आजदेखि नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा ल्याइँदै
काठमाडौं । आजदेखि नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आउँदैछ । संविधान दिवसको अवसर पारी सरकारले आज (बुधबार) बिहान ९ बजे सूर्यविनायक–रत्नपार्क सडक खण्डमा यस्तो बस सेवाको उद्घाटन गर्दैछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह, मध्यपुर थिमी, सूर्यविनायकका मेयरहरु सवार द्रुत बस रत्नपार्कबाट छुट्नेछ । यो बस निर्धारित ४५ मिनेटमा सूर्यविनायक पुग्नेछ । सार्वजनिक यातायातलाई ट्राफिक जामबाट मुक्त गर्न संसारभर यस्ता सवारी साधान चलाउने गरिन्छ । नेपालमा भने यो पहिलोपटक सुरु हुन थालेको हो ।
द्रुत बस चल्ने लेनमा सडक विभागले मंगलबार रातिसम्म मार्किङ गरेको छ । मन्त्रालयले यातायात व्यवस्था विभागलाई २५ वटा ठूला बसको व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ । सडक विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् । द्रुत बसहरु चल्ने लेनमा २२ सय मिटरमा रेड मार्क गरिएको जानकारी उनले दिए
कसरी चल्छन् द्रुत बस सेवा ?
यसरी रेड मार्किङ गरेको सडकमा द्रुत बससेवा सञ्चालनको समयमा अन्य सवारी साधन गुड्न नपाउने पोखरेलले बताए । ‘त्यस्तै चोकचोकमा हुने ट्राफिक लाइनमा पनि यी बस रोकिनुपर्ने छैन, ट्राफिक प्रहरीले एम्बुलेन्सलाई जसरी नै लाइट पास गराउनेछन्’, उनले भने । हाललाई यस्ता बसमा द्रुत सेवा लेखेर सञ्चालन गरिने र पछि एकै रङका बस चलाइने तयारी भएको पोखरेलले भने । ‘संविधान दिवसका दिनबाट ट्रायलका रुपमा चलाउनेछौं । एक सातापछिबाट भने पूर्णरुपमा सञ्चालन हुनेछ,’ उनले भने । ४० सिट क्षमताभन्दा माथिका बसहरु द्रुत बससेवाका लागि सञ्चालनको तयारी रहेको मन्त्रालयले जनाएको छ ।
१९ स्थानमा ‘पिक एण्ड ड्रप’ मात्रै
यातायात व्यवस्था विभागका अनुसार यस्ता बसहरुले १९ स्थानमा यात्रु चढाउने तथा ओराल्नेछन् । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरु भन्छन्, ‘बसमा द्रुत बस सेवा भनेर लेखिएको हुन्छ, भोलि यात्रु चढ्न पाउँदैनन् । रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो लगायतमा यात्रु उकाल्ने, ओराल्न मात्रै हुने र रोक्दै नरोकिने पनेरुले बताए । बस सञ्चालनपछि डेढ घण्टाको बाटो ४५ मिनेट बनाउनका लागि लेनको प्रयोग गरिने बताए ।
‘बुधवार नमूना मात्रै देखाउने हो, ४ असोजदेखि पूर्णरुपमा सञ्चालन हुन्छ,’ उनले भने । ‘कार्यालय समय र विद्यालय समयलाई लक्षित गरेर हामीले अहिले यो सेवा सुरु गरेका हौं । दुवैतर्फबाट ५र५ मिनेटको फरकमा बस छोड्छौं । यसलाई परीक्षण काल भनेका छौं । यो लेनमा अन्य अतिआवश्यक सवारीहरु कसरी प्रयोग गर्न सकिन्छ त्यो पनि अध्ययन गर्दै छौं,’ उनले भने । पनेरुको अनुसार कोटेश्वर र माइतीघरमा जक्सन भएकोले अलि समस्या हुने देखिए पनि ट्राफिक प्रहरीले सहयोग गर्ने बताए । यो रुटमा अहिले कायम भाडा तिरेर द्रुत बससेवा चढ्न पाइने उनले बताए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












