इक्यान: शेषराज भट्टराई समूहको उम्मेद्वारी घोषणा,विचलित नभइकन समस्या समाधान गर्ने प्रतिबद्धता
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी नयाँ कार्यसमितिका लागि शेषराज भट्टराई समूहले औपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेको छ । बिहीवार बेलुका काठमाडौंमा आयोजित एक कार्यक्रममा सो समूहले सबै मतदाता तथा सदस्यहरुबीच परिचयात्मक कार्यक्रम गर्दै उम्मेद्वारी घोषणा गरेको हो । बिहीवार दिउँसो मनोनयन दर्ता गरेपछि सोहीदिन बेलुका उक्त समूहले उम्मेद्वारी घोषणा गर्यो। असार ३० गते (शनिवार) दुई वर्षे कार्यकाल भएको २१ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदैछ ।
शेषराज भट्टराई अध्यक्ष भएको समूहले क्षमतावान तथा योग्य व्यक्तिहरुलाई चुनावी मैदानमा उतारेको छ । अध्यक्ष भट्टराईको प्यानलबाट श्रीराम पौडेल,गीता सिवाकोटी (गीतान्जली) र दयाराम थापासहित तीनजनाले उपाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका छन् ।
यसैगरी महासचिवमा दिपकराज भुशालले उम्मेद्वारी दर्ता गराउनु भएको छ भने सचिवमा रत्नबहादुर भट्टराई र भवनाथ हुमागाईँले उम्मेद्वारी दिएका छन् । यस्तै कोषाध्यक्षमा अशोक कार्की र सह-कोषाध्यक्षमा विकल्पराज पोखरेलले उम्मेद्वारी दिएका छन् । कार्यकारी सदस्यमा गोविन्द खनाल, होमराज थापा, रमेश लुईँटेल, सुवर्ण बस्नेत, उमा खड्का पाठक, विजयुकमार बस्नेत, बसन्त पाण्डे, राजेश श्रेष्ठ र मनोरथ शाहले उम्मेद्वारी दिएका छन् ।
आफूहरुको समूहले विजय हासिल गरेमा इक्यानको मर्यादालाई ख्याल राख्दै काम गर्ने,सवै शैक्षिक परामर्श संस्थाहरुको अधिकतम हितका लागि काम गर्ने अध्यक्षका उम्मेद्वार भट्टराईले प्रतिबद्धता जनाउनु भएको छ । यस्तै उहाँले आफूहरु कार्यसमितिमा निर्वाचित भएमा परामर्श संस्थामा आवद्ध सदस्यहरुको व्यवसायमा टेवा पुगोस् भन्ने उद्देश्यले हरेक हप्ता तालिम आयोजना गर्ने प्रतिबद्धता जनाउनु भयो । यस्तै व्यसायीहरुलाई राज्यले हेर्ने नजर परिवर्तन गर्न अधिकतम प्रयास गर्ने, राज्य र व्यवसायीवीच अधिकतम सहजीकरणको भूमिका निर्वाह गर्नेलगायतका प्रतिवद्धता भट्टराई समूहको रहेको छ ।
राष्ट्रिय-अन्तर्राष्ट्रिय कुटनीतिक नियोग र सरकारी संयन्त्रमार्फत समन्वय गरी समग्र व्यवसायको स्तरोन्नतीका लागि समन्वयकारी भूमिका खेल्दै अझ जुझारु भएर लाग्ने पनि उक्त समूहको प्रतिबद्धता छ । यस्तै समग्र व्यवसायीमा देखिएका चौतर्फी प्रहार तथा चुनौतीहरुलाई सामना गर्दै समाधान गर्न पहल गर्ने कामको योजना पनि उक्त समूहले बनाएको छ।
इक्यान वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि समन्वय गर्ने शैक्षिक परामर्श संस्थारुको छाता संगठन हो । विदेशमा अध्ययन गर्न चाहाने विद्यार्थीका लागि उचित सहजीकरण गर्ने, विद्यार्थी र व्यवसायीले समस्या भोग्नु नपरोस् भनेर सरकारसँग समन्वय गर्ने, कुटनीतिक नियोगसँग समस्या समाधानका लागि पहल गर्नेलगायत यस संस्थाका उद्देश्यहरु रहेका छन् । इक्यानमा आगामी नयाँ नेतृत्वका भट्टराई समूहको केहीदिन अघिदेखि नै चुनावी सरगर्मी बढेको छ । कार्यसमितिमा चयन हुन विभिन्न समूह बनाएर नेताहरु चुनावी दौडधुपमा लागेका छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












