लम्पी स्किनबाट चार सय गाईभैँसी मरे
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा लम्पी स्किनका कारण छ हजार २४ पशुचौपाया सङ्क्रमित भएका छन् । जिल्लामा यस रोगबाट हालसम्म चार सय १३ गाईभैँसीको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख पशु चिकित्सक डा ऋषभ गुरागाईंले जिल्लाका गाईभैँसीमा लम्पी स्किन महामारीका रुपमा फैलिएको बताउनुभयो । ‘जिल्लामा लम्पी स्किन नियन्त्रणका लागि खोप तथा औषधिको व्यवस्था गरिएको भए पनि नियन्त्रण बाहिर गएको छ’, उहाँले भन्नुभयो, ‘लम्पी स्किनबारे सचेतना जगाउँदै सावधानी अपनाउनु नै अहिलेका लागि लम्पी स्किनको जोखिमबाट जोगिन सकिन्छ ।’
उहाँले जिल्लाको कावासोती नगरपालिकामा लम्पी स्किनको सङ्क्रमणदर उच्च रहेको बताउनुभयो । कावासोतीमा हालसम्म सबैभन्दा बढी एक सय ५१ पशु चौपाया मरेका जनाउँदै डा चापागाईंले दुई हजार १३ पशु लम्पी स्किनबाट सङ्क्रमित भएका जानकारी दिनुभयो । मध्यविन्दु नगरपालिकामा लम्पी स्किनबाट ९७ पशुको मृत्यु भएको तथा हालसम्म एक हजार एक सय ८० गाईभैँसी सङ्क्रमित भएका उहाँले बताउनुभयो । चापागाईंका अनुसार देवचुली नगरपालिकामा लम्पी स्किनबाट हालसम्म ६४ गाईभैँसीको मृत्यु हुँदा पाँच सय ८१ सङ्क्रमित भएका छन् ।
यसैगरी विनयी त्रिवेणी गाउँपालिकामा एक हजार एक सय ९० गाईभैँसी सङ्क्रमित तथा २२ को मृत्यु भएको उहाँले बताउनुभयो । बौदिकाली गाउँपालिका एक सय ८४ गाईभैँसीमा लम्पी स्किनको सङ्क्रण देखिएको उल्लेख गर्दै पशु चिकित्सक चापागाईंले ३६ गाईभैँसीको मृत्यु भएको बताउनुभयो । गाैँडाकोट नगरपालिकामा लम्पी स्किनबाट २१ गाईभैँसीको मृत्यु हुनुका साथै चार सय २३ सङ्क्रमित, हुप्सेकोट गाउँपालिकामा १४ पशुको मृत्यु तथा तीन सय ३१ सङ्क्रमित एवं बुङिलटार गाउँपालिकामा आठ गाईभैँसीको मृत्यु तथा एक सय २२ सङ्क्रमित भएका उहाँले जानकारी दिनुभयो ।
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका आठवटै स्थानीय तहमा लम्पी स्किन रोगविरुद्धको खोप वितरण गरेको छ । लम्पी स्किन रोग न्यूनीकरण एवं रोकथामका लागि छ हजार भ्याक्सिन खरिद गरेर स्थानी तहमा पठाइएको कार्यालय प्रमुख पशु चिकित्सक डा चापागाईंले बताउनुभयो । सङ्क्रमण थप फैलन नदिन भन्दै जिल्लाका देवचुली, गैँडाकोट र कावासोती नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका आफैँलेसमेत खोप खरिद गरेर गाईभैँसीलाई लगाएको उहाँले जानकारी दिनुभयो ।
देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किनबाट नवलपुरमा गाई, भैँसी, गोरु र राँगा प्रभावित भएका छन् । पशु सेवा विज्ञ केन्द्रले लम्पी स्किन रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भेटेरिनरी अस्पाताल तथा पशु सेवा विज्ञ केन्द्रले पालिकासँग छलफल, सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना प्रसारण एवं किसानलाई परामर्श गरिरहेको डा चापागाईंले बताउनुभयो ।
Comments
अरु समाचार
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...












