वेस्टर्न युनियनले दसैं अफरमा कारोबारको १० गुणासम्म पुरस्कार दिने
काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरुको महान चाड दसैं, तिहार र छठ पर्वको अवसरमा ‘दसैंमा दश गुणा अभियान’ जारी गरेको छ । पर्वको उत्सवमा ग्राहकहरुलाई खुसी बनाउने लक्ष्यसहित यो योजना ल्याएको वेस्टर्न युनियन मनी ट्रान्सफरले जनाएको छ।
कम्पनीका अनुसार यस योजनामा सहभागी हुनका लागि, ग्राहकहरुले नेपालका सबै ७७ जिल्लाहरुमा फैलिएका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका पन्ध्र हजारभन्दा बढी भुक्तानी काउन्टरहरुमध्ये कुनैबाट आफ्नो रेमिटेन्स प्राप्त गर्नुपर्नेछ । अभियान अवधिका प्रत्येक कारोबारहरु स्वतः रुपमा साप्ताहिक र बम्पर ड्रको लागि समावेश हुनेछन् । यो योजना नेपालभर असोज ८ गते देखि सुरु भइ आगाी मंसिर १० गतेसम्म लागु हुनेछ ।
यस योजनाअन्तर्गत आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरुले पच्चिस हजार रुपैयाँसम्मको कारोबारमा दुई गुणा र सो भन्दा बढीको कारोबारमा पच्चिस हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसका साथै बम्परमा भाग्यशाली ग्राहकले एक लाख रुपैयाँसम्मको कारोबारमा दश गुणा प्राप्त गर्नेछन् ।
पचास हजार रुपैयाँभन्दा कम कारोबारमा निश्चित पुरस्कार पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । यदि विजेताको कारोबार रकम एक लाखभन्दा बढी भएमा विजेताले निश्चित पुरस्कार रकम दश लाख रुपैयाँ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












