माधव नेपाल र बाबुरामलाई जोगाउन बालुवाटारमा छलफल
काठमाडौं । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गर्नेहरूलाई पनि छानबिन गर्न आदेश दिएसँगै यो विषय गठबन्धन दल र सरकारको टाउको दुखाइ भएको छ । सर्वोच्चको सो निर्णयसँगै ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने नीतिगत निर्णयमा संलग्न तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा निर्णय प्रमाणीकरण गर्ने मुख्यसचिव लीलामणि पौडेललाई समेत छानबिन गर्नुपर्ने भएपछि त्यसले गठबन्धनधारी दल र सरकारलाई थप समस्या पारेको हो ।
ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दर्जन व्यक्तिहरूलाई पक्राउ गरी छानबिन गर्दै आइरहेको छ । सर्वोच्च अदालतले जग्गाको कारोबार गर्ने व्यक्तिलाई मात्रै नभएर ती जग्गाहरू गुठी र व्यक्तिको नाममा जाने गरी निर्णय गर्ने निर्णयकर्ता, टिप्पणीकर्ता र मन्त्रिपरिषद् बैठकको निर्णय प्रमाणीकरण गर्ने मुख्य सचिवहरूमाथि समेत छानबिन गर्न आदेश दिएको थियो ।
सर्वोच्चको आदेश आएकै भोलिपल्ट विदेश गएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सोमबार स्वदेश फर्र्किएको केही समयपछि एकाएक बालुवाटार पुग्नुभयो । उहाँ आउनासाथ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको बैठक राख्नुभएको थियो । सो बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल तथा कांग्रेस सभापति शेरबहादुर देउवाका साथै अन्य दलका नेताहरूसमेत सहभागी थिए ।
सीआईबीले पूर्वप्रधानमन्त्रीहरूलाई छानबिन गर्ने बारेमा सरकारको सिग्नल खोजेर बसेको बताइरहेकै बेलामा छलफलमा विशेषगरी पूर्वप्रधानमन्त्रीलगायतका उच्च पदस्थहरूलाई सर्वोच्च अदालतको आदेशबाट कसरी जोगाउन सकिन्छ भन्ने बारेमा छलफल भएको स्र्रोतको दाबी छ । सोमबार राती अबेरसम्म बसेको सो छलफलमा महान्यायधिवक्ता दिनमणि पोखरेललगायत केही वरिष्ठ अधिवक्ताहरूसमेत सहभागी थिए । बैठकमा सहभागी शीर्ष नेताहरूले अनुसन्धानबाट पूर्वप्रधानमन्त्रीहरूलाई बचाउने उपायका बारेमा खोजी गर्न महान्यायधिवक्ता र आफू निकटका अधिवक्ताहरूलाई आग्रह गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले भने सोमबार बालुवाटारमा पुगेका विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग कुराकानी गर्दै गठबन्धन दलको बैठकमा वर्तमान समयमा देखिएका समस्याहरू कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सम्पादकहरूसँग भन्नुभयो– ‘सर्वोच्चको आदेशपछि के गर्ने भन्ने बारेमा गठबन्धन दलबीचमा छलफल भएको हो, हामीले आवश्यक निकास निकाल्न जरुरी छ । हामी ब्रेन स्ट्रोमिङ टाइपको मिटिङ गरिरहेका छौं , यसले रचनात्मक निष्कर्ष निकाल्छ भन्ने विश्वासमा छौं । ’ यद्यपि, उहाँहरूको छलफल आफ्ना नेताहरूलाई कसरी अनुसन्धानबाट जोगाउन सकिन्छ भन्नेमा नै केन्द्रित रहेको स्रोतको दाबी छ ।
प्रधानमन्त्रीको मन ‘तल’ रहेको त्यो बैठक
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग छलफल गर्ने भन्दै उहाँको सचिवालयले सोमबार साँझ ५ बजेका लागि सम्पादकहरूलाई बोलाएको थियो । विभिन्न सञ्चार माध्यमका झण्डै दुई दर्जन सम्पादकहरू साढे ४ तथा पौने ५ बजेसम्म बालुवाटार पुगिसकेका थिए । झण्डै एक घण्टा कुराएर ६ बजे शुरू भएको छलफल शुरू हुनासाथ प्रधानमन्त्री प्रचण्ड आफैंले एकाएक स्थगित भएको जानकारी गराउनुभएको थियो । उहाँले सम्पादक ‘साथीहरू आज आकस्मिक रूपमा गठबन्धन दलको बैठक राख्नुपर्ने भएकाले सम्पादकहरूसँगको छलफल स्थगित गर्नुपर्यो’ भन्दै क्षमायाचना गर्नुभएको थियो ।
सम्पादकहरूसँग माथिल्लो कोठामा छलफल गर्न पुग्नुभएका प्रधामनमन्त्री प्रचण्डले तल गठबन्धन दलको बैठक जारी रहेको बताउनुभयो । उहाँले सम्पादकज्यूहरू भन्नुभयो– ‘के गर्ने मेरो मन तलै छ, तपाईंहरूसँग आज छलफल गर्न सकिनँ । भोलि राखौं है।’ उहाँले सम्पादकहरूसँगको छलफल कार्यक्रम मंगलबारलाई सार्नुभयो ।
सम्पादकहरूले ‘मन तलै’ भएको बैठकको मुख्य विषयवस्तु के होला रु भनेर जिज्ञासा राखेपछि जवाफमा प्रधानमन्त्री प्रचण्डले ललितानिवास प्रकरणमा सर्वोच्चको आदेश आएपछि त्यस विषयलाई कसरी छानबिन गर्ने भन्ने बारेमा गठबन्धन दल र वरिष्ठ अधिवक्ताहरूसँग छलफल गरिएको बताउनुभयो । उहाँले अवरुद्ध संसद् खुलाउने बारेमा समेत छलफल जारी राखिएको जानकारी दिनुभयो । – नेपाल समाचार पत्रबाट
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












