एमाले बागमती अधिवेशन: ११ बजेदेखि हुने भनिएको मतदान अझै सुरु भएन
काटमाडाैँ । पाँच दिनदेखि राजधानी काठमाडौंमा जारी नेकपा एमाले बाग्मती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि हुने भनिएको मतदान अझै शुरू भएको छैन ।
पछिल्लो पटक संशोधित निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान साढे ११ बजेबाट मतदान प्रक्रिया शुरू हुनु पर्ने थियो । तर, १२ बजिसक्दा पनि निर्वाचन शुरू भएको छैन ।
निर्वाचन अधिकृत डिल्ली मैनालीले तयारी पूरा भएको जानकारी दिए । केही बेरमा मतदान शुरू हुने उनले बताए । मतदातालाई लाइन लगाउने तयारी गरिएको उनले बताए ।
यस्तै अबको एक घण्टामा मतदान शुरू हुने अध्यक्षका उम्मेदवार कृष्ण दाहालले बताए ।
सहमतिको प्रयासका लागि भन्दै मतदान पर पर धकेलिएको हो । तर, अध्यक्षका आकांक्षीले नेताको निर्देशन नमानेपछि नेतृत्व चयन चुनावी प्रक्रियामा गएको हो ।
तीनजना प्रत्यासी पछि हटेपछि अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल चुनावी मैदानमा छन् ।
अधिवेशन लम्बाइएपछि कार्यकर्ताले भने आक्रोश व्यक्त गरेका छन् । ‘२ दिनमा सम्पन्न गर्ने भनिएको प्रदेश अधिवेशन एक साता लम्बिँदा बाहिर राम्रो सन्देश गएको छैन, नेतृत्वको कार्यशैलीप्रति कार्यकर्ता आक्रोशित बनेका छन्,’ एक अधिवेशन प्रतिनिधिले लोकान्तरसँग भने ।
यसअघि बिहान ८ बजे देखि नै मतदान गर्ने भन्दै कार्यकर्ता मतदान स्थल च्यासल पुगेका थिए । एमाले केन्द्रीय च्यासलमा विद्युतीय मेसिनबाट मतदान गर्ने निर्वाचन समितिको तयारी छ ।
Comments
अरु समाचार
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...











