पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्न ‘पर्यटक प्रहरी तालिम’
काठमाडौं । नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले ‘पर्यटक प्रहरी तालिम’ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, पर्यटन विभाग, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा सोमबारदेखि अठार दिने तालिम सुरु भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीले तालिमको शुभारम्भ गर्नुहुँदै नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई पर्यटन प्रहरीले दिने सेवालाई थप विशिष्टिकृत र व्यावसायिक दक्षतालाई अझै वृद्धि गर्दै जानुपर्ने बताउनुभयो । विश्समुदाय नेपाली संस्कृतिको ‘अतिथि देवो भवः’ भन्ने मान्यताले एक फरक एवं विशिष्पहिचान छाडेको उहाँको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिषनका निर्देशक प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले तालिमबाट प्रशिक्षित प्रशिक्षार्थीले कार्यक्षेत्रमा प्रतिबद्ध रहन अत्यन्त हौसला पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सीमित स्रोत र साधनका बाबजुद पनि पर्यटकको सुरक्षामा पर्यटक प्रहरीले विशेष भूमिका खेलेको उहाँको भनाइ थियो ।
पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको विशेष योगदान रहेको र पर्यटक प्रहरी त्यस क्षेत्रको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्नुभयो । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका ट्राभल एन्ड रिसर्च विभागका प्रमुख अजयकुमार ढकालले उक्त तालिम पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनमा एक कोशेढुङ्गाको रूपमा स्थापित भएको बताउनुभयो ।
पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले तालिमबाट पर्यटक प्रहरीको कार्यदक्षतामा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षणमा प्रहरी सहायक निरीक्षक चार, प्रहरी हवल्दार पाँच, प्रहरी सहायक हवल्दार सात र प्रहरी जवान १४ गरी जम्मा ३० प्रशिक्षार्थी सहभागी छन् ।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...











