व्यावसायिक फार्मका लागि चार करोड अनुदान प्रदान
काठमाडौं । तनहुँका विभिन्न व्यावसायिक फार्मका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनामार्फत् अनुदान प्रदान गरेको छ । पशुपालनमा कृषकको आकर्षण बढाउन उक्त आयोजनामार्फत् स्थानीय १३ व्यावसायिक फार्मलाई अनुदान दिइएको हो ।
आयोजनामार्फत १३ व्यावसायिक फार्मले रु चार करोड ५२ लाख चार हजार पाँच सय १६ अनुदान पाएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । पशुपालन व्यवसाय गरिरहेका कृषकलाई त्यसतर्फ आकर्षित गराउन साझेदारी कार्यक्रमअन्तर्गत अनुदान प्रदान गरिएको केन्द्रका नायब पशु स्वास्थ्य प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिनुभयो ।
तेह्र व्यावसायिक फार्ममा कृषकले रु चार करोड ५६ लाख ५५ हजार पाँच सय ४५ लगानी गरेको सो केन्द्रले जनाएको छ । अनुदान र निजीसमेत गरी १३ व्यावसायिक फार्ममा रु नौ करोड आठ लाख ६० हजार ६१ लगानी भएको थियो ।
शुक्लागण्डकी नगरपालिका–३ स्थित डायमण्ड अर्गानिक कृषि फार्मलाई रु २४ लाख चार हजार चार सय २२, शुक्लागण्डकी नगरपालिका–६ स्थित जनजागृती कृषि फार्मलाई रु २० लाख १३ हजार तीन सय १२, भिमाद नगरपालिका–९ स्थित दाजुभाई एकीकृत कृषि फार्मलाई रु २४ लाख ९९ हजार नौ सय ९७, व्यास नगरपालिका–२ स्थित गङ्गादेवी बाख्रा फार्मलाई रु २० लाख ४९ हजार नौ सय ९७, व्यास नगरपालिका–६ स्थित अंशुमा बाख्रा फार्मलाई रु २२ लाख ७२ हजार छ सय ८८, बन्दीपुर गाउँपालिका–५ स्थित कुमालटारी कृषि तथा पशु फार्मलाई रु २७ लाख ५२ हजार नौ सय सात, भानु नगरपालिका–३ स्थित कार्की कृषि फार्मलाई रु ११ लाख ७१ हजार दुई सय ५३, भिमाद नगरपालिका–१ स्थित डुम्रीबेसी पशु फार्मलाई रु ३६ लाख अनुदान वितरण गरिएको थियो ।
त्यस्तै व्यास नगरपालिका–१३ स्थित सापकोटा गाई फार्मलाई रु १९ लाख ४९ हजार, शुक्लागण्डकी नगरपालिका–१० स्थित वैशाखेघाट लाइभस्टक प्रालिलाई रु ७५ लाख ३३ हजार ६७, शुक्लागण्डकी नगरपालिका–३ स्थित एलेस कृषि तथा पशु फार्मलाई रु २९ लाख ६२ हजार दुई सय ५०, शुक्लागण्डकी नगरपालिका–११ स्थित आरबिएम कृषि फार्मलाई रु ९४ लाख ९६ हजार छ सय चार र व्यास नगरपालिका–१० स्थित दाजुभाइ गाई फर्मलाई रु ४५ लाख अनुदान वितरण गरिएको थियो ।
त्यस्तै जिल्लाका सात सहकारीलाई परियोजनामार्फत् रु दुई करोड ८३ लाख एक हजार नौ सय ४४ अनुदान वितरण गरिएको थियो । ती सहकारीमा रु आठ करोड ८८ लाख ८४ हजार नौ सय १३ लगानी गरिएको थियोे ।
व्यास नगरपालिकास्थित तनहुँ जिल्ला दुग्ध उत्पादक सङ्घलाई दाना उद्योगका लागि अनुदान दिइएको थियो । त्यस्तै, चिन्तुटार दुग्ध उत्पादक सहकारी संस्थालाई दुग्ध उत्पादनका लागि, आँबुखैरेनी गाउँपालिकास्थित छिम्केश्वरी बाख्रापालन समूहलाई मासु उत्पादनका लागि, मस्र्याङ्दी बहुउद्धेश्यीय सामुदायिक सहकारी संस्थालाई मासु उत्पादनका लागि, म्याग्दे गाउँपालिकास्थित उज्यालो बहुउद्धेश्यीय सहकारी संस्थालाई मासु उत्पादनका लागि, शुक्लागण्डकी नगरपालिकास्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थालाई दुग्ध प्रशोधनका लागि र भिमाद नगरपालिकास्थित सूर्योदय कृषि समूहलाई मासु उत्पादनका लागि अनुदान दिइएको थियो ।
Comments
अरु समाचार
-
एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुँदै, आइतबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ चीनको ग्वाङझाउ शहरमा...
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...











