चितवनमा डेङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान
काठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ ।
आइतबारदेखि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरप्रमुख शशीकुमार खनियाँ, उपप्रमुख कविता उप्रेतीलगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र स्थानीयवासी अभियानमा सहभागी भएका थिए । सो अवसरमा नगरप्रमुख खनियाँले अभियानलाई निरन्तरता दिने जनाउँदै सबै स्वास्थ्यका सवालमा नागरिक सचेत बन्नुपर्ने बताउनुभयो । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन निरन्तर सरसफाइको लागि जनचेतनामूलक अभियान अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।
पहिलो दिन नगरपालिकाको वडा नम्बर ६ र ८ मा अभियान सञ्चालन गरिएको खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख निर्मल घिमिरेले बताउनुभयो । उहाँले बजार क्षेत्रमा अभियान सञ्चालन गरिएको जनाउँदै सबै वडामा यो अभियान सञ्चालन हुने जानकारी दिनुभयो । डेङ्गुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम गरिएको उहाँको भनाइ छ । ‘नगरपालिकाका विभिन्न क्षेत्र लामखुट्टेको लार्भा बनाउनका लागि उपयुक्त वातावरण छन्’, उहाँले भन्नुभयो, ‘तीव्र सहरीकरणका कारण पानी जम्ने ठाउँसमेत प्रशस्तै छन् ।’
विशेष गरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा यो लामखुट्टे फूल पार्छ । विशेष गरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्छ । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । जटिल प्रकृतिको डेङ्गुको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखा पर्छन् ।
सतर्कता अपनाउन आग्रह
चितवनकै रत्ननगर नगरपालिकाले लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको सङ्क्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै सबै नगरवासीमा सतर्कता अपनाउन आग्रह गरेको छ । नगरपालिकाले लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गर्ने अभियानमा सहभागी हुन सबै टोलवासीमा अनुरोध गरेको छ ।
रत्ननगर नगरपालिकाले लामखुट्टेको बासस्थान र लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरू गरेको जानकारी दिँदै जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले एडिज जातको लामखुट्टे सफा पानीमा बस्ने, त्यहीँ फुल पार्ने र लार्भा वृद्धि गर्ने भएकाले घरवरपर रहेका टिनका डब्बा, थोत्रा टायर, गमला, फुलदानीलगायतमा पानी जम्न नदिन आग्रह गर्नुभयो । उहाँले १६ वटै वडाका स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्यसेविका एवं टोल विकास समितिका अध्यक्षहरुलाई डेङ्गु रोगबारे सचेतना फैलाउन आग्रह गर्नुभएको छ ।
डेङ्गु सङ्क्रमितको सङ्ख्या १३ पुग्यो
चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ । तीन दिनअघि आठ जना डेङ्गु सङ्क्रमित रहेको आइतबार बढेर १३ पुगेको हो । स्वास्थ्य कार्यालय चितवनको अनुसार विभिन्न अस्पतालमा एक सय २१ जनाको परीक्षण गर्दा १३ जनामा सो सङ्क्रमण देखिएको छ ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












