वायु सेवा कम्पनीलाई कसिलो मापदण्ड,नयाँ कम्पनी स्थापना गर्न तीनवटा जहाज अनिवार्य
काठमाडौं । नेपालमा अब वायु सेवा कम्पनी स्थापना गर्न न्यूनतम तीन जहाज हुनैपर्ने भएको छ।
वायुसेवा सञ्चालन प्रमाणपत्र निर्देशिका (एओसीआर) संशोधन गर्दै नेपाल नागरिक उड्डयन प्रधिकरणले अब नेपालमा दर्ता हुने वायुसेवा हेलिकप्टर वा फिक्स्ड विङ (जहाज) उडाउने कम्पनी न्यूनतम तीन वायुयान राख्नैपर्ने भएको छ ।
अहिलेसम्म एउटा हेलिकप्टर वा जहाजबाट वायुसेवा कम्पनी दर्ता हुने नियम थियो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, अब नयाँ दर्ता हुदा तीन हेलिकेप्टर वा जहाज हुनैपर्नेछ । नत्र वायुसेवा दर्ता हुनेछैन । एओसीहारको १० औं संशोधनबाट यो नियम लागु गएिको उनले बताए । अहिले आन्तरिक उडानमा १२ वटा रोटर (हेलिकप्टर ) र ९ वया फिक्स् विङ एयरक्राफ्ट (जहाज) कम्पनी रहेको प्रधिकरण मातहतको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले जनाएको छ । यीमध्ये एक वा दुई मात्रै वायुयान भएका हेलिकप्टर कम्पनी ५ छन् भने दुईटा मात्रै जहाज भएको वायुसेवा कम्पनी एउटा छ ।
पुरान कम्पनीलाई प्राधिकरणले प्रधिकरणले तत्काल न्यूनतम संख्यामा जहाज भएका कम्पनीलाई मर्जरका लागि बाटो खुल्ला गरिदिएको छ । हामीले वायुसेवा कम्पनीलाई मर्जर जान नीतिगत बाटो पनि खुल्ला गरिदिएका छौ, प्रवक्ता निरौलाले भने तर न्यूनतम ५ वटा जहाज हुनैपर्नेछ ।
एक दुई जहाज मात्रै सञ्चालन गर्ने वायुसेवा कम्पनीमा उडान सुरक्षामा लापरबाही हुने, दक्ष जनशक्ति अभाव भइरहने , कमजोर आर्थिक अवस्थाका कारण वायुसेवा कम्पनीले उडान सुरक्षा परिपालना गर्न नसक्नेलगायतका कारणले जहाजको न्यूनतम संख्या तोक्नुपरेको प्राधिकरणले जनाएको छ ।
हवाई टिकटमा भ्याट लगाउने बाटो खुल्यो
यसैबिच सर्वोच्च अदालतले अल्पकालीन आदेशलाई निरन्तरता नदिएसँगै अब हवाई यात्रुले टिकटकमा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्ने भएको छ । सर्वोच्चका न्यायधिशद्धय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको संयुक्त इजलासले साउन १४ मा जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई शुक्रबार निरन्तरता नदिने आदेश दिएको हो ।
सरकारले बजेट मार्फत हावई टिकटमा १३ प्रतिशत भ्याट लागु गर्ने निर्णय गरेपछि हवाई टिकटमा भ्याट लगाउँदा पर्यटन व्यवसायमा नकारात्मक असर पर्नेलगायतका कारण देखाउन्दै ३ हजार भन्दा बढि ट्राभल एजेन्ट्स (नाट्टा ) सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेको थियो ।
नेपालमा कोभिडपछि वार्षिक कम्तीमा ५० अर्ब रुपैयाँ बराबरको हवाई टिकट कारोबार भएको अन्तराष्ट्रिय हावई यातायात संगठनको तथ्यांक छ । आर्थिक मन्दीले प्रभावित अर्थतन्त्रमा राजस्व बढाउँने मात्र उद्देश्यले सरकारले हवाई टिकटमा एकमुस्ट १३ प्रतिशत भ्याट ल्याएको व्यवसायीको आरोप छ ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












