प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूत सोङबीच भेट, भ्रमणका एजेण्डाबारे छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेट भएको छ ।
प्रचण्डलाई भेटन राजदूत सोङ शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए ।
चीन भ्रमणको तयारी भइरहेका बेला राजदूत सोङले प्रधानमन्त्री प्रचण्डलाई भेटेर संभावित एजेण्डाको विषयमा छलफल गरेका थिए । उनीहरूबीच झण्डै एक घण्टा चीन भ्रमणका विषयमा सघन छलफल भएको स्रोतले बताएको छ ।
भेटमा बीआरआई परियोजना अघि बढाउने विषयमा समेत प्रधानमन्त्री र चिनियाँ राजदूत सोङबीच छलफल भएको छ। बीआरआई परियोजनाअन्तर्गत चीनले कम्तीमा तीनवटा औद्योगिक पार्क बनाउन नेपाल सरकारसँग लबिङ गरेको छ।
भ्रमणमा उठाउनुपर्ने सबै विषयबारे अहिले छलफल मात्र भएको छ,प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने,‘एजेण्डाहरू अहिले टुंगिएको छैन । बीआरआई परियोजना अघि बढाउन चीनको दबाब चाहिँ छ । ’
प्रधानमन्त्री प्रचण्डले हालै चीनले सार्वजनिक गरेको नक्साबारे समेत राजदूत सोङसँग चासो राखेको स्रोतले बताएको छ । चीनले सार्वजनिक गरेको आफ्नो नक्सामा केही छिमेकी मुलुकको नक्सा समेत राखेको छ । तर, चीनले आफ्नो नक्सा सार्वजनिक गर्दा छिमेकी मुलुक नेपालको पुरानो नक्सा राखेको छ ।
गत सोमबार चीनको प्राकृतिक स्रोत साधानसम्बन्धी मन्त्रालयले सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा नराखी पुरानै नक्सा राखेको छ । चीनको सो कदमप्रति नेपालमा चौतर्फी विराध भइरहेको छ । २०७७ जेठ ३१ गते संविधान संशोधन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर चुच्चे नक्सा जारी गर्न संसदले अनुमोदन गरेको थियो ।
त्यसबेला संविधान संशोधन गर्न सबै दलहरु एकमत भएका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको भन्दै चीन भ्रमण रद्ध गरेका छन् । उनी ५ दिने भ्रमणमा चीन जाँदै थिए ।
प्रधानमन्त्री दाहाल असोज ६ गते अमेरिकाको न्युयोर्कबाट चीनको हाङचाओ जाँदै छन् । संयुत्तः राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने र त्यहीबाट दाहाल चीन जाँदैछन् । असोज ६ गते चीनको हाङचोओमा एसियाली खेलकुद समारोहको उदघाटन हुँदैछ । एसियाली खेलकुद समारोहमा सहभागी भएर बेइजिङ गएपछि त्यहाँ प्रधानमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












