लामखुट्टेबाट सर्ने रोगको संक्रमण मुलुकभरी
काठमाडौं । मुलुकभर मनसुनसँगै डेंगुलगायत चिकेनगुनियाजस्तो लामखुट्टेबाट सर्ने रोगको संक्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म डेंगु संक्रमण ७४ जिल्लामा फैलिसकेको छ । डेंगु संक्रमणबाट हालसम्म १३ हजार २ सय ९२ जना बिरामी भएका छन् । साथै डेंगुबाट १० जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ ।
अस्पतालमा उपचार गराउन जाने बिरामी उल्टो अस्पतालबाटै बिरामी भएर फर्कनुपर्ने उच्च जोखिम देखिएको छ । राजधानीका अधिकांश अस्पताल परिसरभित्र बिग्रिएको उपकरणमा जम्ने पानीबाट डेंगु संक्रमण फैलनसक्ने उच्च जोखिम देखिन्छ । मेडिकल उपकरणमा जम्ने पानी खुला छाडिँदा त्यस्तो ठाउँबाट डेंगु फैलाउने लामखुट्टेलाई सहज बनिरहेको छ । राजधानीको त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल परिसरभित्र पानी जम्ने ठाउँ खुला देखिन्छन्, जहाँ डेंगु फैलाउने लामखुट्टेलाई बस्न सहज भइरहेको छ ।
कतिपय अस्पतालमा बिग्रिएका उपकरण र थोत्रा टायरमा पानी जमेर बसेको भेटिन्छन् । जसले गर्दा डेंगु लागेर उपचार गराउन जाने बिरामी नै थप जोखिममा पर्ने सम्भावना देखिएको छ । स्वास्थ्य मन्त्रालयले डेंगु संक्रमण फैलन नदिन घर’चयगलम सरसफाइ गर्न र पानी जम्ने खाल्डो पुर्न भनेको छ । तर, सरकारी अस्पालत परिसरमा बिग्रिएका उपकरणमा जम्ने पानीले डेंगु संक्रमणलाई झनै भयावह बनाउने देखिन्छ ।
केही दिनदेखि मुलुकभर अबिरल वर्षासँगै डेंगु संक्रमण तीव्र गतिमा बढ्ने सम्भावना बढ्ने देखिएको छ । डेंगु फैलाउने लामखुट्टेले घर र कार्यालयवरिपरि जम्मा भएको सफा पानीबाट उत्पत्ति हुनेगर्छ । थोरै वा धेरै मात्रामा रहेको सङ्लो पानीमा त्यस्तो प्रजातिको लामखुट्टेले अण्डा पार्छ । संक्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टेले संक्रमण गराउँछन् । डेंगु एडिज एजिप्टी र एडिज एल्बोपिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्नेगर्छ । गर्मी क्षेत्र (ट्रोपिकल एरिया)मा बढी हुने यो रोग केही वर्षयता नेपालका पहाडी जिल्लामा मात्रै नभई हिमाली जिल्लामा पनि देखापरेको छ । हिमाली जिल्ला संखुवासभामा हालसम्म १ सय ५६ जनामा संक्रमण देखिसकेको छ ।
डेंगुको संक्रमण सबैभन्दा बढी कोशी प्रदेशअन्तर्गत सुनसरी जिल्लामा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा ७ हजार ८९ जना डेंगुबाट संक्रमित भएका छन् । साथै, मोरङमा १ हजार ५ सय ९१, धादिङमा १ हजार २ सय दुई, झापामा ८ सय ९६, कास्कीमा २ सय ४७, धनकुटामा २ सय ३६, काठमाडौंमा १ सय ९६, दार्चुलामा १ सय ९४, संखुवासभामा १ सय ५६ तथा चितवनमा ९० जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा। रुद्रप्रसाद मरासिनीका अनुसार पछिल्लो समय डेंगु संक्रमण बढिरहेको छ । सरसफाइ र सतर्कता नअपनाए जोखिम उच्च दरमा बढ्ने भएकाले आमनागरिकलाई सचेत हुन मरासिनीले आग्रह गरेका छन् । महाशाखाका अनुसार बाग्मती प्रदेशमा १ हजार ७ सय ९३, गण्डकीमा ५ सय १०, सुदूरपश्चिममा ४ सय १७, लुम्बिनीमा २ सय ६३, मधेसमा ९२ र कर्णाली प्रदेशमा ३६ जनामा डेंगुको संक्रमण देखिएको महाखाले जनाएको छ ।
जलवायु परिवर्तनसँगै लामखुट्टे हिमाल उक्लँदै, डेंगु फैलँदै
गर्मी मौसममा देखिने लामखुट्टे पछिल्लो समय पहाड हुँदै हिमाली क्षेत्रमा पनि फैलँदो क्रममा रहेको एक अध्ययनले देखाएको छ । पहिला जता धेरै गर्मी, उता धेरै लामखुट्टे भन्ने भाष्य अहिले विस्तारै परिवर्तन भइरहेको छ । हाल लामखुट्टेको बसोबास तराईमा मात्रै नभएर पहाड र हिमालसम्म पुगिसकेको छ । यस वर्ष मात्रै हिमाली जिल्ला संखुवासभामा १ सय ५० भन्दा बढी डेंगुबाट संक्रमित भइसकेका छन् ।
जलवायु परिवर्तनसँगै गर्मी माथि सर्दैजाँदा लामखुट्टेले पनि आफ्नो थातथलो फैलाउँदै लगेको छ । विज्ञ भन्छन्, ‘यो जलवायु परिवर्तनका कारण देखिएको समस्या हो ।’ एक अनुसन्धानले नै देखाएको छ– संसारका विभिन्न क्षेत्रमा प्रत्येक वर्ष २१ फिटमाथि डेंगु गराउने लामखुट्टे सर्दै छ ।
एक अध्ययनले न्यूनतम तापक्रम १ डिग्री मात्रै बढ्दा पनि २७ प्रतिशत मलेरिया बढ्ने जनाएको छ । यसै कारण नेपालमा मात्र नभएर विश्वभरि नै लामखुट्टेजन्य रोग महामारी बन्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । पछिल्लो अध्ययनले लामखुट्टे उच्च भेगमा फैलनेक्रम अझै बढ्ने देखाएको छ । जसका कारण मलेरिया र डेंगुको जोखिम भविष्यमा अझै विकराल हुने अध्ययनको निष्कर्ष छ ।
जलवायु परिवर्तनका कारण उच्च स्थानमा फैलिएका लामखुट्टेका कारण मलेरियाको उच्च जोखिम देखिएको जर्ज टाउन युनिभर्सिटी मेडिकल सेन्टरको अध्ययनले निष्कर्ष निकालेको छ । सो विश्वविद्यालयका वैज्ञानिकहरूले उच्च स्थानतिर मलेरिया सार्ने मुख्य भूमिका लामखुट्टेको भएको जनाएका छन् । सो अध्ययनअनुसार अफ्रिकातिर औसतमा प्रत्येक वर्ष ६ दशमलव ५ मिटर ९२१० फिटमाथि लामखुट्टे सर्दैगएको छ । त्यसैगरी, भूमध्य रेखाको दक्षिणी भागतिर प्रतिवर्ष ४ दशमलव ७ किलोमिटर सर्दैगएको छ ।
सो अध्ययनका असिसटेन्ट रिसर्च प्रोफेसर कोलिन कार्लसनले भनेका छन्– ‘जलवायु परिवर्तनका कारण लामखुट्टेजस्ता प्रजातिहरू चिसो ठाउँमा सरिरहेका छन्, यस्ता परिवर्तन पृथ्वीका सबैतिर भएको हुनसक्ने अनुमान छ ।’ विश्वव्यापी तापक्रम कम्तीमा १ दशमलव २ डिग्री सेल्सियस छ । यो प्री–इन्डस्ट्रियल समयभन्दा बढी तातो हो । तापक्रम वृद्धि हुँदैजाँदा लामखुट्टेजस्ता प्रजातिहरू प्रत्येक वर्ष १ दशमलव १ मिटरका दरले उच्च क्षेत्रमा सरिरहेका वैज्ञानिकहरूले बताएका छन् । सो गति निकै तीव्र हो । मलेरिया गराउने ९एनोफिलिज० जातका लामखुट्टेहरू कम्तीमा २१ फिटमाथि प्रत्येक वर्ष सर्दैगएको जर्ज टाउन विश्वविद्यालयको रिपोर्टमा उल्लेख छ ।
नेपालमा पहिलोपटक डेंगुमा संक्रमण सन् २००४ मा चितवनमा फेलापरेको थियो । त्यसपछि बर्सेनि नेपालमा डेंगुका समस्या देखिँदै आएको छ । सन् २००६ मा तराईका नौ जिल्लामा फैलिइसकेको थियो । सन् २००६ मा ३२ जनामा संक्रमण देखिएको थियो भने सन् २००७ मा २७ जना, सन् २००८ मा १० जनामा संक्रमण देखिएको थियो । सन् २००९ मा डेगु सार्ने लामखुट्टेको पहिचान काठमाडौंमा भएको थियो । जसको एक वर्षपछि राजधानीमा एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसपछि सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो भने सन् २०२० मा ५ सय ३०, सन् २०२१ मा ५ सय ४० जनामा संक्रमण देखिएको थियो । त्यस्तै, सन् २०२२ मा ५४ हजार ७ सय ८४ जनामा डेंगुको संक्रमण देखिएको थियो ।
डेंगु फैलाउने लामखुट्टेमा ‘ट्रान्स ओभरियन ट्रान्समिसन’ पनि हुन्छ । यो भनेको डेंगु भाइरस बोकेको लामखुट्टेले अण्डा पार्दा ती अण्डामा पनि भाइरस ट्रान्सफर हुन्छ । वयस्क अवस्थामा पुग्दा लामखुट्टेमा डेंगु भाइरसको संक्रमण भइसकेको हुन्छ । एक अनुसन्धानका अनुसार डेंगु सार्ने भेक्टर २० देखि ३० डिग्री तापक्रममा सक्रिय हुनेगरेको छ । तापक्रम बढेसँगै यी लामखुट्टेले मानिसलाई टोक्ने दर बढ्नेगर्छ । सबैभन्दा बढी २५ देखि २६ डिग्री तापक्रम हुँदा सक्रिय हुनेगरेको पाइएको छ । यो लामखुट्टेले साँझ र बिहान टोक्ने गर्छ ।
नेपालको सन्दर्भमा फरकफरक वर्षमा डेंगुको प्रकोप देखिनेगरेको छ । जुलाई/अगस्टमा यसको संक्रमण देखिने र सेप्टेम्बर/अक्टोबरमा प्रकोप उच्च बिन्दुमा पुगेपछि विस्तारै घट्ने जानेगरेको त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभागकी सहप्राध्यापक रेश्मा तुलाधारसहित सात जना अनुसन्धानकर्ताले देखाएका छन् ।
स्वास्थ्य मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैं झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












