भारतले ३ देशमा चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गर्यो, नेपालमा भने कायमै
काठमाडौं । भारतले लगाएको चामल निर्यातको प्रतिबन्ध ३ देशको लागि फुकुवा भएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले ३ देशको लागि प्रतिबन्ध फुकुवा गरिएको बताएको छ ।
भारतले भुटान, सिंगापुर र मोरिससको लागि प्रतिबन्ध फुकुवा गरेको हो । भारतले यी देशका लागि १।४३ लाख टन चामल निर्यात गर्नेछ ।भारतबाट सरकारी कम्पनी नेशनल कोअपरेटिभ एक्स्पोर्ट्स लिमिटेडमार्फत यी ३ देशमा चामल पठाउन सक्नेछ । भारतले सरकारी तबरबाट मात्र भुटान, सिंगापुर र मोरिससलाई चामल निर्यात गर्न सक्ने व्यवस्था गरेको हो ।
विदेश व्यापार महानिर्देशनालयले भुटानका लागि ७९ हजार टन, मौरिससका लागि १४ हजार टन र सिंगापुरका लागि ५० हजार टन गैरबासमति चामल निर्यातको लागि अनुमति दिएको हो ।
भारतले गत २० जुलाइमा निर्यात रोकेको थियो । तर ति देशबाट चामलको व्यवस्था गर्न माग आएपछि सरकारले उनीहरुका लागि सिमित मात्र चामल निर्यात गर्न दिएको हो ।
यता नेपालले पनि भारतलाई चामल निर्यातको व्यवस्था गरिदिन आग्रह गरेर पत्र पठाएको थियो । तर भारतले अहिलेसम्म सो पत्रको प्रतिक्रिया नपठाएको बुझिएको छ । उच्च मूल्य वृद्धि रोक्नको लागि भारतले चामल निर्यातमा रोक लगाएको हो ।भारतले चामलको निर्यातमा प्रतिबन्ध लगाएसंगै नेपालमा चामलको भाउ ह्वात्तै बढेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












