नेपाली क्रान्तिको मौलिक विचार “प्रचण्डपथ” बारे पार्टीमा पुन बहस जरुरी छ: सेर्पाली
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् वाईसीएलका अध्यक्ष सुवोध सेर्पालीले नेपाली क्रान्तिको मौलिक विचार “प्रचण्डपथ” बारे पार्टीमा पुन बहस जरुरी रहेको बताएका छन ।
जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्ने क्रममा सेर्पालीले समाजवादी समाज निर्माण गर्न नेपाली क्रान्तिको मौलिक विचार “प्रचण्डपथ” बारे पार्टीमा पुन बहस जरुरी रहेको हुन ।
माओवादी आन्दोलनको आवस्यकता “नेतृत्व पुस्तान्तरण होइन हस्तान्तरण आजको आवस्यकता” हो । यो बिषयमा सबै तहका कमिटीमा गम्भीर बहस गर्नुपर्छ । पार्टी भित्र काम गरेका र नगरेकावीच वैज्ञानिक मुल्याङ्कन गर्ने मापदण्ड विकास गर्न अत्यावश्यक ।
उनले बैठकमा बोल्ने क्रममा सरुवा-बढुवासहितको स्वार्थ बोकेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार धाउनेहरु नै अहिले विरोधमा उत्रिएको जिकिर गरे।
‘सरुवा-बढुवा र स्वार्थ लिएर बालुवाटार जानेहरुले नै प्रधानमन्त्री सचिवालयको विरोध गरे’, उनले भने, ‘आफ्नो स्वार्थ पूरा नभएपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुको नाम मुछ्ने काम भइरहेको छ।’
बैठकमा सहभागी नेताहरुले बोल्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको पनि कडा विरोध गरिरहेका छन्।
खासगरी प्रचण्ड पुत्रीसमेत रहेकी स्वकीय सचिव गंगा दाहाल निशानामा परिरहेकी छन्। माओवादी केन्द्रीय सदस्यसमेत रहेकी उनले बुवाकै स्वकीय सचिव भएर बस्नु गलत भएको कुरा आइरहेको छ।
जारी बैठकमा जम्मा ३८५ केन्द्रीय सदस्यहरुलाई बोल्न ५/५ मिनेट सयम दिइएको छ। शुक्रबार पनि नेताहरुले आफ्ना राखिरहेका छन्।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











