चितवनमा एकै ठाउँमा सात सवारि दुर्घटना हुँदा २० घाइते, सात जनाको अवस्था गम्भिर
३१ साउन। चितवनमा सात सवारि एकै ठाँउ ठोक्किदा २० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–९ टिकौलीको जंगलमा शव बोकेको जिपसहित सात वटा सवारी साधन एकै ठाउँमा आपसमा आज बिहान ११ः४० मा ठोक्किएका थिए । उक्त घटनामा २० जना घाइते भएका छन् जसमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
प्रहरी चौकी गोन्द्राङबाट करिब ५०० मिटर दुरीमा रहेको घटना स्थलमा ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले विपरीत दिशामा रहेको शव बोकेको ना २ च ८४४६ नम्बरको बोलेरो जिपलाई ठक्कर दिएपछि अनियन्त्रित हुँदा थप पाँच वटा मोटरसाइकल पनि ठोक्किएका थिए ।
उक्त घटनामा प्रहरीले बस चालक नवलपुरको गैंडाकोट नगरपालिका–९ बस्ने २६ वर्षीय आशिष परियालाई नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा गम्भीर घाइते हुनेहरुमा चितवनको खैरहनी नगरपालिका ४ का अन्दाजी ६० वर्षीय कृष्ण बहादुर तामाङ, खैरहनी–१ का ८२ वर्षीय जितबहादुर तामाङ, रत्ननगर नगरपालिका–१४ का कुसुमबहादुर राना, रत्ननगर–९ का किशोर तामाङ, रत्ननगर–१४ का डोलबहादुर कार्की र ३८ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।
सोही दुर्घटनामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ का महोन तामाङको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसैगरी १२ जना घाइतेको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मध्यम घाइते हुनेहरुमा चितवनको रत्ननगर नगरपालिका–१४ का ४१ वर्षीय पुर लामा, सोही ठाउँका ५५ वर्षीय बुद्धिराम तामाङ, रत्ननगर–१६ का ४४ वर्षीय रेशम पोख्रेल, सोही ठाउँका ४७ वर्षीय दिलबहादुर घिसिङ र काठमाडौंको गोकर्ण–४ की ४८ वर्षीया तारा श्रेष्ठ रहेका छन् ।
यसैगरी नवलपुरको गैंडाकोट नगरपालिका–८ का ५१ वर्षीय लोकराज लामा, ३६ वर्षीय दिवेश शाक्य रत्ननगर–१४ का ५० वर्षीय आइतराम कामी, रत्ननगर–३ का ४४ वर्षीय गोपाल तामाङ, रत्ननगर–१४ का २६ वर्षीय पुष्प तामाङ, सोही ठाउँका ३८ वर्षीय कृष्ण लामा र रत्ननगर–३ का ४५ वर्षीय जीवन लामाको अवस्था पनि मध्यम छ ।
चितवनकै रत्ननगर नगरपालिका–१४ का ३३ वर्षीय शंकर परियारको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












