मिस यूनिभर्स इन्डोनेशियाका प्रतियोगीहरूलाई निर्वस्त्र हुन बाध्य पारिएको आरोप
जकार्ता । इन्डोनेशियामा आयोजित एउटा सौन्दर्य प्रतियोगितामा सहभागी केही महिलाहरूले आफूहरूसँग यौन दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । उनीहरूका एक वकिलका अनुसार ‘मिस यूनिभर्स इन्डोनेशिया’ को मूल प्रतिस्पर्धाको दुई दिनअघि आयोजकहरूले प्रतियोगीहरूलाई ‘शरीर जाँच्नू र तस्बिर खिच्न ‘ भन्दै कम्मरमाथि निर्वस्त्र हुन लगाएका थिए। प्रतियोगिता अगस्ट ३ मा सम्पन्न भएको थियो।
आयोजकहरूले प्रतियोगीहरूको शरीरमा ‘दाग, सेल्युलाइट (चाउरी परे जस्तो देखिनेगरी छालामुनि जमेको बोसो) वा ट्याटू भए नभएको जाँच्नुपर्नेू भन्दै त्यसो गरेको दाबी गरिएको छ। ‘मलाई आफ्नो अधिकार उल्लङ्घन भएको छ भन्ने लाग्छ’, एक प्रतियोगीले भनिन्।’यसले मलाई मानसिक पीडा दिएको छ। म राम्ररी सुत्न पनि सकेकी छैन’, उनले भनिन्। अरू केही प्रतियोगीहरूको उपस्थितिमा उनले सञ्चारकर्मीहरूसँग कुरा गरेकी हुन्।
एउटा स्थानीय टेलिभिजनले उनीहरूको परिचय नखुल्नेगरी अनुहार धमिलो बनाएर यसबारे समाचार प्रसारित गरेको थियो। उजुरी दिने तीन प्रतियोगीकी वकिल मेलिसा आङ्ग्रेनीका अनुसार अरू प्रतियोगीहरूले पनि यसबारे मुख खोल्ने छन् ।
के भन्छ प्रहरी ?
जकार्ता प्रहरीले एउटा विज्ञप्ति प्रकाशित गर्दै उजुरीमा दाबी गरिएको घटनाबारे अनुसन्धान गर्ने बताएको छ। मिस यूनिभर्स इन्डोनेशिया अर्गनाइजेशनले ती आरोपबारे छानबिन गर्ने प्रतिबद्धता उक्त संस्थाको स्वामित्व भएकी पपी क्यापेलाले व्यक्त गरेकी छन्। उनी इन्डोनेशियाकी ख्यातिप्राप्त गायिका तथा व्यापारी हुन्।
मिस यूनिभर्स अर्गनाइजेशनले यौन दुर्व्यवहारसँग सम्बन्धित आरोपलाई निकै गम्भीरतापूर्वक लिएको भन्दै इन्डोनेशियाको घटनाबारे आफूले पनि छानबिन गर्न थालेको बताएको छ।
इन्डोनिशयामा त्यस्ता प्रतियोगितामा सहभागीहरूको शरीर जाँच्ने कुरा सामान्य भए पनि सौन्दर्य प्रतियोगितामा सहभागीहरूलाई निर्वस्त्र हुन प्रायस् नभनिने भूतपूर्व मिस इन्डोनेशिया मारिया हर्फान्तीले बताइन्। उनका अनुसार आयोजकहरूले प्रतियोगीहरूको शारीरिक अनुपात जाँच्न ‘बडी मास इन्डेक्स’ (बीएमआई) सोध्ने गरेका छन्।
सोमवार आयोजित प्रेस कन्फरेन्समा एक उजुरीकर्ताले एउटा बन्द कोठामा प्रतियोगीहरूको शरीर जाँचिएको र त्यस क्रममा त्यहाँ पुरुषहरू पनि भएको दाबी गरेकी थिइन्। ढोका पूरै बन्द नभएकाले बाहिरबाट अरू मानिसले पनि देख्न सक्ने उनले बताइन् ।
सौन्दर्य प्रतियोगिताको लोकप्रियता
धेरै वर्षअघिदेखि नै इन्डोनेशियामा सौन्दर्य प्रतियोगिताहरू आयोजना हुँदै आएका छन्। तर मुस्लिमबहुल यो देशमा आयोजकहरूले परम्परावादीहरूलाई नचिढ्याउन पर्याप्त काम गरेको पाइँदैन।सन् २०१३ मा इन्डोनेशियामा मिस वर्ल्ड आयोजना हुँदा ुबिकिनी राउन्डु हटाइएको थियो।
अहिले मिस यूनिभर्सको ७३औँ संस्करण आयोजना हुन लागेको छ। यो सौन्दर्य प्रतियोगिता दक्षिणपूर्वी एशियाका इन्डोनेशिया, फिलिपिन्स र थाईल्यान्डमा निकै लोकप्रिय छ।यो प्रतियोगिता जित्ने सुन्दरीहरूले निकै ख्याति कमाउँछन् र सामाजिक सञ्जालमा उनीहरू प्रभावशाली रूपमा स्थापित हुन्छन्।
थाई पारलैङ्गिक महिला तथा सञ्चार उद्यमी एन ज्याक्राजुतातिपको स्वामित्वमा मिस यूनिभर्स छ। उनले यो प्रतियोगीलाई अझ समावेशी बनाउने प्रयासमा विवाहित महिला, पारलैङ्गिक महिला र एकल आमाहरूलाई पनि सहभागी गराउने गरेकी छन्। -बीबीसी
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











