नेको इन्स्योरेन्सको आकर्षण बढ्दो, गत वर्षभन्दा नाफा वृद्धि, तीन अर्बको व्यापार
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको नाफा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत वर्ष २०७९र८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्ष कम्पनीले ५५ करोड ३१ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा १.५२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५४ करोड ४८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने सामान्य अर्थात ४ प्रतिशतले घटेर १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन भने २।४० प्रतिशतले वृद्धि भई २ अर्ब ९२ करोड २४ रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले २ लाख ९७ जहार १५४ वटा बीमालेख जारी गरेको छ भने नविकरण गरिएको बीमालेखको संख्या ८१ हजार ६३३ वटा छ ।
समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट ३६ करोड ६८ लाख, लगानी, कर्जा तथा अन्यबाट १८ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अभिकर्ता कमिशनका लागि ६ करोड ३७ लाख र पुनर्बीमा कमिशनका लागि ८ लाख र सेवा शुल्क वापत १ करोड ३९ लाख रुपैयाँ खर्र्चिएको छ । कम्पनीले कर्मचारी बोनसका लागि भने ९ करोड ८ लाख रुपैयाँ व्यवस्था गरेको छ ।
गत वर्ष कम्पनीले कुल १ अर्ब ६५ करोड७४ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । समिक्षा अवधिमा कम्पनीले १० जहार ९९४ वटा दावी भुक्तानी गरेको हो । तर, कम्पनीले भुक्तानी गर्न बाँकी दावी रकम भने १ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ देखिएको छ । सो अवधिमा कम्पनीले १० हजार ६१ वटा दावी भुक्तानी गरेको छैन ।
कम्पनीको चुक्तापुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा ४९ करोड १३ लाख रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोषमा भने १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ छ । जुन अघिल्लो आवको तुलनामा २०।३५ प्रतिशतले बढेको हो । कम्पनीको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ७९ पैसा रहेको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












