधेको स्पष्टीकरणको जवाफ नदिने हो भने आफू मूकदर्शक नबन्ने बताएको मन्त्रीनिकट स्रोतले बतायो।
छलफल गरेर टुंगोमा पुग्ने प्रधानमन्त्रीले मन्त्रिपरिषदमा त्यसबारे कुरा नउठाएपछि मन्त्री किरातीले मन्त्रालयगत निर्णय गरेर कारबाहीको सिफारिस गर्ने तयारी गरेका छन्।
यसबारे उनले परामर्श गरिरहेको स्रोतले बतायो।
‘मन्त्रीले सोधेको स्पष्टीकरणको जवाफ नदिनु भनेको अराजकता हो, अब हामी मन्त्रिपरिषद्समक्ष कारबाहीको सिफारिस गर्छौं,’ मन्त्रालय स्रोतले भन्यो।
त्यस्तै मन्त्री किरातीले महालेखाको प्रतिवेदनलाई आधार बनाएर महानिर्देशक अधिकारीविरूद्ध कारबाहीका लागि अख्तियारमा फाइल पठाउने तयारी गरेको पनि स्रोतले बतायो।
‘उनका कर्तुतहरू छर्लंगै छन्, त्यसैको जवाफ र सफाइको मौका पनि दिएकै हो, अब आवश्यक छानबिन र जाँचबुझका लागि अख्तियारमा फाइल पठाउँछौं,’ मन्त्रालय स्रोतले भन्यो।
पर्यटनमन्त्री किरातीले गत मंगलबार महानिर्देशक अधिकारीको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै ९ बुँदे स्पष्टीकरण सोधेका थिए।
मन्त्री किरातीले उक्त स्पष्टीकरणको जवाफ सात दिनभित्र मागेका थिए।
लगत्तै महानिर्देशक अधिकारीले मन्त्रालयको पत्रमा अत्यन्त जरूरी वा गोप्य पत्र भनि लेखेर सोध्नु पर्ने स्पष्टीकरण सामाजिक सञ्जाल फेसबुकका पानामा पोष्ट गरिएकाले ती स्पष्टीकरणको जवाफ आफूले दिन नसक्ने बताएका थिए।
‘फेसबुकका भित्तामा पोष्टिएका स्पष्टीकरणको जवाफ मैले दिन्न, स्पष्टीकरण सोध्ने पनि नियम, कानुन र तरिका होला नि’, फेसबुकभरि सोधिएको स्पष्टीकरणको मैले कसरी जवाफ दिनुरु’ उनले प्रतिक्रिया दिएका थिए।
स्पष्टीकरणको जवाफ नदिने अडान लिएका महानिर्देशक अधिकारीले सोमबार सामाजिक सञ्जालमा नागरिक उड्डयन प्राधिकरण स्वायत्त निकाय रहेको समेत उल्लेख गरेका थिए।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












