तीन दिनपछि अवरुद्ध सहिदमार्ग सञ्चालन
काठमाडौं । रुकुम (पूर्व) स्थित अवरुद्ध सहिदमार्ग तीन दिनपछि सञ्चालन भएको छ । वर्षापछि रुकुम (पूर्व) को महत र रोल्पाको थबाङ बीचको विभिन्न ठाउँमा झरेको पहिरोका कारण साउन १३ गतेदेखि अवरुद्ध सडक आजदेखि सञ्चालन गरिएको हो । लगातार वर्षाका कारण भूमे गाउँपालिका वडानं ७ अन्तर्गत उख्लिबाङ र भूर्तिबाङ भन्ने ठाउँमा पहिरो झरेको थियो ।
पहिराले मान्छे पैदल हिँड्ने बाटोसमेत थिएन । प्रहरी र स्थानीयवासीको सहयोगमा तीन दिनपछि अवरुद्ध सडक खुलाउन सफल भइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अन्जना श्रेष्ठले जानकारी दिनुभयो । वर्षाका कारण मध्यपहाडी लोकमार्ग र सहिदमार्गसँगै अन्य सहायक मार्गमा पहिरो झरेर समस्या भइरहेको छ । पहिरो जानेबित्तिकै समयमा जेसिबी र ब्रेकर नभेटिँदा तत्काल पहिरो पन्छाउने कार्यमा समस्या भइरहेको उहाँले बताउनुभयो ।
प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार सहिदमार्गमा पहिरो हटाउन सहिदमार्गकै एउटा जेसिबी छ । भूमे गाउँपालिकाको जेसिबी काँडाबगरमा झरेको पहिरो पन्छाउने क्रममा बिग्रिएको छ । मध्यपहाडीको भूमे साइडमा पहिरो हटाउन यती बिल्डर्सले सहयोग गरिरहेको छ । मध्यपहाडी लोकमार्गको काम गरेको कालिका कन्स्ट्रक्सनले भने कहिले जेसिबी बिग्रेको, कहिले ड्राइभर नभएको भन्दै आएकाले काममा ढिलाइ भएको हो ।
सिस्ने गाउँपालिकाको रुकुमकोट–खोपिचार सडकखण्डमा पनि पहिरो झरिरहेको र पुथा उत्तरगङ्गा गाउँपालिकाको हुकाममा पनि पहिरो झरेर सडक अवरुद्ध हुँदा यात्रुहरुले गाडी परिवर्तन गरेर यात्रा गर्दै आएको उहाँले बताउनुभयो । काँक्रीबाट रिका लेख हुँदै क्युबाङ जाने बाटोमा पनि वर्षाको भेलका कारण बाटो चिराचिरा परेर यात्रा गर्न कठिन र जोखिम हुँदै आएकोे छ । कतिपय सहायक मार्गहरु भने पहिराका कारण अवरुद्ध नै भइसकेका र तत्काल खुलाउन सम्भव नभएको स्थानीय तहले बताएका छन् ।
मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिकाको काँडा बगरमा भने एकतर्फी आवागमन भइरहेको छ । साउन १२ गते बिहान ५ बजेतिर झरेको ठूलो पहिराको कारण आवागमनमा समस्या भइरहेको छ । सडकमा झरेको ठूलो ढुङ्गा फुटाउन सकिएको छैन । जिल्लामा उपलब्ध ब्रेकरले उक्त ढुङ्गा फुटाउन नसकिएको बताउँदै डिएसपी श्रेष्ठले आज रोल्पाको घर्तिगाउँबाट ठूलो ब्रेकर बोलाइएको र उक्त ब्रेकरले ढुङ्गा फुटाए आवागमनमा सहज हुने बताउनुभयो । पहिराका कारण जिल्लास्थित विभिन्न विद्यालयहरुमा पनि क्षति पुगेको प्रहरीले बताएको छ ।
रातिको समयमा यात्रा नगर्न अनुरोध
जिल्ला प्रशासन कार्यालय रुकुम ९पूर्व० ले रातिको समयमा यात्रा नगर्न यात्रुहरुलाई अनुरोध गरेको छ । जिल्लास्थित मध्यपहाडी ९पुष्पलाल० राजमार्ग, सहिदमार्ग एवम् अन्य सहायक मार्गमा कमजोर भूबनोट, भारी वर्षालगायत कारण पहिरो एवम् सुक्खा पहिरो जाने क्रम चलिरहेको छ । यसै जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै रातिको समयमा यात्रा नगर्न सबैलाई अनुरोध गरेको हो ।
रातिको समयमा यात्रा गर्नुपरेमा नजिकको सुरक्षा निकायलाई जानकारी गराएर मात्र यात्रा गर्न सूचनामा उल्लेख गरिएको छ । साथै जिल्लाभित्र कुनै पनि प्रकारको विपद्जन्य घटना/दुर्घटना भएको जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकाय तथा जनप्रतिनिधिलाई जानकारी गराउन आग्रह गरिएको छ । साथै जिल्ला प्रहरी कार्यालयको टेलिफोन नं १०० वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र रुकुम (पूर्व) को नं ९७४६९३०९४० मा फोन गरेर जानकारी गराउन सूचनामार्फत आग्रह गरिएको छ ।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












