पछिल्ला केही दिनमा चिनीको भाउ ५० रुपैयाँसम्म बढ्यो
काठमाण्डौ । चिनीको भाउ किलोमै ५० रुपैयाँसम्म बढेको छ । एक महिना अघिसम्म किलोको एक सय रुपैयाँमा पाइने चिनीको भाउ अहिले एक सय ५० रुपैयाँसम्म पुगेको हो । कतिपय खुद्रा पसलमा चिनी नै छैन भने भएकाहरुले पनि मनलाग्दी भाउ लिइरहेका छन् । केही पसलमा किलोको एक सय ३० रुपैयाँमै पाइने र केहीमा एक सय ५० रुपैयाँसम्म लिने गरेको उपभोक्ताहरुले बताएका छन् ।
नेपाल खुद्रा व्यापार सङ्घले भने खाद्य तथा किराना वस्तुको मूल्य सूचीबाट चिनीको सूची नै हटाएको छ । चिनीको मूल्य थोकमै मनलाग्दी भएकाले धेरै खुद्रा व्यापारीले चिनी बेच्नै छाडेका कारण सूचीबाट मूल्य हटाएको सङ्घले जनाएको छ ।
यस्तै, चिनी अभाव भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको बिक्री स्थगित गरेको छ । चिनीको मौज्दात कम रहेकाले अहिलेका लागि बिक्री रोकेको कम्पनीले जनाएको छ । सरकारले आयात अनुमति नदिँदा चिनी अभाव भएको व्यवसायीहरुले बताएका छन् ।
आन्तरिक उत्पादनले बजारको माग नधान्ने र ६० हजार टन चिनी आयातका लागि सरकारलाई अनुरोध गरेकोमा सरकारले नदिएको व्यवसायीको आरोप छ । दशैँ, तिहार, छठलगायतका ठूला पर्व शुरु हुँदा हरेक वर्ष चिनीको भाउ बढ्ने गरेको भए पनि यो वर्ष अत्यधिक बढेको हो । चिनीमा भएको कालोबजारी रोक्न सरकारले हस्तक्षप नगरेसम्म भाउ नियन्त्रण नहुने अधिकारकर्मीले बताएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












