क्यानका महानिर्देशकले स्पष्टीकरण नदिएपछि मन्त्री किरातीले प्रधानमन्त्रीसँग गरे छलफल
काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले स्पष्टीकरण नदिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन्।
मंगलबार मन्त्री किरातीले प्रधानमन्त्री प्रचण्डसँग मन्त्रालयले सोधेको स्पष्टीकरण नदिएको र स्वायत्त निकाय हो भन्दै फेसबुकमा टिप्पणी लेखेकोबारे ‘एक्सन’ लिनुपर्ने बताएका थिए।
तर, प्रधानमन्त्रीले ‘यसबारे अपराह्न बस्ने मन्त्रिपरिषदमा छलफल गरौँला’ भनेर जवाफ दिएको स्रोतले जवाफ दियो।
किरातीले प्रधानमन्त्री प्रचण्डलाई तालुकवाला निकायले प्रक्रिया पुर्याएर सोधेको स्पष्टीकरणको जवाफ नदिने हो भने आफू मूकदर्शक नबन्ने बताएको मन्त्रीनिकट स्रोतले बतायो।
छलफल गरेर टुंगोमा पुग्ने प्रधानमन्त्रीले मन्त्रिपरिषदमा त्यसबारे कुरा नउठाएपछि मन्त्री किरातीले मन्त्रालयगत निर्णय गरेर कारबाहीको सिफारिस गर्ने तयारी गरेका छन्।
यसबारे उनले परामर्श गरिरहेको स्रोतले बतायो।
‘मन्त्रीले सोधेको स्पष्टीकरणको जवाफ नदिनु भनेको अराजकता हो, अब हामी मन्त्रिपरिषद्समक्ष कारबाहीको सिफारिस गर्छौं,’ मन्त्रालय स्रोतले भन्यो।
त्यस्तै मन्त्री किरातीले महालेखाको प्रतिवेदनलाई आधार बनाएर महानिर्देशक अधिकारीविरूद्ध कारबाहीका लागि अख्तियारमा फाइल पठाउने तयारी गरेको पनि स्रोतले बतायो।
‘उनका कर्तुतहरू छर्लंगै छन्, त्यसैको जवाफ र सफाइको मौका पनि दिएकै हो, अब आवश्यक छानबिन र जाँचबुझका लागि अख्तियारमा फाइल पठाउँछौं,’ मन्त्रालय स्रोतले भन्यो।
पर्यटनमन्त्री किरातीले गत मंगलबार महानिर्देशक अधिकारीको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै ९ बुँदे स्पष्टीकरण सोधेका थिए।
मन्त्री किरातीले उक्त स्पष्टीकरणको जवाफ सात दिनभित्र मागेका थिए।
लगत्तै महानिर्देशक अधिकारीले मन्त्रालयको पत्रमा अत्यन्त जरूरी वा गोप्य पत्र भनि लेखेर सोध्नु पर्ने स्पष्टीकरण सामाजिक सञ्जाल फेसबुकका पानामा पोष्ट गरिएकाले ती स्पष्टीकरणको जवाफ आफूले दिन नसक्ने बताएका थिए।
‘फेसबुकका भित्तामा पोष्टिएका स्पष्टीकरणको जवाफ मैले दिन्न, स्पष्टीकरण सोध्ने पनि नियम, कानुन र तरिका होला नि’, फेसबुकभरि सोधिएको स्पष्टीकरणको मैले कसरी जवाफ दिनुरु’ उनले प्रतिक्रिया दिएका थिए।
स्पष्टीकरणको जवाफ नदिने अडान लिएका महानिर्देशक अधिकारीले सोमबार सामाजिक सञ्जालमा नागरिक उड्डयन प्राधिकरण स्वायत्त निकाय रहेको समेत उल्लेख गरेका थिए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












