माधव नेपाल र बाबुरामलाई जोगाउन बालुवाटारमा छलफल
काठमाडौं । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गर्नेहरूलाई पनि छानबिन गर्न आदेश दिएसँगै यो विषय गठबन्धन दल र सरकारको टाउको दुखाइ भएको छ । सर्वोच्चको सो निर्णयसँगै ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने नीतिगत निर्णयमा संलग्न तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा निर्णय प्रमाणीकरण गर्ने मुख्यसचिव लीलामणि पौडेललाई समेत छानबिन गर्नुपर्ने भएपछि त्यसले गठबन्धनधारी दल र सरकारलाई थप समस्या पारेको हो ।
ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दर्जन व्यक्तिहरूलाई पक्राउ गरी छानबिन गर्दै आइरहेको छ । सर्वोच्च अदालतले जग्गाको कारोबार गर्ने व्यक्तिलाई मात्रै नभएर ती जग्गाहरू गुठी र व्यक्तिको नाममा जाने गरी निर्णय गर्ने निर्णयकर्ता, टिप्पणीकर्ता र मन्त्रिपरिषद् बैठकको निर्णय प्रमाणीकरण गर्ने मुख्य सचिवहरूमाथि समेत छानबिन गर्न आदेश दिएको थियो ।
सर्वोच्चको आदेश आएकै भोलिपल्ट विदेश गएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सोमबार स्वदेश फर्र्किएको केही समयपछि एकाएक बालुवाटार पुग्नुभयो । उहाँ आउनासाथ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको बैठक राख्नुभएको थियो । सो बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल तथा कांग्रेस सभापति शेरबहादुर देउवाका साथै अन्य दलका नेताहरूसमेत सहभागी थिए ।
सीआईबीले पूर्वप्रधानमन्त्रीहरूलाई छानबिन गर्ने बारेमा सरकारको सिग्नल खोजेर बसेको बताइरहेकै बेलामा छलफलमा विशेषगरी पूर्वप्रधानमन्त्रीलगायतका उच्च पदस्थहरूलाई सर्वोच्च अदालतको आदेशबाट कसरी जोगाउन सकिन्छ भन्ने बारेमा छलफल भएको स्र्रोतको दाबी छ । सोमबार राती अबेरसम्म बसेको सो छलफलमा महान्यायधिवक्ता दिनमणि पोखरेललगायत केही वरिष्ठ अधिवक्ताहरूसमेत सहभागी थिए । बैठकमा सहभागी शीर्ष नेताहरूले अनुसन्धानबाट पूर्वप्रधानमन्त्रीहरूलाई बचाउने उपायका बारेमा खोजी गर्न महान्यायधिवक्ता र आफू निकटका अधिवक्ताहरूलाई आग्रह गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले भने सोमबार बालुवाटारमा पुगेका विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग कुराकानी गर्दै गठबन्धन दलको बैठकमा वर्तमान समयमा देखिएका समस्याहरू कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सम्पादकहरूसँग भन्नुभयो– ‘सर्वोच्चको आदेशपछि के गर्ने भन्ने बारेमा गठबन्धन दलबीचमा छलफल भएको हो, हामीले आवश्यक निकास निकाल्न जरुरी छ । हामी ब्रेन स्ट्रोमिङ टाइपको मिटिङ गरिरहेका छौं , यसले रचनात्मक निष्कर्ष निकाल्छ भन्ने विश्वासमा छौं । ’ यद्यपि, उहाँहरूको छलफल आफ्ना नेताहरूलाई कसरी अनुसन्धानबाट जोगाउन सकिन्छ भन्नेमा नै केन्द्रित रहेको स्रोतको दाबी छ ।
प्रधानमन्त्रीको मन ‘तल’ रहेको त्यो बैठक
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग छलफल गर्ने भन्दै उहाँको सचिवालयले सोमबार साँझ ५ बजेका लागि सम्पादकहरूलाई बोलाएको थियो । विभिन्न सञ्चार माध्यमका झण्डै दुई दर्जन सम्पादकहरू साढे ४ तथा पौने ५ बजेसम्म बालुवाटार पुगिसकेका थिए । झण्डै एक घण्टा कुराएर ६ बजे शुरू भएको छलफल शुरू हुनासाथ प्रधानमन्त्री प्रचण्ड आफैंले एकाएक स्थगित भएको जानकारी गराउनुभएको थियो । उहाँले सम्पादक ‘साथीहरू आज आकस्मिक रूपमा गठबन्धन दलको बैठक राख्नुपर्ने भएकाले सम्पादकहरूसँगको छलफल स्थगित गर्नुपर्यो’ भन्दै क्षमायाचना गर्नुभएको थियो ।
सम्पादकहरूसँग माथिल्लो कोठामा छलफल गर्न पुग्नुभएका प्रधामनमन्त्री प्रचण्डले तल गठबन्धन दलको बैठक जारी रहेको बताउनुभयो । उहाँले सम्पादकज्यूहरू भन्नुभयो– ‘के गर्ने मेरो मन तलै छ, तपाईंहरूसँग आज छलफल गर्न सकिनँ । भोलि राखौं है।’ उहाँले सम्पादकहरूसँगको छलफल कार्यक्रम मंगलबारलाई सार्नुभयो ।
सम्पादकहरूले ‘मन तलै’ भएको बैठकको मुख्य विषयवस्तु के होला रु भनेर जिज्ञासा राखेपछि जवाफमा प्रधानमन्त्री प्रचण्डले ललितानिवास प्रकरणमा सर्वोच्चको आदेश आएपछि त्यस विषयलाई कसरी छानबिन गर्ने भन्ने बारेमा गठबन्धन दल र वरिष्ठ अधिवक्ताहरूसँग छलफल गरिएको बताउनुभयो । उहाँले अवरुद्ध संसद् खुलाउने बारेमा समेत छलफल जारी राखिएको जानकारी दिनुभयो । – नेपाल समाचार पत्रबाट
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












