देउवा सरकारको निर्णय सर्वोच्चद्वारा बदर,रुकुम पूर्वको सदरमुकाम रुकुमकोट कायम गर्न आदेश
काठमाडौँ । रुकुम (पूर्व) को सदरमुकाम रुकुमकोट कायम गर्न सर्वोच्चको संवैधानिक इजलासले फैसला गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको इजलासले उक्त फैसला गरेको हो।
२०७४ साल माघ १५ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगङा को (गोलखाडा) तोक्ने निर्णय गरेको थियो ।
गोलखाडालाई सदरमुकाम तोक्ने सरकारको निर्णय वैज्ञानिक नभएको भन्दै विरोध भएको थियो । स्थानीय गणेश हमालले सरकारको निर्णय खारेजीको माग गर्दै २०७५ साल फागुन ५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले २०७५ चैत ५ गते यो मुद्दालाई संवैधानिक इजलासमा पठाएपछि पाँच वर्षदेखि यहीँ अल्झेको थियो। संविधानसँग बाझिने, प्रदेश, केन्द्र र स्थानीय तहको सीमा विवादका मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले हेर्ने अधिकार संविधानले दिएको छ।
सदरमुकाम खारेजी र सदर दुवै पक्षले सर्वोच्चमा मुद्दा हालेका छन्। उक्त मुद्दा संवैधानिक इजलासमा पठाइए पनि संवैधानिक इजलासले फैसला नगर्दा त्यहाँका जनता र उक्त क्षेत्रको विकास पनि अन्योलमा परेको छ। २०७४ माघ १७ गते परेको रिटमाथि छलफल गर्न संवैधानिक इजलासमा पेसी तोकिने तर इजलास नै गठन नहुने हुँदै सर्दै आएको थियो।
Comments
अरु समाचार
-
हर्क साम्पाङले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा
काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह संसदप्रति गैरजिम्मेवार बनेको आरोप...
-
वालेन्द्रको अटेरीमा रास्वपाका दुई शब्दः परिवर्तन र क्रमभंगता, कहिलेसम्म टिक्ला यस्तो चर्तिकला ?
काठमाडौं । अघिल्लो संसद्मा प्रधानमन्त्री उपस्थित नभएको विषयलाई लिएर संसद अवरुद्ध पार्ने प्रमुख दलमध्ये एक थियो राष्ट्रिय स्वतन्त्र पार्टी। तत्कालीन...
-
पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न सरकारले बनायो समिति
काठमाडौं । सरकारले तत्कालीन गृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति...
-
एमाले सचिवालय बैठक शनिबार बस्दै
काठमाडौँ । नेकपा एमाले को सचिवालय बैठक शनिबार बस्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली को स्वास्थ्य अवस्थालाई ध्यानमा...
-
जडीबुटी प्रशोधनको आवरणमा ‘प्रकृतिको अवैध दोहन’
काठमाडौं। नेपालको पहाडी र हिमाली भेगका जडीबुटीलाई आर्थिक समृद्धिको आधार मानिन्छ। तर, यही समृद्धिको नारालाई ढाल बनाएर केही विदेशी लगानीकर्ता...
-
संसदमा उठेका प्रश्नको जवाफ वालेन्द्रले नदिने, वाग्लेलाई जिम्मा दिएपछि के गर्लान प्रतिपक्षी दल?
काठमाडौं । सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहँदा आजको बैठकका लागि अर्थमन्त्री डा. स्वर्णिम...
-
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
काठमाडौं । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ ।...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...












