लामखुट्टेबाट सर्ने रोगको संक्रमण मुलुकभरी
काठमाडौं । मुलुकभर मनसुनसँगै डेंगुलगायत चिकेनगुनियाजस्तो लामखुट्टेबाट सर्ने रोगको संक्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म डेंगु संक्रमण ७४ जिल्लामा फैलिसकेको छ । डेंगु संक्रमणबाट हालसम्म १३ हजार २ सय ९२ जना बिरामी भएका छन् । साथै डेंगुबाट १० जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ ।
अस्पतालमा उपचार गराउन जाने बिरामी उल्टो अस्पतालबाटै बिरामी भएर फर्कनुपर्ने उच्च जोखिम देखिएको छ । राजधानीका अधिकांश अस्पताल परिसरभित्र बिग्रिएको उपकरणमा जम्ने पानीबाट डेंगु संक्रमण फैलनसक्ने उच्च जोखिम देखिन्छ । मेडिकल उपकरणमा जम्ने पानी खुला छाडिँदा त्यस्तो ठाउँबाट डेंगु फैलाउने लामखुट्टेलाई सहज बनिरहेको छ । राजधानीको त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल परिसरभित्र पानी जम्ने ठाउँ खुला देखिन्छन्, जहाँ डेंगु फैलाउने लामखुट्टेलाई बस्न सहज भइरहेको छ ।
कतिपय अस्पतालमा बिग्रिएका उपकरण र थोत्रा टायरमा पानी जमेर बसेको भेटिन्छन् । जसले गर्दा डेंगु लागेर उपचार गराउन जाने बिरामी नै थप जोखिममा पर्ने सम्भावना देखिएको छ । स्वास्थ्य मन्त्रालयले डेंगु संक्रमण फैलन नदिन घर’चयगलम सरसफाइ गर्न र पानी जम्ने खाल्डो पुर्न भनेको छ । तर, सरकारी अस्पालत परिसरमा बिग्रिएका उपकरणमा जम्ने पानीले डेंगु संक्रमणलाई झनै भयावह बनाउने देखिन्छ ।
केही दिनदेखि मुलुकभर अबिरल वर्षासँगै डेंगु संक्रमण तीव्र गतिमा बढ्ने सम्भावना बढ्ने देखिएको छ । डेंगु फैलाउने लामखुट्टेले घर र कार्यालयवरिपरि जम्मा भएको सफा पानीबाट उत्पत्ति हुनेगर्छ । थोरै वा धेरै मात्रामा रहेको सङ्लो पानीमा त्यस्तो प्रजातिको लामखुट्टेले अण्डा पार्छ । संक्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टेले संक्रमण गराउँछन् । डेंगु एडिज एजिप्टी र एडिज एल्बोपिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्नेगर्छ । गर्मी क्षेत्र (ट्रोपिकल एरिया)मा बढी हुने यो रोग केही वर्षयता नेपालका पहाडी जिल्लामा मात्रै नभई हिमाली जिल्लामा पनि देखापरेको छ । हिमाली जिल्ला संखुवासभामा हालसम्म १ सय ५६ जनामा संक्रमण देखिसकेको छ ।
डेंगुको संक्रमण सबैभन्दा बढी कोशी प्रदेशअन्तर्गत सुनसरी जिल्लामा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा ७ हजार ८९ जना डेंगुबाट संक्रमित भएका छन् । साथै, मोरङमा १ हजार ५ सय ९१, धादिङमा १ हजार २ सय दुई, झापामा ८ सय ९६, कास्कीमा २ सय ४७, धनकुटामा २ सय ३६, काठमाडौंमा १ सय ९६, दार्चुलामा १ सय ९४, संखुवासभामा १ सय ५६ तथा चितवनमा ९० जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा। रुद्रप्रसाद मरासिनीका अनुसार पछिल्लो समय डेंगु संक्रमण बढिरहेको छ । सरसफाइ र सतर्कता नअपनाए जोखिम उच्च दरमा बढ्ने भएकाले आमनागरिकलाई सचेत हुन मरासिनीले आग्रह गरेका छन् । महाशाखाका अनुसार बाग्मती प्रदेशमा १ हजार ७ सय ९३, गण्डकीमा ५ सय १०, सुदूरपश्चिममा ४ सय १७, लुम्बिनीमा २ सय ६३, मधेसमा ९२ र कर्णाली प्रदेशमा ३६ जनामा डेंगुको संक्रमण देखिएको महाखाले जनाएको छ ।
जलवायु परिवर्तनसँगै लामखुट्टे हिमाल उक्लँदै, डेंगु फैलँदै
गर्मी मौसममा देखिने लामखुट्टे पछिल्लो समय पहाड हुँदै हिमाली क्षेत्रमा पनि फैलँदो क्रममा रहेको एक अध्ययनले देखाएको छ । पहिला जता धेरै गर्मी, उता धेरै लामखुट्टे भन्ने भाष्य अहिले विस्तारै परिवर्तन भइरहेको छ । हाल लामखुट्टेको बसोबास तराईमा मात्रै नभएर पहाड र हिमालसम्म पुगिसकेको छ । यस वर्ष मात्रै हिमाली जिल्ला संखुवासभामा १ सय ५० भन्दा बढी डेंगुबाट संक्रमित भइसकेका छन् ।
जलवायु परिवर्तनसँगै गर्मी माथि सर्दैजाँदा लामखुट्टेले पनि आफ्नो थातथलो फैलाउँदै लगेको छ । विज्ञ भन्छन्, ‘यो जलवायु परिवर्तनका कारण देखिएको समस्या हो ।’ एक अनुसन्धानले नै देखाएको छ– संसारका विभिन्न क्षेत्रमा प्रत्येक वर्ष २१ फिटमाथि डेंगु गराउने लामखुट्टे सर्दै छ ।
एक अध्ययनले न्यूनतम तापक्रम १ डिग्री मात्रै बढ्दा पनि २७ प्रतिशत मलेरिया बढ्ने जनाएको छ । यसै कारण नेपालमा मात्र नभएर विश्वभरि नै लामखुट्टेजन्य रोग महामारी बन्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । पछिल्लो अध्ययनले लामखुट्टे उच्च भेगमा फैलनेक्रम अझै बढ्ने देखाएको छ । जसका कारण मलेरिया र डेंगुको जोखिम भविष्यमा अझै विकराल हुने अध्ययनको निष्कर्ष छ ।
जलवायु परिवर्तनका कारण उच्च स्थानमा फैलिएका लामखुट्टेका कारण मलेरियाको उच्च जोखिम देखिएको जर्ज टाउन युनिभर्सिटी मेडिकल सेन्टरको अध्ययनले निष्कर्ष निकालेको छ । सो विश्वविद्यालयका वैज्ञानिकहरूले उच्च स्थानतिर मलेरिया सार्ने मुख्य भूमिका लामखुट्टेको भएको जनाएका छन् । सो अध्ययनअनुसार अफ्रिकातिर औसतमा प्रत्येक वर्ष ६ दशमलव ५ मिटर ९२१० फिटमाथि लामखुट्टे सर्दैगएको छ । त्यसैगरी, भूमध्य रेखाको दक्षिणी भागतिर प्रतिवर्ष ४ दशमलव ७ किलोमिटर सर्दैगएको छ ।
सो अध्ययनका असिसटेन्ट रिसर्च प्रोफेसर कोलिन कार्लसनले भनेका छन्– ‘जलवायु परिवर्तनका कारण लामखुट्टेजस्ता प्रजातिहरू चिसो ठाउँमा सरिरहेका छन्, यस्ता परिवर्तन पृथ्वीका सबैतिर भएको हुनसक्ने अनुमान छ ।’ विश्वव्यापी तापक्रम कम्तीमा १ दशमलव २ डिग्री सेल्सियस छ । यो प्री–इन्डस्ट्रियल समयभन्दा बढी तातो हो । तापक्रम वृद्धि हुँदैजाँदा लामखुट्टेजस्ता प्रजातिहरू प्रत्येक वर्ष १ दशमलव १ मिटरका दरले उच्च क्षेत्रमा सरिरहेका वैज्ञानिकहरूले बताएका छन् । सो गति निकै तीव्र हो । मलेरिया गराउने ९एनोफिलिज० जातका लामखुट्टेहरू कम्तीमा २१ फिटमाथि प्रत्येक वर्ष सर्दैगएको जर्ज टाउन विश्वविद्यालयको रिपोर्टमा उल्लेख छ ।
नेपालमा पहिलोपटक डेंगुमा संक्रमण सन् २००४ मा चितवनमा फेलापरेको थियो । त्यसपछि बर्सेनि नेपालमा डेंगुका समस्या देखिँदै आएको छ । सन् २००६ मा तराईका नौ जिल्लामा फैलिइसकेको थियो । सन् २००६ मा ३२ जनामा संक्रमण देखिएको थियो भने सन् २००७ मा २७ जना, सन् २००८ मा १० जनामा संक्रमण देखिएको थियो । सन् २००९ मा डेगु सार्ने लामखुट्टेको पहिचान काठमाडौंमा भएको थियो । जसको एक वर्षपछि राजधानीमा एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसपछि सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो भने सन् २०२० मा ५ सय ३०, सन् २०२१ मा ५ सय ४० जनामा संक्रमण देखिएको थियो । त्यस्तै, सन् २०२२ मा ५४ हजार ७ सय ८४ जनामा डेंगुको संक्रमण देखिएको थियो ।
डेंगु फैलाउने लामखुट्टेमा ‘ट्रान्स ओभरियन ट्रान्समिसन’ पनि हुन्छ । यो भनेको डेंगु भाइरस बोकेको लामखुट्टेले अण्डा पार्दा ती अण्डामा पनि भाइरस ट्रान्सफर हुन्छ । वयस्क अवस्थामा पुग्दा लामखुट्टेमा डेंगु भाइरसको संक्रमण भइसकेको हुन्छ । एक अनुसन्धानका अनुसार डेंगु सार्ने भेक्टर २० देखि ३० डिग्री तापक्रममा सक्रिय हुनेगरेको छ । तापक्रम बढेसँगै यी लामखुट्टेले मानिसलाई टोक्ने दर बढ्नेगर्छ । सबैभन्दा बढी २५ देखि २६ डिग्री तापक्रम हुँदा सक्रिय हुनेगरेको पाइएको छ । यो लामखुट्टेले साँझ र बिहान टोक्ने गर्छ ।
नेपालको सन्दर्भमा फरकफरक वर्षमा डेंगुको प्रकोप देखिनेगरेको छ । जुलाई/अगस्टमा यसको संक्रमण देखिने र सेप्टेम्बर/अक्टोबरमा प्रकोप उच्च बिन्दुमा पुगेपछि विस्तारै घट्ने जानेगरेको त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभागकी सहप्राध्यापक रेश्मा तुलाधारसहित सात जना अनुसन्धानकर्ताले देखाएका छन् ।
स्वास्थ्य मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैं झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...











