१० वर्षमा वैदेशिक रोजगारमा जाने १० हजारको मृत्यु
काठमाडौं । अघिल्लो आर्थिक वर्ष अर्थात् २०७९ सालको असार महिनासम्म श्रम स्वीकृति लिएर छ लाख ३० हजार युवा वैदेशिक रोजगारीमा गएका थिए। तर २०८० को वैशाख महिनासम्म १० महिनामै त्यो सङ्ख्या छ लाख ५६ हजार नाघिसकेको छ।
वैदेशिक रोजगार बोर्डले दिएको उक्त तथ्याङ्कअनुसार दैनिक १७ सयको हाराहारीमा विदेशिने युवाको सङ्ख्या चालु आर्थिक वर्षमा दैनिक २१ सय पुगेको छ।बोर्डका निर्देशक तथा सूचना अधिकारी राजन पौडेलका अनुसार त्यो पुनः श्रम स्वीकृति लिएकाहरू बाहेकको सङ्ख्या हो र अवैध ढङ्गले जानेहरूको सङ्ख्या अलग छ।
नेपालबाट तीन किसिमले वैदेशिक रोजगारीमा जाने गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दिएको जानकारीअनुसार आफ्नो योग्यता र इच्छाअनुसार रोजगारदातासँग सम्पर्क गरेर, म्यानपावर कम्पनीको सहजीकरणमा र सरकारहरूबीचको सम्झौता सरकारकै सहजीकरणमा विदेशमा रोजगारीमा जाने सक्ने प्रावधान छ।
रोजगारीका निम्ति विदेशिने युवाको सङ्ख्या पहिलो पटक एक वर्षमै पाँच लाख नाघेको आर्थिक वर्ष २०७०र७१ बाट हो। कोभिड महामारीसम्म आइपुग्दा त्यो सङ्ख्या घट्दै गएको देखिन्छ। वैदेशिक रोजगार बोर्डका अनुसार कोभिडको महामारीपछिको वर्ष वैदेशिक रोजगारीमा छ लाखभन्दा धेरै गए र वैशाखसम्ममा छ लाख ५६ हजार गइसकेकाले यो आर्थिक वर्षमा त्यो सङ्ख्या सात लाख नाघ्ने देखिएको छ। अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य नाकाहरूबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार सन् २०२३ को ज्यानुअरीदेखि जुनसम्म छ महिनामा सात लाख ९२ हजार नेपाली विदेशिएका छन्।
विभागका निर्देशक तथा सूचना अधिकारी खिमराज भुसालका अनुसार त्यही अवधिमा नेपाल भित्रिएका नेपालीको सङ्ख्या भने बाहिरिनेहरूभन्दा दुई लाख कम छ। त्यो सङ्ख्या सरदर त्यही रहने हो भने एक वर्षमा भित्रिनेभन्दा बाहिरिने नेपालीको सङ्ख्या चार लाख हुने देखिन्छ। विदेश अध्ययनमा जानेहरूको सङ्ख्या पनि निकै ठूलो रहेको बताइन्छ। तीमध्ये धेरै युवाहरू लामो समय विदेशमै रहने गर्छन्।
नेपालबाट जाने करिब सबैजसो आप्रवासी कामदारहरूको आर्थिक रूपमा निकै उत्पादनशील उमेर समूह १८ देखि ४४ वर्षका रहने गरेको श्रम मन्त्रालयको भनाइ छ। पछिल्ला तीन वर्षमा आधा सङ्ख्या २५ देखि ३४ वर्ष उमेर समूहको छ। पछिल्लो १० वर्षमा झन्डै १० हजार युवाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ।
आर्थिक वर्ष २०७९र८० को वैशाखसम्म १० महिनामा १०३२ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको तथ्याङ्क छ। उसका अनुसार त्यसको अघिल्लो वर्ष एक हजार ४७९ जनाको शव नेपाल आएको थियो। उक्त विवरणले दैनिक सरदर चार जना नेपालीको शव नेपाल भित्रिने गरेको देखाउँछ।आर्थिक वर्ष २०७०र७१ मा रोजगारीमा विदेश जानेको सङ्ख्या पाँच लाख नाघेपछि त्यसपछिको वर्ष मृत्यु हुनेको सङ्ख्या पहिलो पटक एक हजार नाघेको हो।
त्यसभन्दा अघिल्ला र त्यसपछिका पाँच वर्ष मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा कम थियो। तर आर्थिक वर्ष २०७७र७८ बाट फेरि मृतकको सङ्ख्या एक हजार नाघिरहेको छ। अधिकारीहरूका अनुसार प्राकृतिक मृत्यु, कार्डिएक अरेस्ट, आत्महत्या, दुर्घटना जस्तालाई मृत्युको मुख्य कारण बताइने गरिएको छ।
वैदेशिक रोजगार विभागका एक जना अधिकृतले भने, “कतिपय देशका केही ठाउँमा मृत्युपछि हचुवाको भरमै मृत्युको कारण प्राकृतिक भनेर लेखिने गरेको पनि पाइन्छ।”कतिपय अध्ययनले नेपालमै भए पनि त्यो मृत्युदर रहन्थ्यो भन्ने खालको रिपोर्ट निकालेको जनाउँदै राष्ट्रिय योजना आयोगका पूर्व सदस्य गणेश गुरुङले त्यसमा आफू सहमत भएको बताए।
वयस्क र ऊर्जावान् उमेरका मानिसहरू नेपालमै र गन्तव्य मुलुक पुगेपछि रोजगारदाताले गराउने मेडिकल जाँच पास हुने गरेको उनको भनाइ छ। गुरुङ भन्छन्, ‘त्यस्ता युवाहरू बाकसमा फर्किरहेका छन्, त्यो स्वाभाविक होइन, चिन्ताजनक विषय हो।’
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












