ताजा समाचार

विनोद चौधरीको वाइवाई कम्पनीमा आयकरको छापा

काठमाडाैँ । विवादास्पद व्यवसायी तथा सांसद विनोद चौधरीको भारतको राजस्थानस्थित वाईवाई कम्पनीमा आयकर विभागले छापा मारेको छ ।

जयपुरस्थित वाईवाई कम्पनीले आयकर छलेको आशंकामा छापा मारिएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार हिजो दिउँसो जयपुर,दौसा र सिकरमा छापा मार्ने क्रममा चौधरीको कम्पनीमा पनि विभागका अधिकारीहरु पुगेका थिए । समाचारमा भनिएको छ, ‘राजस्थानी मूलका नेपाली डलर अर्बपति चौधरीको कम्पनीमा छापा मारिएको छ ।’

वाइवाइ नुडल्सको नाममा उनले गरेको व्यापारमा कर छलेको आशंका छ । उनले सिजी कर्प ग्लोबलको नाममा त्यहाँ वाइवाइ कारखाना स्थापना गरेका छन्  ।

चौधरीले विदेशमा कमाएको धन नेपाल नल्याएको,यताको रकम अन्यत्र लगेको आरोप लाग्दै आएको छ । उनले करमुक्त राष्ट्रहरुमा करोडौं डलर पुर्याएको यसअघि नै पानामा पेपरले खुलासा गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org