सर्वोच्चका न्यायाधीश फुयालले भने- नेपालका कारागारहरु नर्कका पनि नर्क हुन्
काठमाडौं, असोज ९ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले नेपालका कारागारहरुको अवस्था अत्यन्तै दयनीय रहेको बताएका छन् ।मंगलबार सुरक्षा र न्याय अध्ययन केन्द्र र नीति फाउन्डेसनको संयुक्त आयोजनामा भएको ‘लोकतान्त्रिक व्यवस्थामा प्रहरी सेवा: संस्थागत रुपान्तरणका आधारहरु’ विषयक अन्तर्क्रियामा सहभागी उनले भने, ‘मैले विभिन्न ठाउँमा अनुगमन गर्दा पाएको कुरा के हो भने नेपालका कारागारहरु नर्कका पनि नर्क हुन् ।’
तेह्रथुममा अनुगमनका लागि गएको बेला आफूले त्यहाँ कैदीबन्दीहरु पालो गरेर सुत्ने, पालो गरेर उठ्ने गरेको पाएको बताए । उनले थपे, ‘मानौं त्यहाँ मान्छे बसेकै छैनन् ।’ अर्को प्रसंगमा उनले प्रहरीले अनुसन्धान गरेर कुनै कुराको निष्कर्षमा पुग्नभन्दा बढी पक्राउ गर्न उद्दत देखिएको समेत बताए ।
‘त्यसमा पनि संयुक्त राष्ट्र संघको एउटा रिपोर्टले अहिले नेपालमा पक्राउ परेका १०० जनामध्ये १७ जना हिरासतमा कुनै न कुनै प्रकारको दुर्व्यवहारमा पर्छन् भनेको छ’, फुयालले भने, ‘नेपालमा अपराध अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गराउने लगायतका कार्यमा एउटै प्रहरी खटिने हुँदा पनि समस्या देखिएका छ ।’
एउटा मान्छेलाई त्यहीँ लामो समयसम्म राखेर दक्ष बनाउनुपर्नेमा त्यो हुन नसकेको उनले बताए । अपराध अनुसन्धानका लागि छुट्टै जनशक्ति विकास गर्नुपर्ने उनको राय थियो । उनले लोकतन्त्रको वास्तविक धरातल प्रहरीले प्रदर्शनमा गर्ने बल प्रयोगमा देखिने समेत बताए । ‘कसैले विरोध प्रदर्शन गर्छ भने निश्चित क्षेत्र तोकेर प्रहरीले त्यसमा सहजिकरण गर्नुपर्छ’, उनले भने ।
प्रहरीमा लगानी गर्नुलाई सरोकारवालाले पनि उत्पादक क्षेत्रमा गरेको लगानी सम्झनुपर्ने उनले बताए । ‘प्रहरीमा लगानी भएन भने कानुनको शासन, विधिको शासन कायम हुँदैन, त्यो भएन भने वैदेशिक लगानी आउँदैन, यहीँका व्यवसायीहरु पनि लगानी गर्न डराउने अवस्था बन्छ’, उनले भने । अर्को प्रसंगमा उनले प्रहरीलाई कार्यगत स्वयात्तत्ता दिएर निष्पक्षतापूर्वक काम गर्न दिनुपर्ने बताए ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












