१० वर्षमा वैदेशिक रोजगारमा जाने १० हजारको मृत्यु
काठमाडौं । अघिल्लो आर्थिक वर्ष अर्थात् २०७९ सालको असार महिनासम्म श्रम स्वीकृति लिएर छ लाख ३० हजार युवा वैदेशिक रोजगारीमा गएका थिए। तर २०८० को वैशाख महिनासम्म १० महिनामै त्यो सङ्ख्या छ लाख ५६ हजार नाघिसकेको छ।
वैदेशिक रोजगार बोर्डले दिएको उक्त तथ्याङ्कअनुसार दैनिक १७ सयको हाराहारीमा विदेशिने युवाको सङ्ख्या चालु आर्थिक वर्षमा दैनिक २१ सय पुगेको छ।बोर्डका निर्देशक तथा सूचना अधिकारी राजन पौडेलका अनुसार त्यो पुनः श्रम स्वीकृति लिएकाहरू बाहेकको सङ्ख्या हो र अवैध ढङ्गले जानेहरूको सङ्ख्या अलग छ।
नेपालबाट तीन किसिमले वैदेशिक रोजगारीमा जाने गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दिएको जानकारीअनुसार आफ्नो योग्यता र इच्छाअनुसार रोजगारदातासँग सम्पर्क गरेर, म्यानपावर कम्पनीको सहजीकरणमा र सरकारहरूबीचको सम्झौता सरकारकै सहजीकरणमा विदेशमा रोजगारीमा जाने सक्ने प्रावधान छ।
रोजगारीका निम्ति विदेशिने युवाको सङ्ख्या पहिलो पटक एक वर्षमै पाँच लाख नाघेको आर्थिक वर्ष २०७०र७१ बाट हो। कोभिड महामारीसम्म आइपुग्दा त्यो सङ्ख्या घट्दै गएको देखिन्छ। वैदेशिक रोजगार बोर्डका अनुसार कोभिडको महामारीपछिको वर्ष वैदेशिक रोजगारीमा छ लाखभन्दा धेरै गए र वैशाखसम्ममा छ लाख ५६ हजार गइसकेकाले यो आर्थिक वर्षमा त्यो सङ्ख्या सात लाख नाघ्ने देखिएको छ। अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य नाकाहरूबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार सन् २०२३ को ज्यानुअरीदेखि जुनसम्म छ महिनामा सात लाख ९२ हजार नेपाली विदेशिएका छन्।
विभागका निर्देशक तथा सूचना अधिकारी खिमराज भुसालका अनुसार त्यही अवधिमा नेपाल भित्रिएका नेपालीको सङ्ख्या भने बाहिरिनेहरूभन्दा दुई लाख कम छ। त्यो सङ्ख्या सरदर त्यही रहने हो भने एक वर्षमा भित्रिनेभन्दा बाहिरिने नेपालीको सङ्ख्या चार लाख हुने देखिन्छ। विदेश अध्ययनमा जानेहरूको सङ्ख्या पनि निकै ठूलो रहेको बताइन्छ। तीमध्ये धेरै युवाहरू लामो समय विदेशमै रहने गर्छन्।
नेपालबाट जाने करिब सबैजसो आप्रवासी कामदारहरूको आर्थिक रूपमा निकै उत्पादनशील उमेर समूह १८ देखि ४४ वर्षका रहने गरेको श्रम मन्त्रालयको भनाइ छ। पछिल्ला तीन वर्षमा आधा सङ्ख्या २५ देखि ३४ वर्ष उमेर समूहको छ। पछिल्लो १० वर्षमा झन्डै १० हजार युवाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ।
आर्थिक वर्ष २०७९र८० को वैशाखसम्म १० महिनामा १०३२ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको तथ्याङ्क छ। उसका अनुसार त्यसको अघिल्लो वर्ष एक हजार ४७९ जनाको शव नेपाल आएको थियो। उक्त विवरणले दैनिक सरदर चार जना नेपालीको शव नेपाल भित्रिने गरेको देखाउँछ।आर्थिक वर्ष २०७०र७१ मा रोजगारीमा विदेश जानेको सङ्ख्या पाँच लाख नाघेपछि त्यसपछिको वर्ष मृत्यु हुनेको सङ्ख्या पहिलो पटक एक हजार नाघेको हो।
त्यसभन्दा अघिल्ला र त्यसपछिका पाँच वर्ष मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा कम थियो। तर आर्थिक वर्ष २०७७र७८ बाट फेरि मृतकको सङ्ख्या एक हजार नाघिरहेको छ। अधिकारीहरूका अनुसार प्राकृतिक मृत्यु, कार्डिएक अरेस्ट, आत्महत्या, दुर्घटना जस्तालाई मृत्युको मुख्य कारण बताइने गरिएको छ।
वैदेशिक रोजगार विभागका एक जना अधिकृतले भने, “कतिपय देशका केही ठाउँमा मृत्युपछि हचुवाको भरमै मृत्युको कारण प्राकृतिक भनेर लेखिने गरेको पनि पाइन्छ।”कतिपय अध्ययनले नेपालमै भए पनि त्यो मृत्युदर रहन्थ्यो भन्ने खालको रिपोर्ट निकालेको जनाउँदै राष्ट्रिय योजना आयोगका पूर्व सदस्य गणेश गुरुङले त्यसमा आफू सहमत भएको बताए।
वयस्क र ऊर्जावान् उमेरका मानिसहरू नेपालमै र गन्तव्य मुलुक पुगेपछि रोजगारदाताले गराउने मेडिकल जाँच पास हुने गरेको उनको भनाइ छ। गुरुङ भन्छन्, ‘त्यस्ता युवाहरू बाकसमा फर्किरहेका छन्, त्यो स्वाभाविक होइन, चिन्ताजनक विषय हो।’
Comments
अरु समाचार
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...












