सुशासन, विकास र समृद्धि कायम गर्न शासकसँग निष्ठा र इमान्दारिता हुनुपर्छ: पूर्वप्रधानन्यायाधीश कार्की
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न शासनमा रहका नेताहरुसँग इमान्दारिता र निष्ठा हुनुपर्नेमा जोेड दिएकी छन् । काठमाडौंमा बिहीबार ‘हिमालय मातृभूमी फाउण्डेशन’ नामक गैरसरकारी संस्थाको उद्घाटन गर्दै उनले उक्त कुरा बताएकी हुन् । तर सत्तामा रहेका नेताहरुले मलाई जनताले के भन्लान् भन्ने कुराको हेक्कै नराखि मनलागी गरिरहेको उनले दाबी गरिन् ।
पूर्वप्रधानन्यायाधीश कार्कीले सत्तामा रहेका नेताहरुप्रति लक्षित गर्दै भनिन्, ‘वर्तमानमा नेताहरुलाई गलाभरि माला लगाउन पाए भयो, १० वटा -२० वटा माला घाँटीमा लगाएर देखायो, त्यति भए पुग्छ ।’ सत्तामा रहेका व्यक्तिहरुले इतिहासमा मेरो मुल्यांकन कस्तो होला, म के हुँला, जनताले कसरी मुल्यांकन गर्लान् भन्ने कुराको हेक्का नराख्ने गरेको उनले जनाइन् ।
देशको राजनीतिक अवस्था देखेर आफूलाई विरक्त लागेको उनले जनाइन् । देशको राजनीतिसम्बन्धी समाचार नसुन्ने गरेको पूर्वप्रधानन्यायाधीश कार्कीले जनाइन् । कहिले बालुवाटार कान्ड, कहिले सुन कान्डलगायत देशमा कान्डैकान्डबाहेक केही नभएको उनले जनाइन् ।
सत्तामा बसेकाहरु आफैं हाँस्ने र नाँच्ने गरेको कार्कीको भनाइ थियो । उनले जनतालाई दुःख भइरहेको तर नेताहरु आफूखुसी रमाएर आनन्द मानिरहेको पनि जनाइन् । प्रवुद्ध वर्गले शासनशैलीप्रति आलोचना गरिरहँदा नेताहरु भने आफ्नो प्रशंसा आफैं गरिरहेको जनाइन् ।
पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘नेताहरुले मुखमा आएजति बोलेको पनि सुनिन्छ, सरापेको पनि सुनिन्छ । मैले सबैभन्दा राम्रो काम गरेको छु भनेर आफैं भनेको पनि सुनिन्छ । यता जनता भने शासकहरुको कामकारबाहीप्रति असंतुष्ट छन् ।’ यस्तो विषम परिस्थितिका विचमा कसरी समायोजन गर्ने भन्ने प्रमुख समस्या आफूले देखेको उनले जनाइन् । जनताले विरोध गर्दा पनि नेताहरु एकोहोरो लागेको उनले जनाइन् । राजनीतिमा अधिकांश जनताहरु जानकार भएको जनाउँदै उनले अभाव भने विकासको भएको दाबी गरिन् ।
हिमालय मातृभूमी फाउण्डेशनको ‘सुशासन, विकास र समृद्धिका लागि राष्ट्रिय अभियान २०८०’ विषयक अवधारणा-पत्रमा केन्द्रित हुँदै उनले अवधारणा-पत्रमा आफूले विमति जनाउनुपर्ने केही पनि विषय नभएको जनाइन् । उनले अवधारणा-पत्रमा उल्लेख भएका विषयहरु देशको अवस्थासँग मिल्दो भएकाले सुशासन, विकास र समृद्धिका लागि संस्थाले काम गर्नेमा आफू विश्वस्त रहेको जनाइन् ।
फाउण्डेशनका अध्यक्ष टीकाराम पुरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव सागरप्रसाद धिताल, पूर्वराजदूत महेश दाहाल, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्याब्सनका अध्यक्ष डीके ढुंगाना, एन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपाने, राजनीतिक विश्लेषक मुमाराम खनाल, दिनेश सुवेदीलगायतले धारणा राखेका थिए । सुनिल बजगाईले अवधारणापत्र प्रस्तुुत गरेको कार्यक्रमका वक्ताहरुले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न फाउण्डेशनको अभियानले टेवा पुर्याउने जनाए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












