वेस्टर्न युनियनले दसैं अफरमा कारोबारको १० गुणासम्म पुरस्कार दिने
काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरुको महान चाड दसैं, तिहार र छठ पर्वको अवसरमा ‘दसैंमा दश गुणा अभियान’ जारी गरेको छ । पर्वको उत्सवमा ग्राहकहरुलाई खुसी बनाउने लक्ष्यसहित यो योजना ल्याएको वेस्टर्न युनियन मनी ट्रान्सफरले जनाएको छ।
कम्पनीका अनुसार यस योजनामा सहभागी हुनका लागि, ग्राहकहरुले नेपालका सबै ७७ जिल्लाहरुमा फैलिएका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका पन्ध्र हजारभन्दा बढी भुक्तानी काउन्टरहरुमध्ये कुनैबाट आफ्नो रेमिटेन्स प्राप्त गर्नुपर्नेछ । अभियान अवधिका प्रत्येक कारोबारहरु स्वतः रुपमा साप्ताहिक र बम्पर ड्रको लागि समावेश हुनेछन् । यो योजना नेपालभर असोज ८ गते देखि सुरु भइ आगाी मंसिर १० गतेसम्म लागु हुनेछ ।
यस योजनाअन्तर्गत आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरुले पच्चिस हजार रुपैयाँसम्मको कारोबारमा दुई गुणा र सो भन्दा बढीको कारोबारमा पच्चिस हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसका साथै बम्परमा भाग्यशाली ग्राहकले एक लाख रुपैयाँसम्मको कारोबारमा दश गुणा प्राप्त गर्नेछन् ।
पचास हजार रुपैयाँभन्दा कम कारोबारमा निश्चित पुरस्कार पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । यदि विजेताको कारोबार रकम एक लाखभन्दा बढी भएमा विजेताले निश्चित पुरस्कार रकम दश लाख रुपैयाँ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
Comments
अरु समाचार
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...











