प्रधानमन्त्रीको चीन भ्रमण सफल बनाउन सबै दलहरु एकमत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण सफल बनाउनेमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरु एकमत भएका छन्।
आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीको भ्रमण सफल बनाउनेबारे सहमति भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए।
असोज पहिलो साता हुने आफ्नो चीन भ्रमण र भ्रमणका अजेन्डाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आइतबार सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा पूर्व प्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने दल नेता र प्रतिनिधिहरु सहभागी थिए।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमण सफल बनाउनेबारे दलहरुमा साझा सहमति भएको बताए। उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरु, विभिन्न राजनीतिक दलका सभापति तथा प्रतिनिधि, पूर्व परराष्ट्रमन्त्रीहरुलाई आमन्त्रण गरेर आशन्न चीन भ्रमणका बारेमा गम्भीर छलफल भएको छ। अहिलेको सन्दर्भमा संयुक्त राष्ट्रसंघमा या चीन भ्रमणका सन्दर्भमा पनि गर्नु पर्ने आवश्यक तयारी राख्नु पर्ने प्रस्ताव, अपनाउनुपर्ने सावधानी र गर्नुपर्ने कामका बारेमा महत्त्वपूर्ण सुझाव र सल्लाह दिनु भएको छ।’
बैठकबाट प्रधानमन्त्रीको भ्रमणबारे महत्त्वपूर्ण सुझावहरु प्राप्त भएको र सुझावहरुलाई सरकारले महत्त्वका साथ लिएको मन्त्री साउदको भनाइ छ। ‘प्रधानमन्त्री ज्यूले आमन्त्रित सम्पूर्ण दललाई धन्यवाद दिनुभएको छ।
उहाँहरुले दिनुभएको सल्लाह सुझावलाई सरकारले अत्यन्तै महत्त्वपूर्ण रुपमा लिएको छ,’ साउदले भने, ‘आसन्न भ्रमण सफल बनाउने क्रममा नेपालको सबै राजनैतिक तह तप्कामा सहमति भएको छ।’
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












