कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदमा शेखर र उपसभापतिमा गगन लड्ने सहमति
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूह शेखर कोइराला र गगन थापा उपगुटमा विभाजित भएको चर्चा चलिरहेका बेला बिहीवार दुवै नेताले १५ औं महाधिवेशनसम्म दायाबायाँ नगर्ने सहमति जनाएका छन् ।
कांग्रेसका एक सांसदको घरमा करिब साढे ३ घण्टाको छलफलपछि आफूहरूबीचको असझदारी मेटिएको र १५औं महाधिवेशनका लागि एक भएर अघि बढ्यौं भन्ने सन्देश आफ्नो पंक्तिमा दिने सहमति भएको छ ।
दुई नेताबीच छलफलको जानकारीमा रहेका एक नेताका अनुसार यसमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित देउवानिकटका अर्का एक नेतालाई पनि समावेश गरिने भएको छ । अब देउवाइतर समूहले शेखरलाई फस्र्टम्यान र गगनलाई उत्तराधिकारी मानेर १५ औं महाधिवेशनको तयारी गर्ने भएको छ ।
ती नेताले भने, ‘चुहिएका साना.साना बाडुकीहरू साना-साना इमोसनहरु यदि कतै थिए नै भने पनि मलेरिया उन्मुलन भए जसरी निर्मुल भएका छन् भन्ने सन्देश दिने समझदारी छ । आजको वार्तापछि एकैपटक गगनको १० वर्षे उमेर सीमा र शेखरको यसपटक एकैपटक भन्ने नारा खारेज भएका छन् ।’
यो समझदारीलगत्तै शेखर-गगन समूहका नेता गुरुराज घिमिरेले दुई नेताको तस्बिर सार्वजनिक गर्दै ‘१५ औं महाधिवेशनको उज्यालो क्षितिज,हामी साथमा छौ र निकै उत्साहित पनि’ भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।’
शेखर गगनको यो वार्ता र आन्तरिक समझदारीले कांग्रेसभित्रको समीकरणलाई मात्र नभएर राष्ट्रिय राजनीतिको समिकरणमा समेत प्रभाव पार्ने दाबी नेताहरूको छ । पछिल्लो केन्द्रीय कार्य समिति बैठकमा गगन थापालाई शेखरले साथ नदिएको टिप्पणी भइरहेका बेला केही युवा नेता र सांसदहरूको पहलमा बिहीबारको सार्थक छलफल भएको उनीहरूको भनाइ छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












