नेपाललाई सबैभन्दा बढी ॠण विश्व वैंक र एडिबीको
काठमाडौं । नेपालले भुक्तानी गर्न बाँकी वैदेशिक ॠणमा सबैभन्दा बढी विश्व बैंक र एसियाली विकास बैंक(एडिबी)को रहेको देखिएको छ । आर्थिक वर्ष ०७९/८० को अन्त्यसम्ममा नेपालले भुक्तानी गर्न बाँकी वैदेशिक ॠण ११ खर्ब ७० अर्बबराबर पुगिसकेको छ । जसमध्ये विश्व बैंकको पाँच खर्ब ८० अर्ब र एडिबीको तीन खर्ब ७० अर्ब छ । कुल ॠणमा दुई अन्र्तराष्ट्रिय विकास साझेदार विश्व बैंक र एडिबीको मात्रै ८१.२ प्रतिशत हिस्सा छ ।
सार्वजनिक ॠण व्यावस्थापन कार्यलयका अनुसार गत असार मसान्तसम्मको तत्थ्यांकअनुसार विश्व बैंकअन्तर्गतको अन्तराष्ट्रिय विकास संघ(आइडिए) लाई नेपाल सरकारले बुझाउन बाँकी ॠण पाँच खर्ब ८० अर्ब ३० करोड पुगेको छ , जुन नेपालको कुल वैदेशिक ॠणको ४९.६ प्रतिशतबराबर हो ।
नेपालको ॠण दायित्व सबैभन्दा धेरै भएको दोस्रो विकास साझेदार एडिबी हो । नेपालले एडिबीलाई तीन खर्ब ७० अर्ब पाँच करोड ॠण भुक्तान गर्न बाँकी छ, जुन कुल वैदेशिक ॠणको ३१.६ प्रतिशत बराबर हुन आउँछ ।
आइडिए र एडिबी दुवै बहुपक्षिय विकास साझेदार हुन् । दुवै नेपालका सबैभन्दा ठूला विकास साझेदार हुन् । यी विकास साझेदारले नेपाललाई ॠणका साथै अनुदान र प्राविधिक सहयोगसमेत गर्दै आएका छन् । यी दुई विकास साझेदारले खासगरी भुकम्प पछिको पुनर्निमाण तथा कोभिडको रोकथाम, नियन्त्रण र पुनरुत्थानका क्रममा ॠण दायित्व बढाएको कार्यालयले जनाएको छ ।
कुल ॠणमा बहुपक्षिय दाताको हिस्सा अझै बढ्यो
नेपालको वैदेशिक ॠण ११ खर्ब ७० अर्ब २४ करोडबराबर पुगेको छ । जुन अधिल्लो आर्थिक वर्षको तुलनामा ११.०३ प्रतिशत अर्थात एक खर्ब ४४ अर्ब ४० करोडले बढी हो । अघिल्लो आर्थिक वर्षमा कुल वैदेशिक ॠण १० खर्ब २५ अर्ब ८४ करोडबराबर थियो । नेपालको कुल ॠणमा बहुपक्षिय दाताको हिस्सा ८७.१९ प्रतिशत र द्धिपक्षीय दाताको हिसा १२.८७ प्रतिशत थियो ।
गत वर्षको तुलनामा १५.१३ प्रतिशत अर्थात एक खर्ब ३५ अर्ब ३० करोडले बढी हो । त्यस्तै, द्धिपक्षीय ॠण एक खर्ब ४० अर्ब ४८ करोड पुगेको छ । जुन अघिल्लो आवको तुलनामा ६.९३ प्रतिशत अर्थात नौ अर्ब १० करोडले बढी हो ।
किन बढिरहेको छ वैदेशिक ॠण ?
वैदेशिक ॠण दायित्व घटबढ हुनुमा साँवा भुक्तानी र ॠण प्राप्तिका अतिरिक्त विनिमय दरमा हुने परिर्वतन पनि प्रमुख कारको रुपमा रहेको कार्यालयले जनाएको छ। ॠण भार बढ्नुमा ०७२मा गएको भुकम्पपश्चात पुनर्निर्माणमा बाह्य ॠण प्राप्ति बढ्नुका साथै ०७६/०७७ देखि सुरु भएको कोभिड–१९ को महामारीको सामना गर्न लिएको बाह्य ॠणमा भएको वृद्धि मूल कारक मानिएको छ ।
अर्थिक वर्ष ०७९/०८० को अन्त्यसम्ममा नेपाल सरकारको कुल ऋण दायित्वमा २२ खर्ब ९९ अर्ब ३५ करोड पुगेको छ । कुल दायित्वमा आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब १० करोड ३७ लाख रुपैयाँ वैदेशिक ॠण ११ खर्ब ७० अर्ब २४ करोड ८७ लाख बराबर छ । गत आर्थिक वर्ष ०७८/०७९ सम्ममा नेपालको कुल ॠण २० खर्ब १३ अर्ब २९ करोडबराबर थियो ।
आर्थिक वर्ष ०७९/०८० को कुल ग्राहास्थ उत्पादन (जिडिपी ) ३५ खर्ब ८१ अर्ब ३३ कारोडको अनुपातमा ॠण दायित्व ४२.७३ प्रतिशत पुगेको छ । कुल जनसंख्यामा ऋण दायित्व ॠण ४२.७३ प्रतिशत पुगेको छ । कुल जनसंख्या दुईकरोड ९१लाख ६४ हनार पाँच सय ७८ लाई आधार मान्दा आर्थिक वर्ष ०७९/०८० सम्ममा प्रतिव्यक्ती कुल ऋण ७८ हजार ८ सय ४० पुगेको छ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












