भोजपुरलाई खोप सुनिश्चितता तथा दिगोपना घोषणा
काठमाडौं । भोजपुर पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप तालिकाअनुसार जन्मदेखि १५ महिनासम्म र १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले खोप पाएको निश्चित भएसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको हो ।
यहाँका नौ स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि सोमबार औपचारिकरूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । सरकारबाट निःशुल्क दिइने सबै प्रकारका (१३ किसिमका) खोप लगाएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।
‘निर्धारित उमेर समूहका बालबालिकाले सम्पूर्ण खोप लगाएसँगै भोजपुरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको छौँ’, उहाँले भन्नुभयो, ‘यो अभियान जारी रहन्छ । सबै स्थानीय तहलाई यसअघि नै घोषणा गरेर आज जिल्ला घोषणा गर्न सफल भएका हौँ ।’
यो घोषणासँगै भोजपुर कोशी प्रदेशमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने चौथो जिल्ला बनेको स्वास्थ्य कार्यालयले जनाएको छ । आगामी दिनमा बालबालिकालाई सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गराउन सबैले भूमिका खेल्नुपर्ने कार्यक्रमका सहभागीले बताएका छन् ।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो । सो अवसरमा जिल्लाका नौवटै स्थानीय तहलाई सम्मानसमेत गरिएको छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












