खानेपानीका लागि ‘एक घर, एक फिल्टर’
काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिकाको दुईवटा वडावासीलाई स्वच्छ खानेपानीका लागि फिल्टर वितरण गरिएको छ ।वडा नं ७ र ८ स्थित पिपलटारका ९३ घरपरिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउन फिल्टर वितरण गरिएको वडा नं ७ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
‘मूलबाट ल्याइएको पानी त्यत्तिकै पिउनुभन्दा फिल्टर गरेर पिउँदा बढी फाइदा हुन्छ, उहाँले भन्नुभयो, ‘त्यसका लागि आवश्यक पहल गरी वाइन टु वाटर नेपालको आर्थिक सहयोगमा स्थानीयवासीलाई निःशुल्क फिल्टर वितरण गरिएको हो ।’
फिल्टर वितरण भएसँगै पिपलटार क्षेत्रका प्रत्येक घरधुरी, विद्यालय र वडा कार्यालयलगायत विभिन्न सङ्घ संस्थामा सुरक्षित खानेपानीको सुनिश्चितता भएको स्थानीय मिलनसार युवा क्बलका अध्यक्ष नवीन श्रेष्ठले बताउनुभयो ।
पिपलटार क्षेत्रमा ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयनमा आएपछि खानेपानीका लागि पिपलटारमा ‘एक घर, एक फिल्टर’ कार्यक्रम लागू गरी प्रत्येक घरलाई फिल्टर निःशुल्क वितरण गरिएको उहाँको भनाइ थियो । वडा कार्यालय र क्लबको पहलमा निःशुल्क फिल्टर पाएपछि स्थानीवासी खसी भएका छन् ।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...












