इक्यान: शेषराज भट्टराई समूहको उम्मेद्वारी घोषणा,विचलित नभइकन समस्या समाधान गर्ने प्रतिबद्धता
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी नयाँ कार्यसमितिका लागि शेषराज भट्टराई समूहले औपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेको छ । बिहीवार बेलुका काठमाडौंमा आयोजित एक कार्यक्रममा सो समूहले सबै मतदाता तथा सदस्यहरुबीच परिचयात्मक कार्यक्रम गर्दै उम्मेद्वारी घोषणा गरेको हो । बिहीवार दिउँसो मनोनयन दर्ता गरेपछि सोहीदिन बेलुका उक्त समूहले उम्मेद्वारी घोषणा गर्यो। असार ३० गते (शनिवार) दुई वर्षे कार्यकाल भएको २१ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदैछ ।
शेषराज भट्टराई अध्यक्ष भएको समूहले क्षमतावान तथा योग्य व्यक्तिहरुलाई चुनावी मैदानमा उतारेको छ । अध्यक्ष भट्टराईको प्यानलबाट श्रीराम पौडेल,गीता सिवाकोटी (गीतान्जली) र दयाराम थापासहित तीनजनाले उपाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका छन् ।
यसैगरी महासचिवमा दिपकराज भुशालले उम्मेद्वारी दर्ता गराउनु भएको छ भने सचिवमा रत्नबहादुर भट्टराई र भवनाथ हुमागाईँले उम्मेद्वारी दिएका छन् । यस्तै कोषाध्यक्षमा अशोक कार्की र सह-कोषाध्यक्षमा विकल्पराज पोखरेलले उम्मेद्वारी दिएका छन् । कार्यकारी सदस्यमा गोविन्द खनाल, होमराज थापा, रमेश लुईँटेल, सुवर्ण बस्नेत, उमा खड्का पाठक, विजयुकमार बस्नेत, बसन्त पाण्डे, राजेश श्रेष्ठ र मनोरथ शाहले उम्मेद्वारी दिएका छन् ।
आफूहरुको समूहले विजय हासिल गरेमा इक्यानको मर्यादालाई ख्याल राख्दै काम गर्ने,सवै शैक्षिक परामर्श संस्थाहरुको अधिकतम हितका लागि काम गर्ने अध्यक्षका उम्मेद्वार भट्टराईले प्रतिबद्धता जनाउनु भएको छ । यस्तै उहाँले आफूहरु कार्यसमितिमा निर्वाचित भएमा परामर्श संस्थामा आवद्ध सदस्यहरुको व्यवसायमा टेवा पुगोस् भन्ने उद्देश्यले हरेक हप्ता तालिम आयोजना गर्ने प्रतिबद्धता जनाउनु भयो । यस्तै व्यसायीहरुलाई राज्यले हेर्ने नजर परिवर्तन गर्न अधिकतम प्रयास गर्ने, राज्य र व्यवसायीवीच अधिकतम सहजीकरणको भूमिका निर्वाह गर्नेलगायतका प्रतिवद्धता भट्टराई समूहको रहेको छ ।
राष्ट्रिय-अन्तर्राष्ट्रिय कुटनीतिक नियोग र सरकारी संयन्त्रमार्फत समन्वय गरी समग्र व्यवसायको स्तरोन्नतीका लागि समन्वयकारी भूमिका खेल्दै अझ जुझारु भएर लाग्ने पनि उक्त समूहको प्रतिबद्धता छ । यस्तै समग्र व्यवसायीमा देखिएका चौतर्फी प्रहार तथा चुनौतीहरुलाई सामना गर्दै समाधान गर्न पहल गर्ने कामको योजना पनि उक्त समूहले बनाएको छ।
इक्यान वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि समन्वय गर्ने शैक्षिक परामर्श संस्थारुको छाता संगठन हो । विदेशमा अध्ययन गर्न चाहाने विद्यार्थीका लागि उचित सहजीकरण गर्ने, विद्यार्थी र व्यवसायीले समस्या भोग्नु नपरोस् भनेर सरकारसँग समन्वय गर्ने, कुटनीतिक नियोगसँग समस्या समाधानका लागि पहल गर्नेलगायत यस संस्थाका उद्देश्यहरु रहेका छन् । इक्यानमा आगामी नयाँ नेतृत्वका भट्टराई समूहको केहीदिन अघिदेखि नै चुनावी सरगर्मी बढेको छ । कार्यसमितिमा चयन हुन विभिन्न समूह बनाएर नेताहरु चुनावी दौडधुपमा लागेका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












