व्यासमा खरको छानो विस्थापित अभियान
काठमाडौं । तनहुँको व्यास नगरपालिका–१३ निवासी फूलमाया विकको घर वर्षौँदेखि खरले छाएको थियो । ढुङ्गामाटोले बनेको घर र छानो खरको हुँदा वर्षायाममा पानी चुहिने समस्या उत्तिकै थियो । अझ आगलागीको जोखिम पनि त्यत्तिकै थियो ।
उहाँको घरको छानो अहिले खरले नभई जस्तापाताले छाइएको छ । व्यास नगरपालिकाको खरको छानो विस्थापन योजनाअनुसार छानो फेरिएको हो । उहाँले भन्नुभयो,’अब आगलागी हुने जोखिम र पानी चुहिने समस्या हुँदैन ।’
नगरपालिकाले खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । जस्तापाताले घर छाउन नसकेका परिवारलाई नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा ६८ अतिविपन्न परिवारको घरमा जस्तापाताले छाउने कार्यक्रम सम्पन्न गरेको नगरपालिकाको घर नक्सा शाखाका प्रमुख अमृत केसीले जानकारी दिनुभयो ।
रु ५१ लाखको लागतमा जस्तापाता लगाइएको छ । नगरपालिकाले प्रतिघर रु ७५ हजारमा छानो फेरिदिएको छ । तनहुँ क्षेत्र नं १ अन्तर्गत नगरपालिकाले वडा नं ५ र ६ बाहेक अन्य वडामा खरको छाना विस्थापित गरी घरमा जस्तापाता लगाउने गरेको छ । जसअन्तर्गत व्यास–१ मा सात, व्यास–४ मा एक, व्यास–७ मा सात, व्यास–८ मा तीन, व्यास–९ मा चार, व्यास–१० मा १७, व्यास–११ मा तीन, व्यास–१२ मा छ, व्यास–१३ मा तीन र व्यास–१४ मा आठ घरमा जस्तापाता लगाएको छ ।
यसैगरी, नगरपालिकाले विपन्न वर्गले पक्की घर बनाउँदा निःशुल्करूपमा नक्सा निर्माण गरिदिन थालेको छ । नगरपालिकाको घर नक्सा निर्माण शाखाले नागरिकको आर्थिक समस्यालाई मध्यनजर गर्दै विपन्न वर्गलाई नक्सा पास निःशुल्क गर्ने कामको सुरुआत गरेको हो । विपन्न वर्गलाई केही सहज बनाउन र पक्की घर बनाउनेतर्फ आकर्षित गर्ने उद्देश्यले घर बनाउँदा निःशुल्करूपमा नक्सा निर्माण गर्ने गरेको शाखाका सहायक इन्जिनियर सञ्जय तिमिल्सेनाले जानकारी दिनुभयो ।
निःशुल्क नक्सा कार्यक्रमअन्तर्गत वडामार्फत विपन्न वर्गले घर बनाउन सिफारिस लिएर आएको खण्डमा निःशुल्करूपमा नक्सा निर्माण गर्ने गरेको उहाँको भनाइ छ । अहिलेसम्म उक्त कार्यक्रममार्फत पाँच जनाले निःशुल्करूपमा घरको नक्सापास गरी घर निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘वडामार्फत विपन्न वर्गले सिफारिस लिएर आएपछि हामीले उहाँहरूले चाहेको अनुसार नक्सा निःशुल्करूपमा बनाउने गरेका छौँ ।’ दुई, तीन र चारकोठे घरका लागि विभिन्न आठवटा ‘मोडल’ रहेको उहाँले बताउनुभयो ।
कतिपय नागरिकहरूले नक्सा बनाउन खर्च धेरै भएका कारण कच्ची घरमै बस्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि पनि नगरपालिकाले नक्सा निर्माण निःशुल्क गरिदिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँले विभिन्न परामर्शदाताले महँगो शुल्कमा घरको ‘डिजाइन’ बनाइदिने गुनासोलाई सम्बोधन गर्दै नगरपालिकाले विपन्न वर्गको घरको नक्सा डिजाइन गरिदिने बताउनुभयो । नगरपालिकाका घर नक्सा शाखाका प्रमुख अमित केसीले घरको नक्सा निर्माणका लागि प्राविधिकलाई खटाएको बताउनुभयो ।
Comments
अरु समाचार
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...











