नेको इन्स्योरेन्सको आकर्षण बढ्दो, गत वर्षभन्दा नाफा वृद्धि, तीन अर्बको व्यापार
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको नाफा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत वर्ष २०७९र८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्ष कम्पनीले ५५ करोड ३१ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा १.५२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५४ करोड ४८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने सामान्य अर्थात ४ प्रतिशतले घटेर १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन भने २।४० प्रतिशतले वृद्धि भई २ अर्ब ९२ करोड २४ रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले २ लाख ९७ जहार १५४ वटा बीमालेख जारी गरेको छ भने नविकरण गरिएको बीमालेखको संख्या ८१ हजार ६३३ वटा छ ।
समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट ३६ करोड ६८ लाख, लगानी, कर्जा तथा अन्यबाट १८ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अभिकर्ता कमिशनका लागि ६ करोड ३७ लाख र पुनर्बीमा कमिशनका लागि ८ लाख र सेवा शुल्क वापत १ करोड ३९ लाख रुपैयाँ खर्र्चिएको छ । कम्पनीले कर्मचारी बोनसका लागि भने ९ करोड ८ लाख रुपैयाँ व्यवस्था गरेको छ ।
गत वर्ष कम्पनीले कुल १ अर्ब ६५ करोड७४ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । समिक्षा अवधिमा कम्पनीले १० जहार ९९४ वटा दावी भुक्तानी गरेको हो । तर, कम्पनीले भुक्तानी गर्न बाँकी दावी रकम भने १ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ देखिएको छ । सो अवधिमा कम्पनीले १० हजार ६१ वटा दावी भुक्तानी गरेको छैन ।
कम्पनीको चुक्तापुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा ४९ करोड १३ लाख रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोषमा भने १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ छ । जुन अघिल्लो आवको तुलनामा २०।३५ प्रतिशतले बढेको हो । कम्पनीको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ७९ पैसा रहेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












