आजदेखि नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा ल्याइँदै
काठमाडौं । आजदेखि नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आउँदैछ । संविधान दिवसको अवसर पारी सरकारले आज (बुधबार) बिहान ९ बजे सूर्यविनायक–रत्नपार्क सडक खण्डमा यस्तो बस सेवाको उद्घाटन गर्दैछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह, मध्यपुर थिमी, सूर्यविनायकका मेयरहरु सवार द्रुत बस रत्नपार्कबाट छुट्नेछ । यो बस निर्धारित ४५ मिनेटमा सूर्यविनायक पुग्नेछ । सार्वजनिक यातायातलाई ट्राफिक जामबाट मुक्त गर्न संसारभर यस्ता सवारी साधान चलाउने गरिन्छ । नेपालमा भने यो पहिलोपटक सुरु हुन थालेको हो ।
द्रुत बस चल्ने लेनमा सडक विभागले मंगलबार रातिसम्म मार्किङ गरेको छ । मन्त्रालयले यातायात व्यवस्था विभागलाई २५ वटा ठूला बसको व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ । सडक विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् । द्रुत बसहरु चल्ने लेनमा २२ सय मिटरमा रेड मार्क गरिएको जानकारी उनले दिए
कसरी चल्छन् द्रुत बस सेवा ?
यसरी रेड मार्किङ गरेको सडकमा द्रुत बससेवा सञ्चालनको समयमा अन्य सवारी साधन गुड्न नपाउने पोखरेलले बताए । ‘त्यस्तै चोकचोकमा हुने ट्राफिक लाइनमा पनि यी बस रोकिनुपर्ने छैन, ट्राफिक प्रहरीले एम्बुलेन्सलाई जसरी नै लाइट पास गराउनेछन्’, उनले भने । हाललाई यस्ता बसमा द्रुत सेवा लेखेर सञ्चालन गरिने र पछि एकै रङका बस चलाइने तयारी भएको पोखरेलले भने । ‘संविधान दिवसका दिनबाट ट्रायलका रुपमा चलाउनेछौं । एक सातापछिबाट भने पूर्णरुपमा सञ्चालन हुनेछ,’ उनले भने । ४० सिट क्षमताभन्दा माथिका बसहरु द्रुत बससेवाका लागि सञ्चालनको तयारी रहेको मन्त्रालयले जनाएको छ ।
१९ स्थानमा ‘पिक एण्ड ड्रप’ मात्रै
यातायात व्यवस्था विभागका अनुसार यस्ता बसहरुले १९ स्थानमा यात्रु चढाउने तथा ओराल्नेछन् । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरु भन्छन्, ‘बसमा द्रुत बस सेवा भनेर लेखिएको हुन्छ, भोलि यात्रु चढ्न पाउँदैनन् । रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो लगायतमा यात्रु उकाल्ने, ओराल्न मात्रै हुने र रोक्दै नरोकिने पनेरुले बताए । बस सञ्चालनपछि डेढ घण्टाको बाटो ४५ मिनेट बनाउनका लागि लेनको प्रयोग गरिने बताए ।
‘बुधवार नमूना मात्रै देखाउने हो, ४ असोजदेखि पूर्णरुपमा सञ्चालन हुन्छ,’ उनले भने । ‘कार्यालय समय र विद्यालय समयलाई लक्षित गरेर हामीले अहिले यो सेवा सुरु गरेका हौं । दुवैतर्फबाट ५र५ मिनेटको फरकमा बस छोड्छौं । यसलाई परीक्षण काल भनेका छौं । यो लेनमा अन्य अतिआवश्यक सवारीहरु कसरी प्रयोग गर्न सकिन्छ त्यो पनि अध्ययन गर्दै छौं,’ उनले भने । पनेरुको अनुसार कोटेश्वर र माइतीघरमा जक्सन भएकोले अलि समस्या हुने देखिए पनि ट्राफिक प्रहरीले सहयोग गर्ने बताए । यो रुटमा अहिले कायम भाडा तिरेर द्रुत बससेवा चढ्न पाइने उनले बताए ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












