सरकारले तीन सुरुङमार्गको सम्भाव्यता अध्ययन सुरु गर्दै
काठमाडौं । नीति, कार्यक्रम र बजेटमा पाँच सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको गण्डकी प्रदेश सरकारले बागलुङको बिहुँ–नरेठाँटी र म्याग्दीको दानाबाट मुस्ताङको घाँसा जोड्ने सुरुङमार्गको सङ्घ सरकारले समेत अध्ययन गरिहेकाले तीन सुरुङमार्गको मात्र पूर्वसम्भाव्यता अध्ययन गर्न लागेको हो ।
सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयका प्रवक्ता टीकाराम पौडेलका अनुसार सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययनका लागि रु ६० लाख बजेट विनियोजन गरिएको छ । ‘नयाँ आर्थिक वर्ष लागेपछि आवश्यक प्रक्रिया पुर्याएर अध्ययनको काम अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो, “प्रदेश एक्लैले सुरङमार्ग बनाउन सक्दैन, हामीले सुरुङमार्ग बन्न सक्छ या सक्दैन भनेर सम्भाव्यता अध्ययनमात्र गर्ने हो ।”
प्रदेश सरकारले विकासको दीर्घकालीन सोच राखेर सुरुङमार्ग अध्ययनलाई नीति, कार्यक्रम तथा बजेटमै समावेश गरेको प्रवक्ता पौडेलले बताउनुभयो । मन्त्रालयले विज्ञसँगको राय–परामर्शमा छिट्टै अध्ययनको काम थाल्ने उहाँको भनाइ थियो ।
प्रदेश सरकारले समेत सम्भाव्यता अध्ययनको घोषणा गरेको बागलुङ बिहुँ–नरेठाँटी जोड्ने सुरुङमार्ग सङ्घ सरकारको बजेटमा परेर पनि अहिलेसम्म अध्ययनको काम अगाडि बढ्न सकेको छैन । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको दानाबाट मुस्ताङको घाँसा जोड्ने सुरुङमार्गको पनि करिडोर आयोजनाले नै सम्भाव्यता अध्ययन गर्ने जनाइएको छ ।
वर्षौंदेखि चर्चामा रहेका सुरुङमार्गको सम्भाव्यता अध्ययन हुन नसकिरहेका बेला प्रदेश सरकारले थप सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने बिहुँ–नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा रु ५० लाख बजेट छुट्याएको थियो । आव सकिनै लाग्दा पनि उक्त सुरुङमार्ग आयोजनाको प्रारम्भिक अध्ययनसमेत हुनसकेको छैन ।
काठेखोला गाउँपालिका–५ बिहुँदेखि गलकोट नगरपालिका–२ नरेठाँटी जोड्ने उक्त सुरुङमार्ग बनेमा लोकमार्गमा घन्टौँ लाग्ने यात्रा केही मिनेटमा छोट्टिनेछ । पर्यटक तथा सर्वसाधारणको आउजाउदेखि त्यस क्षेत्रको आर्थिक, सामाजिक विकासमा उक्त सुरुङमार्गले महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।
बागलुङ–२ का सासंद देवेन्द्र पौडेलले बजेट अभाव देखाएर मन्त्रालयले काम अगाडि नबढाएको बताउनुभयो । “रातो किताबमै परेको आयोजना हो, अहिलेसम्म अध्ययनको काम अगाडि बढ्नुपर्ने हो, तर मन्त्रालयले बजेटको समस्या देखाउने गरेको छ”, उहाँले भन्नुभयो, “यसमा हामीले पनि सुरुदेखि नै पहल गरिरहेका छौँ ।”
केही वर्षअघि परामर्शदाता कम्पनीका प्रतिनिधि आएर सुरुङमार्ग बन्ने ठाउँको स्थलगत अवलोकन गरे पनि सम्भाव्यता अध्ययनको काम अघि नबढेको स्थानीयवासीको गुनासो छ । सङ्घ सरकारको प्राथमिकतामा परेको कास्कीको हेम्जा–नयाँपुल सुरुङमार्गको पनि अझै विस्तृत सम्भाव्यता अध्ययन हुनसकेको छैन ।
पोखरा–बागलुङ राजमार्गमा पर्ने उक्त सुरुङमार्ग बनेमा डेड घन्टाको सडकमार्ग १५ मिनेटमा समेटिनेछ । अहिले हेम्जा–नयाँपुलको दूरी ४० किमी छ । सुरुङमार्गले त्यसलाई सातदेखि आठ किमीमा घटाउने अनुमान गरिएको छ । यसले प्रदेश राजधानी पोखरालाई पर्वतसहित धवलागिरि क्षेत्रका चारै जिल्लालाई जोड्छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












