ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काठमाडौं । सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको घटनामा आज दिउँसोदेखि रौतहटको पूर्वपश्चिम राजमार्ग बागमती–चपुर सडकखण्ड अवरुद्ध भएको छ ।
चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती क्षेत्रमा ट्रकको ठक्करबाट स्थानीय करिव ५५ वर्षीया बिमलाकुमारी बिमलीको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले उक्त ट्रकमा आगजनी गर्नाका साथै राजमार्ग पनि अवरुद्ध गरेका हुन् ।
पश्चिम दिशाबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १५०० नं को मालबाहक ट्रकले ठक्कर दिँदा उहाँ सख्त घाइते हुनुभएपछि चालकले जानीजानी गाडी ब्याक गरेर मारेको आरोप लगाउँदै उनीहरूले ट्रकमा आगजनी गरेको बताइएको छ
उक्त ट्रकका चालक फरार भएका र सहचालकलाई भने नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जनाएको छ । आगजनी भएको ट्रकको आगो निभाउन गएको नगरपालिकाको दमकललाई आक्रोशित स्थानीयवासीले तोडफोड गरी क्षति पुयाएको बताइएको छ ।
दमकलमा ढङ्गा प्रहार गर्दा ना १ झ ६८८ नं को उक्त दमकलको अगाडिको शिशा पूर्णरूपले फुटेको र चालक कुमार बस्नेत सामान्य घाइते हुनुभएको छ । चालक बस्नेतले आफ्नो आँखामा शिशाको टुक्राले चोट पु¥याएको बताउनुभयो ।
Comments
अरु समाचार
-
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
काठमाडौं । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र...
-
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
काठमाठौं । तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिव...
-
रविसहितका पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु
गण्डकी: सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु...
-
अमेरिकी डलरको मूल्य आज स्थिर, अन्य मुद्राको बढ्यो
काठमाडौँ : नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर...
-
‘लागूऔषध दुर्व्यसन’ विरुद्द सचेतनाका लागि वक्तृत्वकला प्रतियोगिता सम्पन्न
गाईघाट । जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्यमा "लागू औषध मुक्त समाज निर्माणमा विद्यार्थीको भूमिका" विषयक नगर...
-
झापा कप उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटीको भिडन्त
झापा, ८ पुसः झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबबीच स्थानीय डोमालाल रङ्गशालामा...
-
बार र कानुन सक्षम बनाइए न्यायालयलाई खबरदारी हुनेछः सर्वोच्च न्यायाधीश फुयाँल
विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले बार र कानुन सक्षम हुनु पर्नेमा जोड दिनु भएको छ । '६९ औं...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक...