अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण
काठमाडाैँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मसमर्पण गरेका छन्।
शुक्रबार जर्जियाको फुल्टन काउन्टी जेल पुगेर ट्रम्पले आत्मसपर्पण गरेको सिएनएनले जनाएको छ। सन् २०२० को राष्ट्रपति निर्वाचन हार्ने निश्चित भएपछि आपराधिक कृयाकलाप गरी परिणाम उल्ट्याउन कोशिस गरेको आरोप लागेपछि उनले आत्मसमर्पण गरेका हुन्।
जेल चलान भएको २० मिनेटमा उनी जमानत तिरेर रिहा भएका हुन्। सिएनएनका अनुसार औंठा छाप लिने लगायतका प्रक्रिया पूरा गरी उनी २ लाख अमेरिकी डलर जमानत तिरेर रिहा भइसकेका छन्।
ट्रम्पको मगशट (जेलमा राखिने आधिकारिक तस्बिर) पनि सार्वजनिक भएको छ। सिएनएनका अनुसार अमेरिकी इतिहासमा पूर्वराष्ट्रपतिको मगशट सार्वजनिक भएको यो पहिलो घटना हो। ट्रम्पले आत्मसमर्पण गरेको यो चौथो पटक हो।
ट्रम्पविरूद्ध यसअघि पूर्वपोर्न स्टारसँगको सम्बन्धलाई लुकाउन उनलाई पैसा दिएको, राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य दस्तावेज आफूसँग राखेकोलगायत विषयमा पनि अनुसन्धान भइरहेको छ। निर्वाचन परिणाम उल्ट्याउन प्रयास गरेको विषयमा मंगलबार डिस्ट्रिक्ट कोर्ट इन वासिङ्टनमा ट्रम्पविरूद्ध मुख्य ४ अभियोग लगाएर अभियोग पत्र दर्ता गरेका थिए।
४५ पृष्ठ लामो अभियोग पत्रमा ट्रम्पले अमेरिकालाई जालसाजी गर्न षडयन्त्र गरेको, राजकीय प्रक्रिया रोक्न षडयन्त्र गरेको, राजकीय प्रक्रिया रोकेको र रोक्न खोजेको र अमेरिकी नागरिकको अधिकारविरूद्ध षडयन्त्र गरेको उल्लेख गरिएको छ।
अभियोग पत्रमा सन् २०२० को चुनाव आफूले जितेको भन्दै ट्रम्पले अफवाह फैलाएको र जसरी पनि सत्तामा बस्न उनले समर्थकहरूलाई हिंसामा उत्रिन उकासेको दाबी गरिएको छ।
ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट फेरि राष्ट्रपति उम्मेदवार बन्ने दौडमा छन्। अमेरिकाका कुनै पूर्वराष्ट्रपतिलाई चुनावी नतिजा उल्ट्याउन प्रयास गरेको भन्दै आपराधिक अभियोग लगाएर अदालतमा मुद्दा परेको यो पहिलो पटक हो।
२०१६ मा अमेरिकाको राष्ट्रपति निर्वाचित भएका ट्रम्प सन् २०२० मा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग पराजित भएका थिए। तर उनले पराजय सहजै स्वीकारेनन्। चुनावमा धाँधली भएको र आफूलाई हराइएको उनले आरोप लगाइरहे।
सन् २०२१ को जनवरी ६ मा अमेरिकाको संसद भवन क्यापिटल हिलमा चुनावी नतिजाको औपचारिक घोषणा हुने दिन ट्रम्पका समर्थकहरूले हिंसा भड्काएका थिए। बाइडेनलाई निर्वाचित भएको प्रमाणपत्र दिन नदिन उनीहरू हुलहुज्जत गर्दै संसद भवनभित्र पसेका थिए। उक्त घटनामा ५ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए।
उक्त आरोपमा जेलमुक्त भएपछि उनी न्यू जर्सी पुगिसकेका छन्। त्यहाँ पुगेर उनले आफू निर्दोष रहेको बताएका सिएनएनले उल्लेख गरेको छ। एक वर्षपछि गरेको ट्वीटमा पनि ट्रम्पले आफ्नो मगशट राखेका छन्।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












