चितवनमा एकै ठाउँमा सात सवारि दुर्घटना हुँदा २० घाइते, सात जनाको अवस्था गम्भिर
३१ साउन। चितवनमा सात सवारि एकै ठाँउ ठोक्किदा २० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–९ टिकौलीको जंगलमा शव बोकेको जिपसहित सात वटा सवारी साधन एकै ठाउँमा आपसमा आज बिहान ११ः४० मा ठोक्किएका थिए । उक्त घटनामा २० जना घाइते भएका छन् जसमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
प्रहरी चौकी गोन्द्राङबाट करिब ५०० मिटर दुरीमा रहेको घटना स्थलमा ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले विपरीत दिशामा रहेको शव बोकेको ना २ च ८४४६ नम्बरको बोलेरो जिपलाई ठक्कर दिएपछि अनियन्त्रित हुँदा थप पाँच वटा मोटरसाइकल पनि ठोक्किएका थिए ।
उक्त घटनामा प्रहरीले बस चालक नवलपुरको गैंडाकोट नगरपालिका–९ बस्ने २६ वर्षीय आशिष परियालाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा गम्भीर घाइते हुनेहरुमा चितवनको खैरहनी नगरपालिका ४ का अन्दाजी ६० वर्षीय कृष्ण बहादुर तामाङ, खैरहनी–१ का ८२ वर्षीय जितबहादुर तामाङ, रत्ननगर नगरपालिका–१४ का कुसुमबहादुर राना, रत्ननगर–९ का किशोर तामाङ, रत्ननगर–१४ का डोलबहादुर कार्की र ३८ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।
सोही दुर्घटनामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ का महोन तामाङको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसैगरी १२ जना घाइतेको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मध्यम घाइते हुनेहरुमा चितवनको रत्ननगर नगरपालिका–१४ का ४१ वर्षीय पुर लामा, सोही ठाउँका ५५ वर्षीय बुद्धिराम तामाङ, रत्ननगर–१६ का ४४ वर्षीय रेशम पोख्रेल, सोही ठाउँका ४७ वर्षीय दिलबहादुर घिसिङ र काठमाडौंको गोकर्ण–४ की ४८ वर्षीया तारा श्रेष्ठ रहेका छन् ।
यसैगरी नवलपुरको गैंडाकोट नगरपालिका–८ का ५१ वर्षीय लोकराज लामा, ३६ वर्षीय दिवेश शाक्य रत्ननगर–१४ का ५० वर्षीय आइतराम कामी, रत्ननगर–३ का ४४ वर्षीय गोपाल तामाङ, रत्ननगर–१४ का २६ वर्षीय पुष्प तामाङ, सोही ठाउँका ३८ वर्षीय कृष्ण लामा र रत्ननगर–३ का ४५ वर्षीय जीवन लामाको अवस्था पनि मध्यम छ ।
चितवनकै रत्ननगर नगरपालिका–१४ का ३३ वर्षीय शंकर परियारको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












