कोशी प्रदेशमा बजेट शून्यताः सरकारका सबै खर्च रोकियो
काठमाडौं ।कोशी प्रदेशमा बजेट शून्यताका कारण सरकारको खर्च रोकिएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३२ जेठमा सार्वजनिक गरेको र १४ असारमा प्रदेशसभामा टेबुल गरेको बजेट अध्यादेश आइतबारदेखि निष्क्रिय भएपछि बजेट शून्यताको स्थिति आएको हो ।
कुनै अध्यादेश प्रदेशसभामा टेबुल भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक नल्याएमा निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार आइतबार रातिदेखि बजेट शून्यताको स्थिति आएको हो ।
बजेटसम्बन्धी अध्यादेश निष्क्रिय भएका कारण सरकारलाई राजस्व संकलन गर्न र अत्यावश्यक कामका लागि खर्च गर्न समस्या भएको कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता केशव अर्यालले बताएका छन् ।अहिले कुनै ऐन र नियमावलीले पहिले नै व्यवस्था गरेको अवस्थामा बाहेक अन्य शीर्षकमा राजस्व संकलन गर्न मिल्दैन ।
सवारी साधन, लाइसेन्स नवीकरणलगायत छुट्टै ऐन र नियमावलीले व्यवस्था गरेको बाहेक अन्य विषयमा राजस्व संकलन गर्न पनि नसकिने आर्थिक मामिला मन्त्रालयका एक अधिकृतको भनाइ छ ।
बजेट शून्यताका कारण प्रदेश सरकारले सञ्चालन गरेका विकास निर्माणका आयोजनाको भुक्तानी र कर्मचारीको तलबभत्ता वितरणमा समस्या पर्नेछ । ‘अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेशबाट चालु खर्च भइरहेको थियो, पुँजीगत खर्चका लागि अख्तियारी गएकै थिएन्’, ‘आजबाट सामान्य चालु खर्च पनि रोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अधिकारीले बताएका छन् ।
विगत लामो समय देखी नै कोशी प्रदेशमा राजनितिक अस्थिरताले सरकार टिक्न सकेको छैन् । यदि राजनितिक दलले सत्ता केन्द्रित कुरालाई भन्दा पनि वास्तविक समस्यालाई बुझेर निकास दिन नसक्ने हो भने यसले अर्थतन्त्रमा ठूलो नकारात्मक प्रभाव पार्ने निश्चित जस्तै छ ।
का
शी प्रदेशमा अझै पनि राजनितिक रुपमा निकास पाउन सकेको छैन्। सरकार बनाउन संख्यात्मक हिसाबले कठिन अवस्थामा रहेको प्रष्ट हुँदा हुँदै दलहरुले समझदारी नगर्नु दुर्भाग्यपूर्ण कुरा हो ।
कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पार्ने काम नगर्नू भन्ने सर्वोच्च अदालतको आदेशका कारण अहिले कुनै काम गर्न सक्ने अवस्थामा छैन्। बजेट ल्याउन मिल्ने कि नमिल्ने भन्ने विषयमा सर्वोच्चलाई नै सोध्ने तयारी प्रदेश सरकारको रहेको छ ।
१६ साउनमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले ४ भदौमा कोशी प्रदेशसभामा विश्वासको मत लिंदा सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीको समेत मत जोडेर विश्वासको मत पाएका थिए ।
९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनसँग ४७ मत छ, जुन टुप्लुक्क बहुमत हो । सभाध्यक्षले पनि मतदान गरेको भन्दै नेकपा एमाले गत बुधबार सर्वोच्च अदालत गएको थियो ।
सर्वोच्च अदालतले गत बिहीबार दीर्घकालीन असर गर्ने र नीतिगत निर्णय नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
मुख्यमन्त्री थापाले अध्यादेशबाट बजेट ल्याउनका लागि बुधबार तेस्रो तथा हिउँदे अधिवेशन अन्त्य गरेका थिए । तर अदालतको आदेशपछि उनले अध्यादेश ल्याउन पाएनन् । ‘हाम्रो तयारी हिजो अध्यादेशबाट नयाँ बजेट ल्याउने थियो, तर अदालतको आदेशपछि रोकियो’ मुख्यमन्त्री निकट स्रोतले भन्यो।
Comments
अरु समाचार
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...
-
जलस्रोत तथा ऊर्जा विज्ञ बटु लामिछाने नेपाल उद्योग वाणिज्य महासंघको उर्जा समिति सभापतिमा मनोनीत
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ऊर्जा समिति सभापतिमा जलस्रोत तथा ऊर्जा क्षेत्रका विज्ञ बटु लामिछाने मनोनीत भएका...












