शिखर धवनलाई श्रीमती आयशाले मानसिक यातना दिएको भारतीय अदालतको ठहर
काठमाडौं । भारतका स्टार क्रिकेटर शिखर धवन र उनकी श्रीमती आयशाको सम्बन्धविच्छेदलाई अदालतले मन्जुरी दिएको छ । दिल्लीको एक फ्यामिली कोर्टले उक्त मन्जुरी दिएको हो । शिखर धवन आफ्नी श्रीमती आयशा मुखर्जीसँग अलग बस्दै आएका थिए । यस क्रममा अदालतले शिखर धवनलाई छोरासँग वर्षौँसम्म अलग राखेर श्रीमतीले मानसिक यातना दिएको स्वीकार गरेको छ ।
बीबीसी हिन्दीका अनुसार दिल्लीको पटियाला हाउस कोर्टले ३७ वर्षीय शिखर धवनलाई मानसिक यातना दिएको आधारमा सम्बन्धविच्छेदको अनुमति दिएको हो । शिखर धवनका वकिल अमन हिंगोरनीले बीबीसीसँगको कुराकानीमा शिखर धवन निकै खुसी भएको र अब उनले अदालतको पालना गर्ने जानकारी दिए ।
अदालतले शिखर धवनले दिएको अधिकांश तर्कलाई स्वीकार गरेको छ ।तर, अदालतले शिखर धवन र आयशा मुखर्जीका छोरा जोरावरलाई स्थायी कस्टडी राख्ने सम्बन्धमा कुनै आदेश दिन अस्वीकार गर्यो । अदालतले धवनलाई भारत र अस्ट्रेलियामा छोरालाई भेट्न अनुमति दिएको छ । धवनले अब आफ्नो छोरासँग भिडियो कलमा पनि कुरा गर्न सक्नेछन् ।
अदालतले आयशा मुखर्जीलाई छोराको स्कुल बिदामा हरेक वर्ष भारत आउन र कम्तीमा आधा बिदा बुवा र परिवारसँग बिताउन आदेश दिएको छ । धवनले आफ्नो याचिकामा श्रीमतीले सुरुमा आफूसँग भारतमै बस्ने भनेर सहमति गरेको बताए । उनका अनुसार उनले यसो गर्न सकिनन् र त्यसपछि उनले आफ्नो पूर्व पतिसँग गरेको बाचा अनुसार अस्ट्रेलियामा नै बस्नुपर्ने बताइन् । आयशाको पहिलो विवाहबाट उनका दुई छोरी छन् । आयशाले आफ्ना पूर्व श्रीमान्सँग उनी अस्ट्रेलिया छोडेर कतै नजाने बचन दिएकी थिइन् । हाल आयशा आफ्ना दुई छोरी र छोरासँग अस्ट्रेलियामा नै बसिरहेकी छिन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












