सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीको तीव्रता, अनुसन्धान टोली हङकङदेखि भारतसम्म
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरो (सीआईबी) ले तीब्रता दिएको छ । तस्करी प्रकरणमा संलग्न आरोपीमाथि संगठित तस्करी कसुर मुद्दामा अनुसन्धान थालेको सीआईबीले आरोपितलाई ६० दिन थुनामा राखेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बुझाउनुपर्ने हुन्छ ।
सोही समय सीमाका कारण सीआईबीले विभिन्न प्रहरी कार्यालयमा खटिएका संगठित तस्करी अनुसन्धानमा लामो समय काम गरेका अनुभवी प्रहरी अधिकारीलाई झिकाएर अनुसन्धानलाई तीव्रता दिएको हो । २ साउनमा राजस्व अनुसन्धान विभागले ब्रेक सू मार्फत लुकाएर भन्सार पास भएको उक्त ६० किलो सुन बरामद गरेको थियो ।
सुन तस्करी प्रकरणमा अन्तरदेशीय अपराध र संगठित तस्करी देखिएपछि अनुसन्धान गर्न २१ साउनमा सीआईबीलाई जिम्मा दिएको थियो । हालसम्म राजस्व अनुसन्धान विभाग र सीआईबीले गरेर कुल २५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा याहो पेचिङ्गसहित ६ जना चिनियाँ नागरिक, एक तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ र अर्का तिब्बती मुलका भारती नागरिकसहित अन्य नेपाली नागरिक छन् ।
उनीहरू माथिको अनुसन्धान गर्न अब सीआईबीसँग दुई हप्ताभन्दा कम समय छ । अनुसन्धान गर्न भारतदेखि हङकङसम्म सीआईबी टोली
सुन तस्करीको सन्जाल हङकङदेखि भारतसम्म देखिएपछि प्रहरी प्रधान कार्यालयले प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलको सहयोगमा हङकङ र भारतमा समेत प्रहरी अधिकारी पठाएको छ ।
सीआईबीमा कार्यरत एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले भारतमा समेत शुक्रबार सीआईबीमै कार्यरत डीएसपी धर्म भण्डारीलाई पठाएको छ । सुन तस्करीको केन्द्र हङकङ रहेको र उक्त सुन नेपाल हुँदै भारत पुग्ने गरेको सीआईबीको दाबी छ ।
२५ जना पक्राउ गरेको सीआईबीले सुनका मालिक याहो पेचिङ रहेको दाबी गरेपनि सुन खरिद गर्ने मूख्य आरोपीसम्म भने अझै पुग्न सकेको छैन । सुन तस्करी प्रकरणमा सीआईबी बाहेक जिल्ला प्रहरी कार्यालय धुनकुटाका एसपी कृष्ण कोइराला, प्रहरीको विशेष ब्युरोका प्रमुख डीआईजी रामदत्त जोशी, प्रहरीको इन्टरपोल शाखा प्रमुख अनुपम जबरासमेतको टोली लागेको छ ।
त्यो बाहेक टेक्निकल विश्लेषण गर्ने टोलीसमेत ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा खटिएका छन् । सीआईबीले हाल पक्राउ परेको समूहले ठूलो मात्रामा सुन तस्करी गरेको आशंका गरेको छ ।
Comments
अरु समाचार
-
दुबईबाट पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...












