सरकारले तीन सुरुङमार्गको सम्भाव्यता अध्ययन सुरु गर्दै
काठमाडौं । नीति, कार्यक्रम र बजेटमा पाँच सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको गण्डकी प्रदेश सरकारले बागलुङको बिहुँ–नरेठाँटी र म्याग्दीको दानाबाट मुस्ताङको घाँसा जोड्ने सुरुङमार्गको सङ्घ सरकारले समेत अध्ययन गरिहेकाले तीन सुरुङमार्गको मात्र पूर्वसम्भाव्यता अध्ययन गर्न लागेको हो ।
सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयका प्रवक्ता टीकाराम पौडेलका अनुसार सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययनका लागि रु ६० लाख बजेट विनियोजन गरिएको छ । ‘नयाँ आर्थिक वर्ष लागेपछि आवश्यक प्रक्रिया पुर्याएर अध्ययनको काम अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो, “प्रदेश एक्लैले सुरङमार्ग बनाउन सक्दैन, हामीले सुरुङमार्ग बन्न सक्छ या सक्दैन भनेर सम्भाव्यता अध्ययनमात्र गर्ने हो ।”
प्रदेश सरकारले विकासको दीर्घकालीन सोच राखेर सुरुङमार्ग अध्ययनलाई नीति, कार्यक्रम तथा बजेटमै समावेश गरेको प्रवक्ता पौडेलले बताउनुभयो । मन्त्रालयले विज्ञसँगको राय–परामर्शमा छिट्टै अध्ययनको काम थाल्ने उहाँको भनाइ थियो ।
प्रदेश सरकारले समेत सम्भाव्यता अध्ययनको घोषणा गरेको बागलुङ बिहुँ–नरेठाँटी जोड्ने सुरुङमार्ग सङ्घ सरकारको बजेटमा परेर पनि अहिलेसम्म अध्ययनको काम अगाडि बढ्न सकेको छैन । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको दानाबाट मुस्ताङको घाँसा जोड्ने सुरुङमार्गको पनि करिडोर आयोजनाले नै सम्भाव्यता अध्ययन गर्ने जनाइएको छ ।
वर्षौंदेखि चर्चामा रहेका सुरुङमार्गको सम्भाव्यता अध्ययन हुन नसकिरहेका बेला प्रदेश सरकारले थप सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने बिहुँ–नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा रु ५० लाख बजेट छुट्याएको थियो । आव सकिनै लाग्दा पनि उक्त सुरुङमार्ग आयोजनाको प्रारम्भिक अध्ययनसमेत हुनसकेको छैन ।
काठेखोला गाउँपालिका–५ बिहुँदेखि गलकोट नगरपालिका–२ नरेठाँटी जोड्ने उक्त सुरुङमार्ग बनेमा लोकमार्गमा घन्टौँ लाग्ने यात्रा केही मिनेटमा छोट्टिनेछ । पर्यटक तथा सर्वसाधारणको आउजाउदेखि त्यस क्षेत्रको आर्थिक, सामाजिक विकासमा उक्त सुरुङमार्गले महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।
बागलुङ–२ का सासंद देवेन्द्र पौडेलले बजेट अभाव देखाएर मन्त्रालयले काम अगाडि नबढाएको बताउनुभयो । “रातो किताबमै परेको आयोजना हो, अहिलेसम्म अध्ययनको काम अगाडि बढ्नुपर्ने हो, तर मन्त्रालयले बजेटको समस्या देखाउने गरेको छ”, उहाँले भन्नुभयो, “यसमा हामीले पनि सुरुदेखि नै पहल गरिरहेका छौँ ।”
केही वर्षअघि परामर्शदाता कम्पनीका प्रतिनिधि आएर सुरुङमार्ग बन्ने ठाउँको स्थलगत अवलोकन गरे पनि सम्भाव्यता अध्ययनको काम अघि नबढेको स्थानीयवासीको गुनासो छ । सङ्घ सरकारको प्राथमिकतामा परेको कास्कीको हेम्जा–नयाँपुल सुरुङमार्गको पनि अझै विस्तृत सम्भाव्यता अध्ययन हुनसकेको छैन ।
पोखरा–बागलुङ राजमार्गमा पर्ने उक्त सुरुङमार्ग बनेमा डेड घन्टाको सडकमार्ग १५ मिनेटमा समेटिनेछ । अहिले हेम्जा–नयाँपुलको दूरी ४० किमी छ । सुरुङमार्गले त्यसलाई सातदेखि आठ किमीमा घटाउने अनुमान गरिएको छ । यसले प्रदेश राजधानी पोखरालाई पर्वतसहित धवलागिरि क्षेत्रका चारै जिल्लालाई जोड्छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












