राष्ट्रसंघका महासचिव गुटेर्रेसले भने- विश्वशान्तिमा नेपालको भूमिका प्रशंसनीय छ
काठमाडौँ । राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापाले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। उनी विहीबार न्यूयोर्क पुगेका थिए। महासभामा नेपाली प्रतिनिधि मण्डलको तयारी र साइडलाइन भेटवार्ता लगायतका लागि उनले तत्काल ओहोदाको प्रमाणपत्र बुझाउन पर्ने थियो।
महासचिव गुटेर्रेसले पनि सबै परिस्थिति बुझेर भोलिपल्टै भेट दिएका थिए। राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित विशेष समारोहमा राजदूत थापाले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपछि महासचिव गुटेर्रेससँग वार्ता समेत गरेका थिए।
राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अनुसार महासचिव गुटेर्रेसले नेपालले राष्ट्रसंघमा वर्षौंदेखि खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै संयुक्त राष्ट्र संघको उद्देश्य प्राप्तिका लागि नेपालले दिएको सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरेका थिए। नेपालले विश्व शान्तिमा निर्वाह गरेको भूमिकाको पनि चर्चा भएको थियो।
राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि थापालाई उनले बधाई तथा स्वागत गर्दै थापाले आफ्नो कार्यकालमा निर्वाह गर्ने भूमिकाले नेपाल(संयुक्त राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताए। त्यसका लागि महसचिवको हैसियतमा आफ्नो साथ र सहयोग रहने पनि उनले बताए।
राजदूत थापाले महासचिव गुटेर्रेसलाई नेपालको विकास र शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघले गरेको सहयोगका लागि धन्यवाद दिँदै राष्ट्रसंघलाई नेपालको पूर्ण समर्थन र दृढ प्रतिबद्धता रहेको दोहोर्याएका थिए।
विश्व शान्ति र विकासमा नेपालले गर्न सक्ने सहयोगको पाटोमा पनि नेपाल सरकारको तर्फबाट आफूले भूमिका निर्वाह गर्ने बताए। राजदूत थापाले विश्व शान्ति र सुरक्षा, दिगो विकास, जलवायु न्याय र राष्ट्रसंघीय सुधारलगायतका क्षेत्रमा महासचिव गुटेर्रेसको प्रयास र पहलको पनि प्रशंसा गरे।
शान्ति स्थापना, जलवायु परिवर्तन र दिगो विकासलगायतका विभिन्न क्षेत्रमा नेपालको प्राथमिकतालाई औल्याउँदै राजदूत थापाले राष्ट्र सङ्घसँग नेपाल अझ नजिक भएर काम गर्ने पनि बताए। राजदूत थापा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिको रूपमा आफ्नो कार्यकालको यात्रा सुरु गर्न ३१ अगस्ट २०२३ मा न्यूयोर्क पुगेका हुन्।
उनी स्थायी प्रतिनिधि हुनु अघि चीन जापान जस्तो मुलुक हेर्ने उत्तरपूर्वि महाशाखा प्रमुख थिए। त्यसअघि उनी युरोपेली महासंघको र युरोपेली मुलुकका लागि राजदूत थिए। उनी ब्रसेल्समा रहेर परराष्ट्र मन्त्रालयको शीर उचो गर्ने कामहरु गरेका थिए।
उनी एसएलसी परीक्षा उत्तीर्ण गरेदेखि नै परराष्ट्र सेवामा प्रवेश गरेर सेवा गर्दै आएका राजदूत हुन्। उनी ३३ वर्ष देखि परराष्ट्रको विभिन्न महाशाखामा रहेर काम गरे। उनले अधिकृत स्तरमा पुगेपछि नै चीन भारत, साउदी अरेविया लगायतको मुलुकका राम्रो काम गरिसकेको अनुभव छ।
अघिल्लो पटक पनि न्यूयोर्कमा परराष्ट्र सचिवलाई नपठाएर राजदूत भइसकेका सहसचिवलाई पठाएको कारण यसपटक पनि राजदूत भइसकेका मध्येको बरिष्ठबाट उनलाई न्यूयोर्क पठाइएको सरकारले जनाउँदै आएको छ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












